• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मोरङका विभिन्‍न क्‍वारेन्टाइनमा बसेका सय जना घर फर्किए

  • वीरगंज संजाल
  • Apr 15, 2020, 3:29 pm
  • ६८६१

    विराटनगर | मोरङका विभिन्न स्थानमा राखिएका क्वारेन्टाइनमा बसेका सयजना घर फिर्ता भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सम्भावित बिरामीलाई राख्न जिल्लाका ६ स्थानमा क्वारेन्टाइन केन्द्र छन् । तिनमा रहेका १ सय ७६ जनामध्ये सय जना घर फर्केको मोरङ प्रहरीले जनाएको छ ।



    क्वारेन्टाइनमा बस्नेहरुमा संक्रमणको लक्षण नदेखिएपछि घर फिर्ता गरिएको हो । प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्ने गरिएको छ । यसबाहेक विभिन्न स्थानमा र्‍यापिड टेस्ट विधिमार्फत् पनि प्रारम्भिक परीक्षण भइरहेको छ ।



    मोरङको टाँडीस्थित आर्मी क्याम्पसमा रहेका १ सय ५१ मध्ये ९७ जना फिर्ता भएका छन् । यसैगरी घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको क्वारेन्टाइनमा बसेका ११ जनामध्ये ३ जना घर गएका छन् ।



    जहदास्थित दुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा दुई जना बस्दै आएका छन् । यसैगरी धनपालथानको स्वास्थ्य चौकीमा एक, सुनबर्षी प्राथमिक स्वास्थ्य केन्द्रमा ८ र रंगेलीस्थित अस्प्तालमा ३ जना बस्दै आएका छन् । सबै क्वारेन्टाइनमा गरी २ सय ४८ शय्या राखिएको छ ।



    मोरङका विभिन्न ५ स्थानमा ९६ शय्या रहेको आइसोलेसन केन्द्र छन् । तीमध्ये कोसी अस्पतालमा आइसोलेसनमा राखिएका १२ जनामध्ये ११ जना घर फर्केका छन् । उनीहरुको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि घर फर्काइएको प्रहरीले जनाएको छ । त्यहाँ अब एकजना मात्र छन् । उनी चिकित्सकको रेखदेखमा बसिरहेका छन् ।



    यसैगरी गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा बसेका तीनै जना फिर्ता भएका छन् । तीबाहेक विराटनगरस्थित नेसनल ट्रेडिङमा ५०, ग्रामथानस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १८, पथरी अस्पतालमा ८ शय्याको आइसोलेसन राखिएको छ । त्यहाँ हालसम्म कसैलाई पनि आइसोलेसनमा नराखिएको जनाइएको छ ।



    मोरङ प्रहरीका अनुसार मोरङका विभिन्न स्थानका गरी ८३ हजार १ सय १२ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उनीहरुलाई करिब तीन लाख किलो चामल, १ लाख ७३ हजार किलो दाल, आलु, नुन, तेल, दूधलगायत सामग्री वितरण गरिएको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑