• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    निगमको ‘मास्टर कि’ चोरी प्रकरण : अनुसन्धानको सुई सिनामंगल डिपो प्रमुखतर्फ

  • वीरगंज संजाल
  • Feb 25, 2020, 3:52 pm
  • ४५९९

    काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ सहित करिब चार सय ट्यांकरको ताल्चा खुल्ने मुख्य साँचो (मास्टर कि) हराएको छ । यो प्रकरणमा सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठमा अनुसन्धान केन्द्रित भइरहेको नेपाल आयल निगमले जनाएको छ ।भारतीय आयल निगमले प्रदान गर्ने उक्त साँचो माघ १९ गते नै हराएको थियो । तर, नेपाल आयल निगमले घटना गुपचुप राखेको थियो ।सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा राखिएको दुईमध्ये एउटा मास्टर कि हराएको थियो ।हराएको उक्त साँचोले भारतीय आयल कर्पोरेसन (आईओसी) को रक्सौल डिपो, हवाई इन्धन ढुवानी गर्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोका दुई सय ट्यांकरको ताल्चा पनि खोल्न मिल्छ ।

    साँचो हराएको विषय छानविनको क्रममा रहेको निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । ‘माघ १९ मा मास्टर कि हराएकोबारे जानकारी आयो, २३ मा हामीले छानविन कमिटी बनाएर जिम्मेवार व्यक्तिसँग बयान लिइरहेका छौं,’ गोइतले भने ।मास्टर कि हराउनु आफैंमा गलत भए पनि यसैका कारण तेल चोरी भने नहुने गोइतले दाबी गरे । ‘हामीले सबै ट्यांकरमा साँचो हराएको दिनकै भोलिपल्टबाट (२० गते) देखि सिल प्रणाली अपनाएका छौं,’ गोइतले भने, ‘ताल्चा त लागेकै छ अब सिल पनि हुन्छ, तेल चोरी हुन्न ।’साँचो हराएको विषय छानविन गर्न नायव प्रवन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा बनेको समितिले काम गरिरहेको निगमले जनाएको छ । सुक्ष्म अध्ययन भइरहेकाले सबै कुरा भन्न नमिल्ने प्रवक्ता गोइतले बताए ।

    सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा उक्त मास्टर कि राख्ने गरिएको थियो । त्यहाँ रहने दुईमध्ये एउटा मास्टर कि हराएको हो ।प्रत्येक ट्यांकरको ताला खोल्न अलग–अलग साँचो हुने भए पनि हराएको भनिएको मास्टर किले भने सबै ट्यांकरको ताला खुल्ने निगमले जनाएको छ ।साँचो हराएको ठाउँ कै अधिकारीलाई अनुसन्धान दायरामा राखेर छानविन भइरहेको निगमले जनाएको छ । ०७४ चैत १ गतेदेखि तेल चोरी गर्न नमिल्ने लकिङ प्रणाली निगमले थालेको थियो । यसलाई चालकहरूले अहिले पनि विरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑