• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराको एक उद्योगको तीनवटा कन्टेनर कोलकातामा समातियो, समातिए पछि गलत धन्दाको रहस्य खुल्दै

  • वीरगंज संजाल
  • Aug 25, 2019, 4:47 am
  • ३५९३

    वीरगञ्ज । बाराको एउटा छाला उद्योगले झूटो विवरण पेश गरेर वीरगञ्जबाट निकासी गरेको छाला भारतको कोलकाता बन्दरगाहमा समातिएको छ । चिनियाँ लगानीको होङ हुई टेनरिज प्रालिले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सारमा प्रशोधित छाला (क्रस्ट लेदर) घोषणा गरेर निकासी गरेको तीन कन्टेनर छाला कोलकाता बन्दरगाह भन्सारले नियन्त्रणमा लिएर कारबाही अघि बढाएपछि यस्तो रहस्य खुलेको हो ।

    उद्योगले गत २१ जुनमा सुक्खा बन्दरगाह भन्सारमा पेश गरेको ‘कस्टम ट्रान्जिट डिक्लियरेन्स’ (सीटीडी) मा क्रस्ट लेदर उल्लेख गरेर कोलकाता हुँदै इन्डोनेशिया पठाउन लागेको छाला कोलकाता भन्सारले परीक्षण गराउँदा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) भएको फेला परेको छ । कोलकातास्थित सेन्ट्रल लेदर रिसर्च इन्स्टिच्युटमा तीन ओटै कन्टेनरबाट छालाको नमूना परीक्षण गरिएको थियो । गलत घोषणामा निकासी गर्न लागेको थाहा पाएपछि कोलकाता भन्सारले कारबाही प्रक्रिया अघि बढाएको हो ।

    उद्योगले ९७ हजार ५०० वर्गफीट (५९ हजार ३९० मेट्रिक टन) छाला पठाएको थियो । गलत सीटीडीबाट छाला निकासी गरेपछि सुक्खा बन्दरगाह भन्सार प्रशासन अप्ठ्यारोमा परेको छ । कोलकाता भन्सारले भारतीय महावाणिज्य दूतावास वीरगञ्जमार्फत बन्दरगाह भन्सारलाई पत्राचार गरेको छ । छाला फर्काउने सम्बन्धमा महावाणिज्य दूतावासले पत्र पठाएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।

    भारतीय पक्षले नेपालका सरोकारवाला निकायलाई यसबारेमा लिखित जानकारी गराएको भन्सार स्रोतले बतायो । घोषणाभन्दा फरक गुणस्तरको छाला बरामद भएपछि त्यसलाई नेपाल फर्काउने वा जफत गर्ने प्रक्रियामा पहल थालेको हो । उद्योगले अर्धप्रशोधित (वेट ब्लु) क्रस्ट, तयारी छाला र त्यसको बाइप्रडक्ट उत्पादनको अनुमति लिएको छ ।

    अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी नेपाल र भारतबीचको सम्झौता अनुसार कोलकाता भन्सारले छाला रोेकेको बताइएको छ । सम्झौताको धारा २ मा कुनै पनि देशको निमयकानून उल्लंघनको रोकथाममा प्रभावकारी सहयोग, परामर्श, सोधपुछ र जानकारी आदानप्रदान गर्ने उल्लेख छ ।

    बन्दरगाह भन्सारका कर्मचारी आफैले जाँचपास गरेर पठाएको छाला फिर्ता गर्ने कि नगर्ने भन्ने द्विविधामा छन् । भारतीय महावाणिज्य दूतावासमार्फत आएको जानकारी भन्सार विभागमा पठाइएको र विभागले नै यसबारेमा निर्णय गर्ने प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए । ‘हाम्रो तहबाट भइसकेको निर्णय काट्ने विभागले नै हो । त्यसैले यहाँबाट गइसकेको छाला फिर्ता ल्याउने कि नल्याउने भन्नेबारे विभागबाटै निर्णय हुन्छ,’ श्रेष्ठले भने ।

    तर, भन्सार ऐन २०६४ को दफा ५७ (८) मा निकासीकर्ताले मालवस्तुको विवरण फरक पारी घोषणा गरेमा त्यस्तो मालवस्तु जफत गरी भन्सार अधिकृतले त्यस्तो निकासीकर्तालाई बिगोबमोजिम जरीवाना गर्नसक्ने व्यवस्था छ । उपदफा १० मा महसुल वा राजस्वमा हानिनोक्सानी र्पुयाएमा वा प्रयास गरेमा त्यो रकमको २०० प्रतिशतसम्म जरीवाना वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

    सरकारले निर्यात प्रवद्र्धनका लागि क्रस्ट छाला निकासीमा मूल्यको ५ प्रतिशत नगद अनुदान दिएको छ । गलत विवरण पेश गरेर उद्योगले यो सुविधा दुरुपयोगको प्रयास गरेको छ । छाला उद्योगले वेट ब्लु निकासीका लागि ३० प्रतिशत क्रस्ट र तयारी छाला निर्यात गर्नु पर्दछ । तर, कच्चा छालालाई क्रस्ट घोषणा गरेर त्यही निकासी परिमाणका आधारमा वेट ब्लु निर्यातको योजना बनाएको भेटिएको छ ।

    उद्योगले वीरगञ्जको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट क्रस्ट छालाको निकासी अनुमति लिएको छ । यही विवरणका आधारमा वीरगञ्ज उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र दिएको देखिन्छ । निकासीमा पेश भएका कागजातमात्र हेरिने भएकाले उद्योगले झुक्याएको भन्सार अधिकारीहरूको दाबी छ । छाला निकासीको कागजातलाई भारतीय सीमावर्ती रक्सौल भन्सारले पनि प्रमाणित गरेर पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑