• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा

  • वीरगंज संजाल
  • Apr 10, 2023, 2:01 pm
  • ४९३

    वीरगंज । इरानसमर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले आइतबार जनाएको छ। युद्धविराम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ। उक्त सम्झौता सन् २०२२ को अक्टोबरमा समाप्त भएको थियो।

    ‘यमनमा शान्ति स्थापनाका लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो’, विज्ञप्तिमा लेखिएको छ। यमन र साउदी दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसंघको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि लागिपरेको छ। यमनी सुरा परिषद्का सदस्य तथा हुथी समूहका प्रमुख नेता मोहम्मद अल बुखैतीले सिन्ह्वालाई बताएअनुसार यमनका लागि साउदी राजदूत मोहम्मद अल जाबेर प्रतिनिधिमण्डल प्रमुखका रूपमा शनिबार यमनको राजधानी आइपुगेका हुन्। हुथी समूहले शनिबार पनि साउदीले रिहा गरेका १३ जना युद्धबन्दीलाई साउदी कैदीको बदलामा प्राप्त गरेको बताएको थियो।

    विशेष गरी साउदी अरब र इरानबीच तनाव कम गर्न र कूटनीतिक सम्बन्ध पुनः स्थापित गर्न हालैका चिनियाँ प्रयासहरू पछि यमनमा युद्ध अन्त्यका लागि शान्ति प्रयासहरू बढ्दै गएका छन्। यमनमा सन् २०१४ को अन्त्यतिर हुथी लडाकू समूहले उत्तरी क्षेत्रका धेरै सहर आफ्नो नियन्त्रणमा लिएको थियो। यससँगै साउदीसमर्थित यमन सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो। साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन सरकारलाई समर्थन गर्न यमनमा हस्तक्षेप गरेको थियो। यस युद्धले १० औंं हजार जनाको ज्यान लिइसकेको छ। ४० लाख व्यक्ति विस्थापित भएका छन्। युद्धले देशलाई भोकमरीको संघारमा पुर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑