• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    भुइयाँ महराजको पूजामा रमाउँदै मुसहर (फोटो फिचर)

  • वीरगंज संजाल
  • २० माघ २०७६, सोमबार १४:२७
  • ६८४९

     बर्दिबास। एकिकृत नमुना मुसहर बस्ती बर्दिबास महोत्तरीका स्थानीयहरु मा भुइयाँ महराजको पूजाले खुशियाली छाएको छ । मुसहर समुदायको कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो धुले स्नान गरेर भुइयाँ महराजको पूजा गरिन्छ । यसलाई जनबोलीमा अपटनी पूजा पनि भन्ने गरिन्छ । शक्तिको अवतार लिएर जन्मेका भुइँया महाराज । शक्तिशाली महाराजले मारिदिन्छ भन्ने डरले उनलाई जन्मेको ६ दिनमा नै दैत्य दानवले चोरी नवनिभ भन्ने ठाउँमा बाँसको नजिक अस्सी फुट गाढा (खाल्डो)मा खनेर गाडिदिन्छ ।

    १२ वर्षसम्म उक्त गाढामा जीवितै बस्छ, भुइँया महाराज । एक दिन अचानक भविष्यवाणी सुनिन्छ कि नवनिभ नजिक रहेको बाँसको छेउमा दूध चढाउनका लागि त्यो कुरा सुन्नेबित्तिकै सबैजनाले आआफ्नो घरबाट दूध लिएर त्यहाँ चढाउँछन् । त्यो लगत्तै भुइँया महराजले सपना देख्छ कि आफ्नो जाँघमा ताल ठोक्नु ९हातले ठोक्नु० आफैँ जमिन फाडिन्छ त्यसैअनुरूप गरी भुइँया महाराज अस्सी फुट गहिरो खाल्डोबाट निस्किन्छ ।

    बाहिर आउनेबित्तिकै आमासित भेट्छ तर आमाले चिन्न सकिनन् । त्यसपछि सबै घटना सुनाउँछ । छोरा चोरिएको शोकबाट व्याकुल भएकी आमाको मनमा खुसीको भाव आउँछ । र आफूसित रहेको चिज पकाई खुवाउँछ । छोरा पाएको खुसीमा पूजा गर्नका लागि कमलको फूल ल्याउन भन्छ । भुइँया महराज खोज्दाखोज्दै एउटा पोखरी हेर्छ, त्यसमा धेरै फुल हेर्छ तर उक्त पोखरीको चारैतिर चौकीदारको बास हुन्छ जसलाई लोकगाथामा यसरी भनेका छन् ९यो हाम्रो स्थानीय भाषामा देहाती भनिने मगही भाषामा छ ।

    “कैइसे लैइबहु हो भुइँया बाबा, कैइसे लैइबहु हो कमलके फुल

    उतरे द्वारे हो बैठल दैत दानव हो,

    दक्षिणे द्वारे हो बैठल बाघबघिनिया हो,

    पुर्वे द्वारे हो बैठल नागनागिन हो,

    पश्चिमे द्वारे हो बैठल काल भैरव हो ।”

    अर्थात् उत्तरको दिशाको द्वारमा दैत्य दानव । दक्षिणको दिशाको द्वारमा बाघबघिन । पूर्व दिशाको द्वारमा नागनागिन । पश्चिमको दिशाको द्वारमा कालभैरव । कसरी ल्याउने कमलको फूल ? तर भुइँया महराज नडराईकन यी सबैबाट यस पोखरीलाई मुक्त गर्ने र सबैका लागि खुला गर्ने मनशायले दैत दानवसित लडाइँ गर्छ र उसलाई मारिदिन्छ, त्यसपछि बाघबघिनसित लडाइँ गरी पछार्छ र त्यसलाई आफ्नो वाहन बनाउँछ । बाघबघिनमा सवार भई नागनागिनसित लडाइँ गरी नागनागिनलाई नाथ दिन्छ र अन्त्यमा कालभैरवसित लडाइँ गरी हराइदिन्छ र त्यहाँबाट कमलको फूल लिएर जान्छ ।

    त्यही भएर भाकल गरेको कुरा पूरा हुनेबित्तिकै भुइँया महराजको अपटौनी (तातो दूधले नुहाउने) पूजा दिन्छ जसबाट भुइँया महराज धेरै नै खुसी हुन्छन् भन्ने मान्यता छ । साथै प्रत्येक माघ १ गते खुसीसाथ भुइँया महराजको धूमधामसित पूजाआजा गरिन्छ । भुइँया महराज मुसहर समुदायको कुलदेवता हो जसलाई भुइँया बाबा पनि भन्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा महोत्तरीदेखि पर्सासम्मका मुसहर समुदायले पुस्तौँदेखि भुइँया महाराजको नामले पुज्दै आएको छ । विस्तारै लोप हँदै गएको यो गाथालाई हामी बचाउँछौँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑