कोकिनसहित एक विदेशी नागरिक पक्राउ

 Krishna Shrivastav

काठमाडौं | नेपाल प्रहरीले दुई किलोग्राम २ सय ग्राम कोकीनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो । सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अस्ट्रेलियामा आगलागी : राजधानी क्यानबेरामा आपतकाल घाेषणा

 Krishna Shrivastav

वीरगंज | अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएकाे सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेकाे छ । यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलकाे जमिन डढिसकेको छ । अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक

Like this:


कोरोना भाइरस रोक्न नेपाली सिमानामा ‘हेल्थ डेस्क’

 Krishna Shrivastav

भैरहवा – छिमेकी मुलुक चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि रुपन्देहीको सीमा नाका बेलहियामा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । विश्वका दर्जन बढी देशमा यो भाइरस फैलिए पनि नाकामा सतर्कता नअपनाइएको विषयमा अन्नपूर्ण पोस्ट्ले समाचार प्रकाशित गरेपछि बेलहिया नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो । स्वास्थ्य कार्यालय रुपन्देही लगायत अन्य सरकारी कार्यालयको समन्वय सिद्धार्थनगर नगरपालिकाले बिहीवार सीमामा ‘हेल्थ डेस्क’ स्थापना गरेको हो । डेस्कमा चिकित्सक सहितको टोली खटेको छ । स्थलमार्ग हुदै बेलहिया नाकाबाट सबैभन्दा बढी पर्यटक मुलुकमा भित्रिन्छन् । जसमा अधिकांश चीनियाँ पर्यटक पनि हुने गर्छन् ।

Like this:


सङ्गीतबाट निको हुन्छन् धेरै रोग

 Krishna Shrivastav

काठमाडौँ । सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने आयुर्वेदाचार्य हेमकुमारी आचार्यले जानकारी दिईन् । उनी भन्छिन्, ‘‘गन्धर्व वेदअनुसार सङ्गीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् ।’’ छिँडीभरि साना–ठूला

Like this:


यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

 Krishna Shrivastav

१.  गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । २.पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ । ३. भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ । ४. प्याज: प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ । ५.  ब्रोकाउली : यसमा पाइने पौष्टिक

Like this:


उच्च रक्तचाप र युरिक एसिड हुनेहरुले ध्यान दिनैपर्ने १५ कुरा

 Krishna Shrivastav

हामीकहाँ पनि उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ । त्यसका लागि के के गर्न सकिन्छ ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका १५ सुझाव हेर्नुहोस् : उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु : १. नून र चिल्लो पदार्थको सेवन कम गर्ने । २. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि । ३. मोटोपना घटाउने । ४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना

Like this:


किन आउँछ शरीरमा सेता धर्सा ?

 Krishna Shrivastav

अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ? छालारोग चिकित्सकहरू यसो भन्छन् :  के हुन्  सेता धर्सा ? शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ

Like this:


आयोडिन के हो ? आयोडिन खाँदा हुने फाइदा

 Krishna Shrivastav

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता चीजहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ । गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको

Like this:


भारत र फिलिपिन्समा पनि देखियो कोरोनाभाइरसको संक्रमण

 Krishna Shrivastav

काठमाडौँ । नयाँ कोरोनाभाइरस देखा परेको झण्डै एक महिना पछि भारत र फिलिपिन्समा पनि यसको संक्रमण देखा परेको छ । विहीबार भारतको केरला राज्यमा एक जना भारतीय जो चीनको वुहानमा पढेर आएका विद्यार्थी हुन् उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस्तै फिलिपिन्स पुगेकी एक जना चिनियाँ महिलामा पनि सो भाइरसको संक्रमण देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अहिले अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । भारतमा चीन अध्ययनमा गएका विद्यार्थीका अभिभावकले आफ्ना सन्तानहरुलाई उद्धार गरि ल्याउन सरकारलाई दवाव दिएका छन् । तर सरकारी अधिकारीहरुले अहिले

Like this:


अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब, सर्वोच्चबाट तेस्रोपटक निर्णयको फाइल झिकाउन आदेश

 Krishna Shrivastav

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्र्रष्टाचार मुद्दाको अनुसन्धान अधिकृत तोकेको निर्णय फाइल मगाउने आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाको फाइल अध्ययनका लागि अनुसन्धान अधिकृत तोकेको सम्वन्धिको निर्णय झिकाउन आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले शर्माको भ्रष्टाचारसम्बन्धी अनुसन्धान तोक्ने निर्णयको फाइल झिकाउन दुईपटक आदेश जारी गरिसकेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सुनुवाइ गर्दै ५ साउन २०७४ मा अख्तियारसँग भएको फाइल मगाउने आदेश गरेको थियो । त्यसपछि

Like this:


हात्ती र भोकी सिंहिनीबीच खतरनाक भिडन्त, पर्यटकले खिचे भिडियो [भिडियोसहित]

 Krishna Shrivastav

एक सानो हात्तीले भोकी सिंहिनीसँग खतरनाक भिडन्त गरेको भिडियो जिम्बाब्वेको ह्वांगे राष्ट्रिय निकुञ्ज पुगेका पर्यटकहरूले खिचेका छन् । छक्क परेका दर्शकहरूले यी दुई जनावरबीचको भिडन्त अफ्रिकी सफारीमा देख्न पाएका हुन् । यो खतरनाक भिडन्त पर्यटकहरूभन्दा केही यार्ड पर भएको थियो । भिडियोमा सिंहिनीले हात्तीमा झुण्डिएको अनि हात्तीले जीवन बचाउनका लागि संघर्ष गरेको देखिन्छ । सिंहिनीले आफ्ना नंग्रा हात्तीको बाक्लो छालामा गाडेको थियो र उसको टाउको चपाएको थियो । आफ्ना डमरुलाई भोजन जुटाउन सिंहिनीले हात्ती ताकेकी थिइन् । तर हात्ती सजिलै हार मान्दैन । उसले पनि टाउको उठाउँछ र छुटाउन कोशिश

Like this:


मोबाइल खोस्दै फ्यानको अपमान गरेपछि सलमानलाई गोवामा ‘नो इन्ट्री!’

 Krishna Shrivastav

एजेन्सी, १५ माघ । बलिउडका दबंग सलमान खान यतिबेला आफ्नो फिल्म ‘राधे’ को शुटिङमा व्यस्त छन् । यसैबीच सलमान खानको एक भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा खानले आफ्ना एक फ्यानको मोबाइल खोसेर लिएको देख्न सकिन्छ । भिडियोमा गोवा विमानस्थलमा कार्यरत एक कर्मचारी तथा उनका फ्यानको हातबाट खानले मोबाइल खोसेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि उक्त भिडियोले सलमानसामु समस्या थपिदिएको छ । उक्त भिडियोलाई लिएर नेशनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (NSUI ) ले विरोध जनाएको छ । NSUI ले सलमानले माफी माग्नुपर्ने बताएको छ । कांग्रेसको

Like this:


कम्युटरका धेरै महत्वपूर्ण यी सर्टकट कीहरू जसले बनाउने छ काम सजिलो

 Krishna Shrivastav

सिधा र सजिलो बाटो हुन्छ भने घुमाउलो र लम्बेतान बाटो किन हिंड्नु ? तर, सबैलाई हरेक सिधा र सजिलो बाटो थाहा नहुन सक्छ । कम्प्युटर आधुनिक जीवनको अभिन्न अंग बनिसक्यो । यसमा केही यस्ता शर्टकटहरु हुन्छन्, जसलाई पछ्याउँदा हाम्रा कामहरु छिटो र सजिलो हुन सक्छन् । यहाँ त्यस्ता केही कम्प्युटरका सर्टकटहरु प्रस्तुत गरिएको छ- सिधै My Computer मा जानको लागि Windows key+E सिधै स्टार्ट मेनुमा जानका लागि Ctrl + Esc कम्प्युटरमा क्याश क्लियर गर्नका लागि Ctrl+Shift+R कुनै पनि वेबसाइटमा फन्ट साइज बढाउन/घटाउनका लागि Ctrl र +/- तथा वास्तविक साइजमा ल्याउन Ctrl + 0 कुनै पनि पेजलाई बुकमार्क गर्नका

Like this:


कामै नगरी भुक्तानी

 Krishna Shrivastav

बैतडी (अस) । बैतडीमा  सञ्चालित सामाजिक विकास तथा सचेतना समाज (स्वदेस) संस्थाले सम्झौता अनुसारको कामै नगरी भुक्तानी लिएको पाइएको छ । गत वर्ष संघीय सरकारले पञ्चेश्वर गाउँपालिकामा व्यावसायिक कृषि तथा पशुपालनका लागि विशेष अनुदानवापत रू. ६० लाख दिएको थियो । त्यसबाट गाउँपालिकामा १८ स्थायी पोलिहाउस, दुई माछापोखरी निर्माण तथा फलफूलका बिरुवा वितरणलगायत काम गर्ने जिम्मा संस्थाले लिएको थियो । फलफूलका बिरुवा वितरण गरे पनि अरू काम पूरा नगरी संस्थाले आर्थिक वर्षको अन्त्यमा कागजात मिलाएर रू. ५२ लाख झुक्तानी लगेकोे पञ्चेश्वर गाउँपालिकाले बताएको छ । गाउँपालिकाले विशेष अनुदानबापत प्राप्त रकमबाट लक्षित

Like this:


चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गरेर कहाँ राख्ने ? : स्वास्थ्य मन्त्रालय

 Krishna Shrivastav

काठमाण्डौ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताउनुभएको हो । कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो । अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउनुहुँदै उहाँले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताउनुभयो । ‘फिर्ता

Like this:


ज्याक माले दिए कोरोना भाइरसको खोप बनाउन १ करोड ४४ लाख डलर

 Krishna Shrivastav

काठमाण्डौ | अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक ज्याक माले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानविय सहयोग गर्न चाहेको बताउनुभयो । उहाँले आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताउनुभयो ।अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब

Like this:


आज को राशिफल- १७ माघ २०७६ शुक्रवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक यात्राको योगछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला,

Like this:


दुबईमा पनि भेटियो कोरोना भाइरस, चीनमा १ सय ७० को मृत्यु

 Krishna Shrivastav

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । अत्यधिक रुपमा फैलिँदै गरेको उक्त भाइरसबाट संक्रमित बिरामी दुबईमा पनि पहिलो पटक भेटिएका छन् । संयुक्त अरब इमिरेट्सले बुधबार नयाँ चिनीयाँ भाइरस संक्रमित बिरामी भेटिएको पुष्टी गरेको छ । युएईका स्वास्थ्य अधिकारीहरुका अनुसार वुहानबाट चीन पसेका एकै परिवारका चार व्यक्तिमा कोरोना भाइरस देखिएको हो । उनीहरुमा फ्ल्यूको लक्षण देखा परेको छ । चिकित्सकका अनुसार हाल उनीहरुको उपचार युएई अस्पतालमा भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इमिरेट्सका अधिकारीहरुले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धी जारी गरेको आवश्यक सावधानी, वैज्ञानिक

Like this:


समाचार
News

पर्साको बैरियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु, ३ जना घाइते

News

वीरगन्जको सरकारी विद्यालयमा रुंगटा वेलफेयर सोसाइटीले दियो १० थान पंखा

News

ठाकुरराम क्याम्पसमा विद्यार्थी जनमत संघले गरेको कार्यक्रममा १९ जनाले गरे रगत दान

News

भारतको आन्ध्र प्रदेशमा ७ करोड नगद बोकेको गाडी सडकमा पल्टियाे

News

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ

< a href="#" class="goji_mathi">↑