• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    सयौं नेपाली दिल्लीमा अलपत्र, खाना र पानी बीनै खुल्ला आकाश मुनी सुत्न वाध्य

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार ०५:४६
  • ६१४५

    नयाँदिल्ली। कोरोना भाइरसको कारण आफ्नो कर्मथलो एकपछि अर्को लकडाउनमा पर्न थालेपछि आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी दिल्ली आइपुगेका सयौं नेपाली अलपत्र परेका छन्। भारतभर आइतवार जनता कर्फ्युका कारण पुरै देशको जनसंख्या घरमै रह्यो। तर नेपालस्थित जन्म घर जान दिल्ली आइपुगेका नेपाली त्यतिखेर झन विलखवन्धनमा परे जतिखेर दिल्ली सरकारले पुरै दिल्लीलाई लकडाउनको घोषणा गर्‍यो। कोरोनाको कहर बढ्दै जाँदा त्यहाँको राज्य सरकारले दिल्लीमा लकडाउन घोषणा गरेको हो। भारतभर आइतवार कुनै पनि सवारी साधन चलेनन्। 

    हवाइजहाज, ट्रेन, मेट्रो, सार्वजनिक सवारी साधान ठप्प रहे। रेल मन्त्रालयले सोमबारबाट रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ। सार्वजनिक सवारीको साधनबाट यात्रा गर्दा कोरोनाको विस्तार हुने सम्भावना पछि भारतभर सार्वजनिक सवारी खासगरि रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ। कम्तिमा २ हप्ता यो अवस्था कायम हुने देखिएको छ। भारत सरकारले लिएको यहि सतर्कता नेपाल आउन दिल्ली आइपुगेका नेपालीहरुका लागि समस्या भएको छ। विभिन्न राज्यबाट दिल्ली आइ त्यहाँबाट नेपाल आउने तयारीमा रहेकाहरु दोहोरो मारमा परेका छन्। एकातिर दिल्लीमा लकडाउन छ भने त्यहाआट कुनै पनि सवारी साधन चल्ने अवस्था छैन।

     

    नेपाल सरकारले पनि सोमबारबाट एक हप्ताको लागि चीन र भारतको सबै सीमा नाका बन्द गर्ने घोषणा गरेको छ।यसको प्रत्यक्ष असर नेपाल फर्किन दिल्ली आइपुगेका नेपालीहरुलाई परेको छ।नेपाल आउन झिटीगुण्टा बोकेर दिल्ली आइपुगेका उनीहरु पसल होटल रेष्टुरा सबै बन्दा हुँदा खाना र पानी समेत नपाएर सडक पेटीमै रात विताउन वाध्य भएका छन्। दिल्ली प्रहरीलाई आफूहरुको समस्याको बारेमा बताए पनि केन्द्रदेखि राज्य सरकारको आदेशका कारण देश नै ठप्प भएको बेला आफूरुले माथिको आदेश नभइ केहि गर्न नसक्ने जवाफ उनीहरुले दिएका छन्।

     बैंगलोरबाट दिल्ली आइपुगेका लक्ष्मण रातोकीले आफूजस्तै सयौं नेपाली आनन्द विहार मथुरामा अलपत्र अवस्थामा सडकमै सुत्न वाध्य भएको बताए। उनले भने, ‘बालबच्चा समेत लिएर नेपाल फर्किन लागेकाहरु खाना र पानी समेत नपाएर सडकमा रात कटाउन वाध्य भएका छन्।’रातोकीले नेपाल सरकारलाई तत्काल आफूहरु जस्तै आनन्द विहार, मथुरा लगायतका ठाउँमा रहेका सयौ नेपालीको उद्धारका लागि कुटनीतिक च्यानल प्रयोग गर्न माग गरेका छन्। उनले भारतस्थित नेपाली दुतावासलाई सक्रिय गराई आफूहरुलाई नेपाल जाने वातावरण बनाउन माग गरे। रातोकीले भने, ‘ हामीहरुको उद्धार चाँडो गरियोस बरु नेपालमा गएर क्वारेन्टाइनमा बस्न तयार छौ।’  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑