• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामाजिक सञ्जालबाट पत्र बाहिरिएपछि…

  • वीरगंज संजाल
  • १ फाल्गुन २०७६, बिहीबार ०९:२५
  • ५३२३

    काठमाडौं | कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा प्रेषित पत्र सामाजिक सञ्जालबाट मंगलबार बाहिरिएपछि दिनभर त्रास फैलियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालको फोन व्यस्त रह्यो।

    चीनबाट उद्धार गरी ल्याउने नेपालीको व्यवस्थापनलगायत मिटिङमा व्यस्त हुनुपर्ने डा.लाललाई दिनभर सास्ती भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी पनि खण्डन गर्नमै दिन बिताए। डा.लालले भने, ‘ मिडियाबाट कोरोना भाइरस होइन भन्दै खण्डन गर्नु परिरह्यो।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्न सघाएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले मौसमी रुघाखोकी भएको पुष्टिपछि बोली फेरे।

    उनले फेसबुकमा लेखे, ‘विपद्को यस्तो घडीमा सके सहयोग गरौं। ज्ञान र उपदेश त फुर्सदमा बाँडे पनि हुन्छ।’

    सिन्धुपाल्चोकको विकट मानिने जुगल गाउँपालिका-३ गुम्बामा फैलिएको भाइरलको लक्षणलाई प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्ने ठहर गर्दै पत्राचार गरेका थिए। अत्यन्त जरुरी भन्दै उनले रुघाखोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायमा प्रेषित पत्र सामाजिक सञ्जालबाट बाहिरिएपछि त्रास छाएको हो।

    रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडा, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गरेका थिए। विश्वभर त्रास बढाएको नोबेल कोरोना भाइरससँग मिल्दोजुल्दो भए पनि जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँगै बासिन्दा पनि आतंकित बने। मौसमी रुघाखोकी भएको पुष्टिपछि गाउँपालिका अध्यक्ष श्रेष्ठलाई धेरैले जिस्क्याए। उनले प्रस्टीकरण दिन सामाजिक सञ्जाल उपयोग गरे।

    उनले लेखे, ‘फेरि दोहोर्‍याउँछु। हामीले कोरोना भाइरस भनेका छैनौं। योसँग लक्षण मिल्दोजुल्दो भएकाले सावधानी अपनाउन सम्बन्धित निकायमा पत्राचार गरेका हौं। यो विज्ञप्ति जुगल गाउँपालिकाको हैन।’

    गाउँमा बिरामी बढिरहेकाले विपद्को घडी भएकाले मानवीय संवेदनालाई ख्याल गर्न उनले अनुरोध गरेका छन्। ‘कोरोना नहोस्। तर, यसका लक्षण मिल्दोजुल्दो भएकाले थप चनाखो हुनुपर्छ भन्ने मात्र आग्रह गरिएको हो। मानवीय क्षतिपश्चात् मात्र संवेदनशील भएर हुँदैन। त्यहीं भएर हामीले बेलैमा तत्परता देखाएका हौं। यो हतारो हैन’, उनले लेखेका छन्। प्रयोगशालामा परीक्षण गरेपछि पुष्टि हुनेतर्फ ध्यान नदिई गाउँपालिकाले गैरजिम्मेवार देखाएको मन्त्रालयका एक अधिकारीले बताए।

    रोग नियन्त्रण महाशाखा निर्देशक डा.लालले गोली र बोली निस्केपछि त्यसले दूरगामी प्रभाव पार्ने हुँदा संवेदनशील हुनुपर्ने तर्क गर्छन्।

    उनले भने, ‘सतर्क हुनुपर्छ। तर, पुष्टि नभई असम्बद्ध पक्षले ठोकुवा गर्दा त्यसले धेरैलाई तनाव र सास्ती दियो।’

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरसको रूपमा गलत सन्देश फैलिएको उल्लेख गरे। उनले भने, ‘मौसमी रुघाखोकीलाई कोरोना भाइरसको संक्रमण भन्दा सबैतिर त्रास र तनाव भयो।’

    जुगलमा मासमी रुघाखोकी मात्र
    सिन्धुपाल्चोक : जिल्लाको जुगल गाउँपालिका-३ गुम्बामा कोरोना भाइरस फैलिएको नभएर गाउँवासीलाई मौसमी रुघाखोकी मात्र लागेको पाइएको छ। सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गरी गुम्बावासी कोरोना भाइरस नभएर मौसमी रुघाखोकीबाट प्रभावित भएको जनाएको छ।

    एउटै गाउँका ३ सयभन्दा बढी बासिन्दा रुघाखोकी, ज्वरो र टाउको दुखाइबाट ग्रस्त भएपछि गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायमा कोरोनाको आशंका गर्दै पत्राचार गरेको थियो। कोरोनाको त्रासले स्थानीय आतंकित भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै विपद् व्यवस्थापन समितिको बैठकले कोरोना नभएको निष्कर्ष निकालेको हो। गाउँमा भाइरलको औषधि पर्याप्त मात्रामा नहुँदा बिरामीको संख्या बढेको प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका डा. पिताम्बर खनालले बताए। गाउँमा औषधि पुर्‍याएपछि बिरामी निको हुँदै गएको उनले जानकारी दिए।

    सदरमुकामबाट गएको चिकित्सक टोलीलाई उद्धृत गर्दै सीडीओ उमेशकुमार ढकालले जारी गरेको विज्ञप्तिमा कोरोना नभई सिजनल फ्लु भएको उल्लेख छ। प्रारम्भीक परीक्षणमा मौसमी रुघाखोकीले समस्या ल्याएको जनस्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै सीडीओ ढकालले जानकारी दिए। ‘सामान्य परीक्षणबाट यही हो भन्ने अवस्था नआउन सक्छ,’ उनले भने, ‘राजधानीबाट ल्याबका विज्ञको टोली साँझसम्म पुगेपछि थप पुष्टि होला।’

    घटनास्थल पुगेर फर्किएका सञ्चारकर्मी नेत्र पौडेलले रुघाखोकी र टाउको दुख्ने समस्याले गाउँमा धेरैलाई सताएको बताए। मंगलबार त्रास फैलिएपछि स्वास्थ्यकर्मी, गाउँपालिकाका अध्यक्षलगायतको टोली बुधबार गाउँमा पुगेको थियो। यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा गुम्बावासीलाई मौसमी रुघाखोकी लागेको बताएका छन्। उनले भने, ‘भाइरलको प्रकोप हो। विशेषज्ञ टोली नमुना परीक्षणका लागि जाने भएका छन्। अहिलेसम्मको रिपोर्टका आधारमा कोरोना भाइरसको संक्रमण होइन।’

    आशंकित बिरामी फरार
    कोरोना भाइरसको आशंका गरिएका व्यक्ति जँचाउनुपर्ने भएपछि अस्पतालबाटै फरार छन्। सातादेखि फरार ती नागरिकको खोजी भइरहे पनि फेला परेका छैनन्।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जँचाउने क्रममा साउदी अरबका ती नागरिक फरार भएका हुन्। स्वास्थ्य जाँचका क्रममा कोरोना भाइरसको आशंकामा निगरानीमा राख्नुपर्ने भएपछि ती फरार भएको अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए। चीन हुँदै नेपाल आएका ती नागरिकलाई सामान्य रुघाखोकी र ज्वरो आएको थियो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पनि फरार व्यक्तिको खोजी भइरहेको बताए। चिकित्सक र ती व्यक्तिबीच कुराकानीका क्रममा भाषा नबुझिएको र त्यसैबेला उनी बाहिर निस्केर भागेको उनले बताए।

    प्रवक्ता श्रेष्ठका अनुसार अहिले कोरोना भाइरस संक्रमणको आशंकामा एक जना चिनियाँ नागरिक र चीनबाट आएका दुईजना नेपालीलाई निगरानीमा राखिएको छ। उनीहरूको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने जनाइएको छ। यसअघि पोखरामा कोरोनाको आशंका गरिएका दुई चिनियाँ नागरिक फरार भएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑