• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    के हो लकडाउन? के हो क्वारेन्टाइन? यसरी बुझौं

  • वीरगंज संजाल
  • ११ चैत्र २०७६, मंगलवार ०५:०३
  • २१४३

    वीरगन्ज | गत डिसेम्बर ३० मा चीनको उवानमा पहिलो पटक देखिएको नोभल कोरोना भाइरस संसारभर फैलिइसकेको छ। यो भाइरसका कारण अहिलेसम्म १४ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। चीनले कोरोनामाथि नियन्त्रण गर्न सफल हुँदा अहिले युरोप, अमेरिका र दक्षिण एसियाली मुलुक यसको चपेटामा पर्न थालेका छन्। पछिल्लो समय कोरोना भाइरस छिमेकी राष्ट्र भारतमा तिव्र रुपमा फैलिएको छ। भारतमा फैलिएका नेपालमा अति उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जाइसकेको छ। जोखिम न्यूनिकरण गर्न सरकारले मंगलबारदेखि एक साताका लागि देशलाई नै सीमाबन्द अर्थात लकडाउनमा लाने निर्णय गरेको छ। यो सीमा बन्द गाउँ टोल पालिका जिल्ला र प्रदेशको सिमाना नभै घर कम्पाउण्डमा सिमित गरिएको छ। अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै अन्तराष्ट्रिय, आन्तरिक उडान र सार्वजनिक बस सेवासमेत सरकारले स्थगित गरेको छ।

    सोमबारदेखि नै लागू हुने गरी एक हप्ताको लागि चीन र भारतसँगका सीमा नाका पुरै बन्द गरिएको छ। यस्तो अवस्थामा अब देश भित्र पनि सीमाबन्द अर्थात ‘लकडाउन’मा गएको छ। नेपालमा हालसम्म दुईजनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। एकजनालाई ठीक भइसकेको छ भने सोमबार मात्रै एक युवतीलाई कोरोना देखिएको छ।  फ्रान्सबाट फर्किएकी युवतीलाई कोरोना देखिएपछि उपचार हुन जटिल यो बिषाणु संक्रमणबाट देशबासीलाई जोगाउन सरकारले लकडाउनको घोषणा गरेको हो।  भाइरस देखिइसकेकाले सरकारले यो कदम उठाएको हो। भारतले पनि कोरोनाको महामारी रोकथामका लागि ‘जनता कर्फ्यु’ नाम दिएर लकडाउन लगाइसकेको छ। भारतका कयौँ प्रान्तले कर्फ्यू र लकडाउन गरेका छन्। 

    के हो लकडाउन ?

    सामान्य भाषामा भन्दा जनतामाथि सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो। जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्न सरकारले यस्तो नियम लागु गर्ने गर्छ। चिकित्सकहरुले लकडाउनलाई (हेल्थ कस्टडी) भन्ने गर्छन्।   मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हुने गर्छ। गत डिसेम्बरबाट चीनको उवानमा यो भाइरस फैलिँदा चीन सरकारले यसलाई नियन्त्रण गर्न जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने सार्वजनिकस्थलहरु पूर्ण बन्द गरिएको थियो। लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक यातायात बन्द गर्नुपर्छ भने मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्अर्थात घर मैं सीमाबन्द ।

    के हो क्वारेन्टाइन?

    यस्तै कुनै पनि व्यक्तिलाई भाइरस संक्रमित भयो भने संक्रमितलाई सिधै एक्लो पारेर ‘आइसोलेसन’ वार्डमा भर्ना गरेर उपचार गर्ने गरिन्छ भने सम्भावितलाई कम्तिमा १४ दिन सम्म निगरानीमा राखेर हेर्ने गरिन्छ। यसरी व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ।  क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्दछ। यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड पनि भनिन्छ।

    के हो आइसोलेसन?

    यदि कुनै व्यक्तिमा संक्रमण भएको व्यक्तिलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई एकान्तवासमा रहेर गरिने उपचार आइसोलेसन भनिन्छ। यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ। आइसोलेसनमा एउटा उपचार कक्षमा एक जना व्यक्तिलाई मात्र राखिन्छ।सो समयमा बिरामीको कोरोना भाइरस संक्रमण भए नभएको प्रयोगशाला परिक्षण पनि हुनेछ। जाँचको रिपोर्ट नेगेटिभ आएमा सो बिरामीलाई घर पठाइने रणनीति छ। यदि रिपोर्ट पोजिटिभ अर्थात संक्रमण देखिएमा थप उपचार गरिनेछ।

    के हो सेल्फ क्वारेन्टाइन?

    संक्रमणको नियन्त्रण तथा सतर्कता अपनाउन  पछिल्लो केही दिन यात सरकार सबै जनतालाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। तर घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने कुरालाई लिएर मानिसहरु भ्रममा परिरहेको देखिन्छ। तर सामान्य बुझ्ने भाषामा सेल्फ क्वारेन्टाइन भनेको घरमा नै सुरक्षित भएर बस्नुलाई सेल्फ क्वारेन्टाइन भन्ने गरिन्छ। कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भने पनि पछि गएर लक्षण देखिन सक्छ। त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ। अन्य व्यक्तिको सम्पर्कमा आउनु हुँदैन। यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ। यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन  हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}
  • हैजा संक्रमितको संख्या १४ पुग्यो
  • मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा
  • सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    तपाईँमा पनि हातगोडा बाउँडिने समस्या छ ? कारण यस्तो हुनसक्छ

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगञ्ज-रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिक पक्राउ

    मुख्यमन्त्रीले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर

    २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    News

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    News

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    News

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    News

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑