सरकारी निर्देशन नारायणी यातायात व्यवस्था कार्यालयले टेरेन
वीरगंज संजाल
७ चैत्र २०७६, शुक्रबार ११:०९
१४३९५
वीरगञ्ज । सरकारी निर्देशनको नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जले ठाडो रुपमा अवज्ञा गरेको पाइएको छ ।विश्वभरि महामारीको प्रकोपका रूपमा कोरोना भाइरस फैलिरहेको अवस्थामा नेपाल सरकारले सभा-सम्मलेन नगर्न/नगराउन र २५ जनाभन्दा बढी मानिसहरु एक ठाउँमा जम्मा नहुन निर्देशन दिएको भए तापनि नारायणी यातायात कार्यालय वीरगंजले सरकारी निर्देशनको ठाडो उलंघन गर्दै सवारी चालक अनुमति पत्रका लागि ठुलो भिड लगाएर परीक्षा लिने काम गरेको छ ।
सरकारको निर्देशनपछि एसईई परिक्षा स्थगित भएको छ । सम्पूर्ण कलेज तथा स्कुलहरु बन्द गरिएका छन् । तर नारायणी यातायात व्यवस्था र्कायालयका कर्मचारीहरुले मानिसहरुको जीवनसँग खेलबाड गर्दै लिखित परिक्षा लिने काम गरेको छ । अहिले यस कार्यकाे आलोचना भइरहेको छ ।