• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज विश्व क्यान्सर दिवस

  • वीरगंज संजाल
  • २१ माघ २०७६, मंगलवार ०९:३१
  • ८८३९

    आज विश्व क्यान्सर दिवस् (अबुर्द रोग), संसारभरिका सबैजना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनकालागि चेतनास्वर भर्ने दिन् ।

    हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुकोलागि एउटा दूर्भाग्य सावित भएको छ, खर्च, पीडा र यससंगको लडाइको संघर्षले ।  जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विश्वस्तरमै छलफल गरिन्छ ।

    क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अोकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई ‘केमोथेरापी’ भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारकालागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्यउपचार भन्ने वित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रुपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमैं पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न् । थोरै दुखः आफ्नो स्वास्थ्यकालागि गर्नै पर्यो नि ? कि कसो ?

    अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि “ह्यूमन प्यापीलोमा” भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

    सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्यवर्द्धक जीवनको शुभकामना ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
  • लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम
  • उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    News

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑