काडमाढौं । नेपाल टेलिकमले लकडाउन अवधीमा समयावधी सकिएका लाइनको म्याल थप्ने र सेवाहरुको महसुल तिर्ने समय थप गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा टेलिकमले ढिलो महसुल तिरेपनि जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।
जसअनुसार कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवा ग्राहकले समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप हुनेछ ।
यसैगरी कम्पनीका ल्यान्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने व्यवस्था टेलिकमले गरेको हो ।