Krishna Shrivastav
हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा
Krishna Shrivastav

वीरगंज । इरानसमर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले आइतबार जनाएको छ। युद्धविराम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ। उक्त सम्झौता सन् २०२२ को अक्टोबरमा समाप्त भएको थियो। ‘यमनमा शान्ति स्थापनाका लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो’, विज्ञप्तिमा लेखिएको छ। यमन र साउदी दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसंघको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि