नगरप्रमुखको आदेशमा विद्यार्थीहरु माथी कुटपिट

 Krishna Shrivastav

वीरगंज  । राष्ट्रिय जनता पार्टीका बहुदरमाई नगरपालिकाका नगरकार्य समितिको बैठक आज बहुदरमाई मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ । राजपाका बहुदरमाई नगरकार्य समितिको नगर अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका नगरप्रमुखको आदेशमा विद्यार्थीहरु माथी कुटपिट भएको आरोप लगाएका छन् । श्री महाविर साह मा.वि नगरदाहाका विद्यार्थीहरुले शुक्रवार बहुदरमाई नगरपालिकाको कार्यालय पुगी आफ्नो मांग प्रति शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्दा नगरप्रमुखको आदेशमा नगरपालिकाको कर्मचारीहरुले विद्यार्थी माथी कुटपिट गरेको भन्दै राजपाका बहुदरमाई नगरकार्य समिति प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । घट्नाको घोर भर्तसना गर्दै घटनाको उचित छानवि गरी दोशी माथी कार्वाही, पिडितको क्षेतिपुर्ती

Like this:


होमवर्क नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो

 Krishna Shrivastav

सिराहा। मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवको होमवर्क नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचिएको छ । नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले हात भाँचिने गरी कुटपिट गरेको परिवारजनले जानकारी दिएका छन् । उनको हातमा ब्यान्डेज गरिएको छ । रितिक ६ वर्षदेखि स्वस्तिक पाठशालामा छात्रवासमा बसेर पढ्दै आएको उनको काका देवकुमार यादवले बताए । बालबालिकालाई होमवर्क नगरेको भन्दै कुटपिट गर्नु अपराध भएको उनको भनाइ छ । ‘हातै भाँचिने गरी कुटपिट भएको छ । होमवर्कको नाउँमा बालबालिकालाई भौतिक दण्ड दिन मिल्दैन,’ यादवले भने । कुटपिटमा संलग्न शिक्षकलाई आवश्यक कारबाहीको माग गरेको पत्रकार

Like this:


सापकोटाविरुद्ध नाराबाजी गर्ने १२ प्रदर्शनकारी प्रकाउ

 Krishna Shrivastav

काठमाडौं । सभामुख अग्नि सापकोटाले शपथ खाइरहेका बेला राष्ट्रपति निवास अगाडिबाट १२ जना ‘मानव अधिकारकर्मी’हरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो सापकोटाको शपथ ग्रहण समारोह चलिरहेका बेला प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । ‘१२ मध्ये ३ जना महिला र नौ जना पुरुषलाई प्रक्राउ गरिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले भने, ‘प्रक्राउ गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।’ काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा उनीहरूले विरोध सोमबार बिहानैबाट प्रदर्शन गरेका थिए । प्रक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमा लामा, जनक राउत,

Like this:


अस्पताल हिंडेका बिरामीको दुर्घटनामा परेर ज्यान गयो

 Krishna Shrivastav

स्वास्थ्य उपचारका लागि अस्पताल हिंडेका ओखलढुंगाका सन्तोष विश्वकर्माको दुर्घटनामा परेर मृत्यु भएको छ । केही समयअघि देखि अस्वस्थ रहेका चम्पादेवी गाँउपालिका ५ का ५५ वर्षीया विश्वकर्माको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका लागि जानेक्रममा उनी चढेकाे जीप दुर्घटना हुँदा बाटोमैमा मृत्यु भएको हो ।   सोमबार बिहान भएको सवारी दुर्घटनामा चालक सहित अन्य ३ जना गम्भिर घाइते भएका छन् । गाउँबाट बिरामी लिएर ओखलढुंगा सदरमुकाम स्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो सोमबार बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक

Like this:


सर्लाहीको एनसेल टावरमा बम विष्फोट

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेकाे एनसेलको टावरमा बम विष्फोट भएको छ । सोमबार राती १ बजेको समयमा लालबन्दी नगरपालिका-१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका अनुसार विष्फोटबाट टावरमा आंशिक रुपमा क्षति पुगेको छ ।  बम विष्फोटको ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान घटनास्थल पगेकाे प्रहरी उपरिक्षक पोखरेलले भने, ‘म भर्खरै घटन स्थल पुगेर आएँ । टावरमा सामान्य क्षति भएको छ।’ टावर गाउँबाट झण्डै आधा किलोमिटर टाढा रहेकोले मानवीय क्षति नभए पनि रातकाे समयमा बम विस्फाेट भएकाेले स्थानीय त्रसित बनेका छन् । विष्फोटमा विप्लप समूहको

Like this:


कोरोना संक्रमणबाट चीनमा ८० को मृत्यु

 Krishna Shrivastav

चीन । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । २७ सय भन्दा बढी संक्रमित भएका छन् ।  भाइरसको प्रकोप बढेपछि चीनले नौवटा सहर बन्द गरेको छ । हुबेईमा मात्रै मृत्यु हुनेको संख्या ७६ पुगेको छ भने अन्य सहरमा ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । चीनमा मात्रै २ हजार ७ सय ४४ जनामा संक्रमण भइसकेको छ जसमध्ये ३०० जनाको अवस्था गम्भिर रहेको छ । चीनबाहेक ११ वटा देशमा पनि यसको संक्रमण देखिएको छ । यी देशहरुमा अहिलेसम्म ४१ जनामा भाइरस भेटिएको छ ।

Like this:


एनसेलको तीन वटा टावरमा आगजनी

 Krishna Shrivastav

मकवानपुर ।  मकवानपुरको तीन वटा  एनसेल टावरमा  आगजनी भएको छ । सोमबार अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अज्ञात समुहले बिहान इन्द्रसरोवर गाउँपालिका–२ देउराली, मनहरी गाउँपालिका–५ बसन्तपुर र हेटौंडा–१५ स्थित पशुपतिनगरको एनसेल टावरमा आगजनी गरेको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । आगजनीबाट टावरमा सामान्य क्षति भएको छ । प्रनी कुर्मीले तीन वटै टावरमा पेट्रोल छर्किएर आगजनी गरिएको र टावरको जेनेरेटरसगै तारमा क्षति पुगेको बताए । घटनाको  जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेकपाले आगजनी गर्ने पूर्वयोजना अनुसार भएको हुन सक्ने प्रहरी प्रवक्ता कुर्मीले बतए

Like this:


आज को राशिफल- १३ माघ २०७६ सोमवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा

Like this:


भारतीय महावाणिज्य दूतावास वीरगन्जमा गणतन्त्र दिवस भव्यतापूर्वक मनाइयो

 Krishna Shrivastav

वीरगंज  । बीरगन्जमा रहेको महावाणिज्यदूतवासले आइतबार भारतको ७१ औ गणतन्त्र दिवस भव्यतापूर्वक मनाएको छ । ७१ औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासले बीरगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको हो । कार्यक्रममा बैलुन उडाएर तथा भारतीय झण्डोतोलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा भारतीय राष्ट्रपतिले पठाएको सन्देश भारतीय महावाणिज्य दुतावास बीरगन्जका महावाणिज्यदूत नितेश कुमारले पढेर सुनाउनु भएको थियो । भारतीय राष्ट्रपतिले पठाउनु भएको सन्देशमा भारत र नेपालको मैत्रीपूर्ण सम्बन्ध सदियौ देखि रहि आएको छ र भाषा संस्कृति पराम्परा पारिवारिक सम्बन्धद्वारा बाधिएकोले यसलाई थप बलियो बनाउन र

Like this:


महासंघकाे सदस्याकाे लागि परेकाे दरखास्त फारम समितिलाई बुझाइयाे

 Krishna Shrivastav

वीरगंज । नेपाल पत्रकार महासंघकाे सदस्यताकाे लागि भरिएकाे फर्म आज सदस्यता वितरण तथा सुद्धरिकरण समितिलाई बुझाइएकाे छ । महासंघकाे पर्सा शाखामा न्याँ सदस्यताकाे लागि परेकाे एक सय २३ जनाकाे दरखास्त फारम समितिलाई बुझाइएकाे हाे । महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले दरखास्त फारम बुझाए पछि अहिले समितिकाे बैठक पनि बसेकाे छ । दरखास्त फारम बुझे लगत नै सदस्यता वितरण सम्बन्धमा वीरगंज मुर्ली स्थित रहेकाे महासंघ पर्सा शाखाकाे भवन मै समितिकाे बैठक बसेकाे हाे । महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी संयाेजक रहेकाे समितिमा धुव्र साह, रामनारायण कुर्मी, युवराज खड्का, विजय कुशवाहा,

Like this:


(Untitled)

 Krishna Shrivastav

बिरगंज। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले जेष्ठ नागरिक सङ अन्तरकृया तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ताको सभापतित्वमा तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा ८६ बर्षिय जेष्ठ नागरिक एवं समाजसेबि मंगल साह कानुलाई सामुदायिक सेवा केन्द्र मिनाबजारमा रहेर विभिन्न कार्यमा उहाको योगदान रहेकोले सामुदायिक सेवा केन्द्र मिनाबजारले दोसल्ला ओढाएर कदरपत्रले समेत सम्मान गरिएको थियो ।जेष्ठ नागरिक सङ्ग अन्तरकृया तथा सम्मान कार्यक्रममा वडा न. १० का

Like this:


निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज महानगर पालिका वडा नं. ४ स्थित रहेको त्रि जुद्ध मा.वि. विर्ता-४ मा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्र.नि.श्री निर्मल पनेरु ज्यू, को प्रमुख आतिथ्यमा उक्त विधालयका छात्र १६९ र छात्रा १२९ गरि जम्मा २९८ जनाको निःशुल्क आँखा परिक्षण गर्दा ११ जनालाई नजिक तथा टाढ हेर्ने दुरीको

Like this:


मलेसियामा सोनाम ल्होछार तथा सस्क्रीतिक कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार हरू बाट सम्पन्न

 Krishna Shrivastav

मलेसियामा । संसार भरी छरिएर हरेका तमाङ हरुलाई एकाबद्व गराउने भाशा धर्म सस्क्रीती जगेर्ना गर्ने उदेश्यले नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा भएको सोनाम ल्होछार बृहत सास्क्रीतिक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ। नेपाली राजदुतावास मलेसिया का सहायक राजदूत मोतिराम श्रीस मगर को प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ को विशेष अतिथ्यतमा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन तथा नेपाली रास्ट्रीयगान बजाएर कार्यक्रमको सुरुवात भएको थियो भने तामाङ घेदुङ मलेसियाका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र वाइबा , अन्तर्राष्ट्रिय तामाङ परिसदका सचीव कार्यक्रम संयोजक

Like this:


जनकपुरका मेयरविरुद्ध पत्रकार महासंघको किटानी जाहेरी

 Krishna Shrivastav

जनकपुरधाम |  पत्रकारहरुमाथि कुटपिट गरेको घटनामा नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरका मेयर विरुद्ध किटानी जाहेरी दिएको छ । धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध आइतबार किटानी जाहेरी दिएका छन् । गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै प्रतिक्रिया लिन पुगेका कान्तिपुर टिभीका सम्वाददाता अमरकान्त ठाकुरमाथि हातपात भए पछि घटनाको विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रविरुद्ध पनि अपशब्द प्रयोग गरिएको थियो । सोही विषयलाई लिएर अध्यक्ष मिश्रले आज जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् । पुस २२ गते मेयरकै कक्षमा पत्रकारहरुमाथि भएको हातपात घटनापछि

Like this:


चन्द्रनिगाहपुरको सडकमा शंकास्पद वस्तु

 Krishna Shrivastav

रौतहट  | रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण सो शंकास्पद बस्तु भएको स्थानमा सर्बसाधारणलाई जान दिइएको छैन । Nepalpostdaily


६ किलो चाँदीका गहनासहित २ जना पक्राउ

 Krishna Shrivastav

सिरहा |  सिरहा प्रहरीले करिब ६ किलोग्राम बराबर चाँदीका गहनासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१४ घर भएका ३० वर्षीय सुमन विक र झापाको शिवसतासी नगरपालिका–८ झिलझिले घर भएका ३८ वर्षीय दल बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई ५ किलो ७ सय ४२ ग्राम ७ सय ५० मिलिग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो । Nepalpostdaily


ऋण र भोकले अत्याएपछि झोपडीको कुनामा सुस्काउँछन् ५९ बर्षीय महरा

 Krishna Shrivastav

धनुषा |  फुसको झुप्रोभित्र पस्दा पनि आकाश देखिइन छाड्दैन, घरमा न अन्न छ, न सुत्‍ने खाट! फुसबाट बनेर पनि भत्कन थालेको यहि झुप्रोको एउटा कुनामा सुत्छन् ५९ वर्षीय लखनदेव महरा र उनका परिवार। भुइँमा पराल ओच्छ्याएर त्यसैमाथि ज्यान फालेपछि जसोतसो त निदाउँछन्, तर चिसो थेग्‍नै मुस्किल पर्छ। भोकै सुत्‍नुपरेको रात त कटाउनै मुस्किल पर्छ महरा परिवारलाई। धनुषाको मिथिला विहारी नगरपालिका-८ मा बसोबास गर्ने अतिविपन्न महराका श्रीमती, छोरा र बुहारी छन्। उनका छोरा देवेन्द्र महराको उमेर पनि २० वर्ष भइसकेको छ। १७ वर्षमै विवाह गरेका देवेन्द्रका पनि तीन छोराछोरी छन्। तर

Like this:


माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

 Krishna Shrivastav

काठमाडौँ |  झापाबाट काठमाडौँ जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए । दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका उनले बताए । माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको

Like this:


समाचार
News

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

News

फत्तेपुर बजारको अवैध संरचनामा चल्यो डोजर

News

टीओआरमा सहमति नभएसम्म बैठक सञ्चालन नगर्न सभामुखलाई विपक्षी दलको आग्रह

News

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

News

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

< a href="#" class="goji_mathi">↑