फलामको ब्यारिङमा लुकाएर ६ किलोभन्दा बढी सुन तस्करी, भारतीय नागरिक पक्राउ
वीरगंज संजाल
Mar 4, 2020, 6:24 am
४२१६
काठमाडौं | ६ किलो २ सय ८९ ग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत कर्नाकटका ४२ वर्षीय अब्दुल मजिद अनेकल हुन्। उनलाई सुनसहित प्रहरीले रातोमाटे चेकपोष्टमा पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।राठौरका अनुसार मंगलबार बिहान रातोमाटेमा काठमाडौंबाट बीरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त सुनसहित पक्राउ गरिएको हो।
अब्दुलले उक्त सुन गाडीका पार्टस् जस्ता फलामको व्यरिङमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।उक्त परिणामको सुनको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार ७ सय रुपैयाँ रहेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाइएको छ।पक्राउ परेका अब्दुलमाथि थप अनुसन्धानका लागि सुनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरीले जनाएको छ।