• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कोरोना प्रकोपबीच ‘ड्रोन, रोबोट र सुपरकम्प्युटर’ चीनका लागि परीक्षणको समय !

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७६, आईतवार ०६:०१
  • ४८५३

    एजेन्सी । दशकौँदेखि आफ्नो प्राविधिक क्षेत्रको वृद्धिविकासमा लागि परेको चीनले कोरोनाका कारण ठूलो स्वास्थ्य संकटको सामना गरिरहनुपर्दा त्यस विरुद्ध लड्न प्रविधिकै सहायता लिइरहेको छ । यसरी चीनका प्राविधिक कम्पनीहरुका लागि नयाँ कोरोना भाइरस प्रकोप, परीक्षण समान साबित भइरहेको छ । अहिले देशका ठुल्ठुला प्राविधिक कम्पनीहरुले स्वास्थ्यकर्मीहरुको ठाउँमा औषधिको आपूर्ति गर्न अटोमेटिक गाडी, बिरामीहरु पत्ता लगाउन थर्मल क्यामरायुक्त ड्रोन र नयाँ खोपहरुको विकासका लागि सुपरकम्प्युटरको प्रयोग गरिरहेका छन् ।

    तर प्रविधिले यो भाइरसको नियन्त्रणमा कति मद्दत गर्नेछ भन्ने स्पष्ट छैन जसबाट हालसम्म विश्वव्यापी ८० हजार बढी संक्रमित भइरहेका छन् भने चीनमा मात्र हजारौँको मृत्यु भइसकेको छ । यसमा धेरै अवस्थामा यसको स्कोप र आकार हेरेर नियन्त्रणका प्रयास सिमित रहेको देखिएको छ । तरपनि बेइजिङले भाइरस विरुद्ध लड्ने कार्यलाई राष्ट्रिय प्राथमिकतामा राख्दै सबैतिरबाट प्रयास आवश्यक रहको बताइरहेको छ ।

    चिनियाँ सरकारले प्राविधिक विकासको कुरामा धेरै लामो समयदेखि जोड दिँदै आएको छ र आर्टिफिसियल इन्टेलिजेन्स, एआइमा अग्रता हासिल गर्नकै लागि अरबौँ डलर खर्च गरिरहेको छ । र चिनियाँ राष्ट्रपति शि जिनपिङले पनि यसअघि महामारीसँग लड्न विज्ञान र प्रविधिको आवश्यक पर्ने बताएका थिए । साथै उनले चीनले अब क्लिनिकल रिसर्च गर्नतर्फ लागेर खोप र एन्टिभाइरल औषधिहरुको निर्माण विस्तार गर्नुपर्ने पनि बताएका हुन् । त्यस्तै लाखौँ मानिसहरु घरभित्र थुनिएको हुँदा अनलाइन सपिङको विकल्प पनि हुनुपर्ने उनको भनाइ थियो ।

    गत बिहिबार मात्र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक सहयोगको अपील गर्दै रोबोट, तापक्रम निरीक्षण गर्ने मसिन र मान्छे मान्छेबीचको सम्पर्क कम गराउने डिभाइसहरु स्थापित गराउनुपर्ने बताएको थियो । यसरी चीनले १९८० को दशकदेखि नै उच्च प्राविधक विकास क्षेत्रका रुपमा देशभरका विभिन्न स्थानलाई विद्युतिय र बायोटेकमा केन्द्रित गराउन सुरु गरेको हो । ती १६८ क्षेत्रहरुमा २०१८ मा मात्र ४.७ खर्ब डलर आम्दानी भएको आधारिक तथ्याङ्कले देखाएको छ । यसरी प्राविधिक वृद्धिविकास बेइजिङको ‘मेड इन चाइना २०२५’ अन्र्तगत पनि पर्दछ । यसका लागि सरकारले माइक्रोचिप्स, रोबोटिक्स र वायरलेसमा अरबौँ डलर लगानी गर्ने गरेको छ । र चीनका लागि प्रविधिमाथि केन्द्रित रहनु धेरै उपलब्धिमूलक साबित भइरहेको छ । जस्तै चीनमा अहिले विश्वकै सबैभन्दा मूल्यवान् मध्येका २० प्राविधिक कम्पनीहरु छन् ।

    यसै महिनामा मात्र टेनसेन्टले नयाँ सुपर कम्प्युटिङ सेवा उपलब्ध गराएको हो जसमार्फत साधारण कम्प्युटरमा समेत अत्यन्तै तिव्र गतिमा हिसाब गर्न मिल्छ । यसले अनुसन्धानकर्ताहरुलाई औषधि पत्ता लगाउनमा मद्दत पुर्याउने बताइएको छ । त्यस्तै कतिले भने मान्छे मान्छेबीचको सम्पर्क न्युनिकरण गर्न रोबोटहरु स्थापित गराएका छन् । यता वुहानमा आफेँ हिँडडुल गर्न सक्ने रोबोट तैनाथ गरिएको छ जसले स्वास्थ्य सामग्रीहरुलाई अस्पतालसम्म पुर्याउन सक्छ । त्यसको निर्माणकर्ता ‘जेडी लोजिस्टिक्स’ का प्रमुख की कङ भन्छन्, “हामीसँग समय अत्यन्तै कम थियो त्यसैले हामीले चार दिनमै ‘अल्गोरिदम’ ले राम्ररी काम गर्न सक्ने निश्चित गराएर सञ्चालन सुरु गरेका हौँ ।”

    त्यस्तै ड्रोनहरु पनि अधिक उपयोगी साबित भइरहेका छन् । कम्पनी ‘माइक्रो मल्टिकप्टर’ का प्रवक्ताले सिएनएनसँग भनेका छन्, “हाम्रो कम्पनीले ओभरटाइम काम गरिरहेको छ । तरपनि आफ्नो ड्रोन सिस्टम परीक्षण गर्ने यो हाम्रा लागि सबैभन्दा उपयुक्त समय हो । साथै यो विश्वलाई हाम्रो क्षमता देखाउने अवसर पनि हो । ” यसरी सरकारले पनि गत वर्ष राष्ट्रिय बजेटको ३.९ प्रतिशत विज्ञान तथा प्रविधलाई प्रदान गर्ने घोषणा गरेको थियो । यसले पनि चिनियाँ सरकारले प्राविधिक विकासलाई गम्भीरतापूर्वक लिइरहेको स्प्ष्ट पार्दछ ।  सिएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑