• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / खेलकुद

    क्रिकेट संघमा राखेपको हस्तक्षेपप्रति जिल्ला क्रिकेट संघहरुको आपत्ति

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार १९:२०
  • ५२५

    Shares

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आगामी असोज ३ र ४ गते काठमाडौंमा हुने भनिएको विशेष साधारण सभा रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएपछि विभिन्न जिल्ला क्रिकेट संघहरुले आपत्ति जनाएका छन्।

    हाल निलम्बनमा रहेको क्यानको विशेष साधारण सभा भए अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन फुकुवा गर्ने सम्भावना रहेकोमा राखेपको हस्तक्षेपपछि नेपाली क्रिकेटमाथिको संकट फेरि बढ्ने देखिएको छ। आईसीसीले बनाएको स्वतन्त्र समितिले क्यानको विशेष साधारण सभाको मिति तोकेको थियो । तर, राखेपले भने आफुसँग अनुमति नलिई साधारण सभाको मिति तोकेको भन्दै त्यसलाई मान्यता नदिने व्यहोराको पत्र आईसीसीलाई पठाएको चर्चा छ भने राखेप सदस्य सचिब रमेश सिलवालले स्वतन्त्र समितिले तोकेको मितिमा क्यानको साधारण सभा हुन नसक्ने बताइसकेका छन्।

    राखेपको हस्तक्षेपपछि आगामी असोज पहिलो हप्ता हुने भनिएको साधारण सभा अन्योलमा परेपछि विभिन्न जिल्ला क्रिकेट संघहरुले राखेपको कदमको भत्सर्ना गरेका हुन्।

    जिल्ला क्रिकेट संघ, सुर्खेत, जिल्ला क्रिकेट संघ बर्दिया, जिल्ला क्रिकेट संघ सुनसरी, जिल्ला क्रिकेट संघ कञ्चनपुर र जिल्ला क्रिकेट संघ कैलालीले राखेपको हस्तक्षेपको विरोध गरेका छन्। ती संघहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै क्यानको साधारण सभा नरोक्नसमेत अपील गरेका छन्।

    राखेप सदस्य सचिब सिलवालकै कारण नेपाल क्रिकेट संघ निलम्बनमा परेको थियो। तत्कालीन निर्वाचित क्यानलाई राखेपले खारेज गर्दै सिलवाललाई क्यानको अध्यक्षमा मनोनयन गरेपछि क्यानमा विवाद भएको थियो। अनावश्यक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गरेर व्यवस्थापनको जिम्मेवारी लिएको थियो। उनै सिलवाल राखेपको हर्ताकर्ता भएका बेला निलम्बन फुकुवको सम्भावना फेरि टर्दै गएको छ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ
  • यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय
  • वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न
  • भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ

    मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी

    नेपाल लेखापढी व्यवसायी एसोसिएसन बारा मा सम्पन्न

    जन्मजयन्तीको अवसरमा निसुल्क आखा शिबिरको आयोजना

    राम राजा मा.वि. शाह बहुमुखी क्याम्पको १३ औँ क्याम्पस सभा सम्पन्न

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    समाचार
    News

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    News

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    News

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    News

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    News

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑