• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कोरोना भाइरससँग जुध्न छिमेकीको सहयोग

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार २१:३५
  • ३९८१

    काठमाडौं | कोरोना भाइरससँग जुध्न सरकारले छिमेकी मुलुकको सहयोग लिने भएको छ। भारत र चीन दुवै छिमेकीसँग स्वास्थ्य उपकरणदेखि आवश्यक भौतिक पूर्वाधार सहयोगबापत माग्ने निर्णय सरकारले लिएको हो। सरकारले परराष्ट्र मन्त्रालयमार्पmत दुवै मुलुकमा रहेका नेपाली दूतावासलाई सहयोगमा पहल गर्न निर्देशन दिएको छ। भारत र चीनले यसअघि नै सहयोग उपलब्ध गराउने बताइसकेका छन्।

    परराष्ट्रसचिव शंकरदास बैरागीले सहयोग लिने विषयमा छलफल भइरहेको बताए। ‘सहयोगको अनुरोध भइसकेको छ। जतिसक्दो छिटो अवस्थाअनुरूपको सहयोग उपलब्ध हुने हाम्रो अपेक्षा छ’, सचिव बैरागीले भने, ‘पत्राचार भइसकेकाले यसलाई अर्थ र सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा परराष्ट्र मन्त्रालयले काम अघि बढाउनेछ।’ सरकारले सार्क सहकार्यलाई ध्यान दिँदै सहयोग लिने तयारी अघि बढाएको हो। नेपालले चीन र भारतसँग बराबर परिमाणमा उपकरण माग गरेको अधिकारीले बताए। भारतको सहयोग लिँदा चीन र चीनको सहयोग लिँदा भारतका ‘आँखा ठूला हुने’ भएपछि दुवैसँग बराबरको सहयोग माग भएको एक अधिकारीले बताए। दुवै छिमेकले सहयोग गर्न चाहेका छन्।

    दुवै मुलुकसँग ल्याबसहितको एम्बुलेन्स, परीक्षण किट २ लाख, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट १ लाख, भीटीएम १ लाख, एन ९५ मास्क डेढ लाख थान माग्न पत्राचार भएको छ। भारतसँगको एम्बुलेन्स सहयोग मागिएको छैन। चीनसँग एम्बुलेन्स माग भएको छ। यो विषयमा भारतका विदेशमन्त्री एस जयशंकर तथा तथा चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ता गरेका थिए। भारत र चीन दुवैले नेपाललाई सहयोग उपलब्ध गराउने बताएपछि सरकारले सहयोगका लागि आग्रह गरेको हो।

    यसैबीच, अमेरिका र जर्मनीले आफूले उपलब्ध गराउँदै आएको सहयोग स्वास्थ्य क्षेत्रमा बढाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको दोहोर्‍याइरहेको छ। सुरुदेखि नेपालले तयारी नथालेको अवस्थामा एकैपटक समस्या आए के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।स्वास्थ्य मन्त्रालयलाई मुलुकभित्रै उपलब्ध उपकरण किन्न अर्थ मन्त्रालयले रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। ‘यहाँ पाउने उपकरण यही र बाहिरबाट लिनुपर्ने भए बाहिरबाट तत्काल खरिद गर्ने कार्य हुनेछ’, अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘वैदेशिक सहयोगका लागि अर्थ र परराष्ट्रले समन्वय गरी काम गर्नेछन्।’ विदेशबाट खरिद गर्नुपर्ने स्वास्थ्य सामग्रीका लागि अर्थले बजेट दिने र परराष्ट्रले दूतावासमार्फत खरिद गर्ने तयारी गरेको उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑