महागढीमाई नगरपालिकाको कर्मचारीहरु आन्दोलनमा,प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

 Krishna Shrivastav

कलैया । बाराको महागढीमाई नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कार्यालयमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाका कर्मचारी पेन डाउन गरि आन्दोलनमा उत्रेका हुन । नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा विकास निर्माणका कामकाज समेत ठप्प भएका छन् । वितेको डेढ महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नपठाईदिँदा विकास निर्माणका कामकाज प्रभावित बन्न पुगेको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो । मन्त्रालयले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत महम्मद शेरे मुस्तुफालाई सरुवा गरेपछि महागढीमाई नगरपालिका फागुन ८

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकाको एक बैंकमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको ज्यान गयो

 Krishna Shrivastav

वीरगंज । अमेरिकाको केन्टकी शहरको एक बैंकमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको ज्यान गएको छ । अन्य तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका हुन् । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।


नयाँ वर्ष वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट खान नपाइने

 Krishna Shrivastav

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको खान निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खेलौना सोचेर बम खेलाउँदा बालबालिकाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विस्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ । गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विस्फोट हुँदा एक जना बालकको मृत्यु भएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भ्रम फैलाउने र संगठन कमजोर बनाउनेलाई कारबाही गर्ने प्रेस चौतारी पर्साको निर्णय

 Krishna Shrivastav

वीरगंज । प्रेस चौतारी नेपाल पर्सा शाखाको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।प्रेस चौतारीका जिल्ला अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले पर्सामा चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनका लागि विभिन्न निर्णय गरेको सचिव राजेन्द्र सिंह नेपालीले जानकारी दिए । बैठकले पर्सामा प्रेस चौतारीलाई कमजोर बनाउने षडयन्त्रमा लागेकाहरुको पहिचान गरि कारबाही गर्ने निर्णय गरेको छ । प्रेस चौतारीलाई बदनाम गराउन भ्रम छर्दै हिड्ने र अतिरञ्जनायुक्त प्रचार गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरिएको अध्यक्ष बन्जाराले जानकारी गराए । यस्तै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुुत

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सलमान खानलाई पुन : मितिसहित ज्यान मार्ने धम्की

 Krishna Shrivastav

वीरगंज । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन् । हालै उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई प्रसंशकहरूले रुचाइरहेका छन् । तर, यही बीचमा सलमानलाई पुनः एकपटक ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलमानलाई मार्ने बताएका छन् । यससँगै ती व्यक्तिले प्रहरीलाई सलमानको हत्याको मिति पनि बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति ९ बजे मुम्बई प्रहरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने शीर्ष तहमा सहमति

 Krishna Shrivastav

वीरगंज । प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। मंगलबार सभामुख देवराज घिमिरेको सक्रियतामा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरु सहमत भएका हुन्। तर त्यसको विषय र प्रक्रिया र विषयका विषयमा भने पुन छलफल हुने बताइएको छ। बैठकमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएका छन्। अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने तय भएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध

 Krishna Shrivastav

वीरगंज । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ। गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ। केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा आगलागी पीडितलाई सहयोग

 Krishna Shrivastav

रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले सोही पालिकाको विसुनपूर्वा मानपुरका आगलागी पीडितहरुलाई राहत सामग्री वितरण गरेका छन् । मेयर यादवले सोमबार घटनास्थलमै पुगेर पीडितहरुलाई नगरपालिकाको तर्फबाट राहत सामग्री वितरण गरेका छन् । आइतबार दिउँसो भएको भीषण आगलागीमा परेर सो ठाउँका २१ वटा घर तथा गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट करिब २० घरधुरी घरवारविहीन बनेको छ । आगलागीबाट घरसहित घरभित्र राखिएको खाद्यान्न सामग्री, लत्ताकपडा, नगद, गरगहना गरी लाखौं मूल्यको सम्पत्ति जलेर खरानी भएको थियो । मेयर यादवले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाईमा छ्नौट भएको ५० करोडको योजना कार्यान्वयनको चरणमा

 Krishna Shrivastav

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाईमा छ्नौट भएको ५० करोड लागतको योजना कार्यान्वयनको चरणमा पुगेको छ ।सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजले सो योजना कार्यान्वयनकोलागि महाबिर ईन्जिनियरिग एण्ड कन्स्ट्रक्सन प्रा.लि. ललितपुरलाई ठेक्का दिएको छ । चैत्र २२ गतेको पत्रले उक्त योजना साँत दिनभित्र कार्यान्वयनमा ल्याउँन निर्देशन दिएको सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजका प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो । संघिय सहरी बिकास योजना अन्तर्गत प्राप्त सो बजेटमा २०८१ साल अश्विन २१ गते सम्ममा योजनाको कार्य सम्पन्न गर्नुपर्ने समय सिमा तोकिएको छ । योजना अन्तर्गत जीतपुरसिमरा उपहानगरपालिका वडा नं.९

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लागूऔषधसहित ९ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । नेपाल प्रहरीले मधेश प्रदेशको विभिन्न जिल्लाबाट ६ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । यस क्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–२ बाट २२ वर्षीय सुनिल राईलाई लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ । लागूऔषध ओसार–पसार तथा बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा राईले आफ्नै करेसाबारीमा माटोमा गाडेर राखेको लागुऔषधहरु फेला परेको प्रहरीले जनाएको छ । कपडाको झोलामा पोका पारी माटो भित्र गाडेर राखिएको अवस्थामा प्रहरीले लागू औषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

३१ फिटमाथिको संरचना हटाउन माग

 Krishna Shrivastav

वीरगंज । जानकी मन्दिरको सेरोफेरोमा ३१ फिटभन्दा माथिको संरचना तथा घरहरु हटाउन माग गरिएको छ । गौं संरक्षण मंच नेपालले मन्दिरको सौन्दर्यतामाथि आँच आउने गरी बनाइएको संरचना हटाउन सरकारसँग माग गरेको छ । ०७० पुस २७ गते तत्कालीन जनकपुर नगरपालिकाको २० औं नगरसभाले मन्दिर वरिपरि ३१ फिट उचाईसम्मको मात्र नक्सा पास गर्ने निर्णय भएको थियो । पछि पनि उक्त निर्णय हुँदै आएको छ । तर निर्णय भएको दश वर्ष बित्नै लाग्दा कार्यान्वयन हुन सकेको छैन् । पालिकाले पटकपटक सूचना जारी गरे पनि स्थानीयले बेवास्ता गर्दै संरचना निर्माण गरिरहेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालको आग्रह

 Krishna Shrivastav

वीरगंज । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डसंग सार्वजनिक रुपमै आग्रह गरेका छन् । मंगलबार काठमाडौंंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उद्योगमन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् । मन्त्री रिजालले भने, ‘जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् । मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै रिजालले ब्याज न्यूनीकरण गरियो भने यसले धेरै समस्या समाधान गर्ने जिकिर पनि गरे । निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले अन्तर सरकारी समन्वय बढाउने पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी अस्पतालको फार्मेसीमा करोडौंको हिनामिना ,अख्तियारद्वारा छापा

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज स्थित नारायणी अस्पतालको फार्मेसीमा भएको आर्थिक हिनामिना बारे अख्तियारले छापा मारेर फाइल र कागजात लिएर गएको २० महिना बिती सकेको छ । तर त्यसपछिको अनुसन्धान र कारबाहीको प्रगति बारे अख्तियार अहिले सम्म मौन छ । अस्पतालको सरकारी फार्मेसीमा औषधी खरिद बिक्रीमा त्यस बेला कार्यरत फार्मेसी इन्चार्ज हरेन्द्र यादव सहितका कर्मचारीले १ करोड २१ लाख रुपैयाको हिनामिना गरेको समाचार २०७८ साउन २४ गते प्रकाशन भएको थियो । त्यसको आठ दिन पछि २०७८ साउन ३२ गते हेटौडा स्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटा नेतृत्वमा आएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज नर्सिङ क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसका छात्राहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी क्याम्पस प्रमुख जमुना भट्टराईलाई कानुनी कारबाही गर्न नेविसंघले जिल्ला प्रसाशन कार्यालय पर्सासंग माग गरेकाेछ । साेमबार साँझ नेविसंघ पर्साका अध्यक्ष रमेश यादव सहितकाे टाेलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेललाई ज्ञापनपत्र बुझाउदै विधार्थीहरुलाई गालीगलौज गर्दै हातपात समेत गरेकी क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न माग गरेकाे हाे । क्याम्पस प्रमुख जमुना भट्टराईले आइतबार बेलुकी नर्सिङ क्याम्पसकाे नेविसंघ ईकाई सभापति सविना सुनार सहितका छात्राहरुलाई गालीगलौज र हातपात गरेकोले उनलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने नेविसंघकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिस्चार्ज बिरामीलाई ३६ दिनदेखि बन्धक राख्ने जनकपुर न्यूरो हस्पिटल दर्ता नै छैन

 Krishna Shrivastav

जनकपुर । जनकपुरधामको न्यूरो हस्पिटल दर्ताबिना नै एकवर्षदेखि संचालनमा रहेको खुलासा भएको छ । २०७८ फागुन दोस्रो सातादेखि ५० बेडको संचालन भएको यो हस्पिटल काहीकतै दर्ता न रहेको खुलेको हो । कम्पनी राजिष्टारबाट जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नामको कम्पनी दर्ता गराई मात्र संचालनमा रहेको छ । संघ सरकारको स्वास्थ्य सेवा विभाग, प्रदेश सरकारको स्वास्थ्य महाशाखा र स्थानीय सरकारको स्वास्थ्य शाखामा कतै पनि यो हस्पिटल दर्ता छैन । न्यूरो सम्बन्धि विशिष्टिकृत हस्पिटल रहेकाले स्वास्थ्य सेवा विभागमा दर्ता रहेको हस्पिटल संचालक डा. विजय राउत दावी गर्छन् । तर स्वास्थ्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा लागूऔषधसहित एक जना पक्राउ

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका २ का २२ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अग्निसाईर कृष्णसावरण २ चौफल टोलतर्फ ईलाका प्रहरी कार्यालय महुलिबाट खटेको प्रहरीको गस्ति टोलिले राईले लागूऔषध ओसार पसार तथा बिक्री बितरण गरिरहेको सूचनाको अधारमा राईको घरमा गई सोधपुछ गर्दा आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि भित्र लुकाई छिपाई राखेको भनेका थिए । प्रहरीले उक्त स्थानमा खोजतलास गर्दा कपडाको झोलामा पोका पारी राखेको लागूऔषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिलालाई स्वरोजगार बनाउन वीरगन्जमा सिलाइ कटाइ तालिम सन्चालन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले निःशुल्क सिलाइ कटाइ तालिम सञ्चालन गरेको छ ।सीप सिक्ने इच्छा राखेका तर खर्चको अभाबमा तालिम गर्न नसकेका लक्षित महिलाहरुलाई महानगरपालिकाले निशुल्क तालिम कक्षा सुरु गरको हो । महिला हक हितका लागि सकृय अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा सोमबार उक्त तालिमको उद्घाटन गरिएको छ । ४५ दिन सम्म चल्ने उक्त तालिममा ३८ जना महिलाहरुको सहभागिता छ । रिषिका टेलर सेन्टरको सहकार्यमा सन्चालित तालिममा सहभागी महिलाहरुलाई प्रेरणा श्रेष्ठ,एतवरिया कुमारी चौरी र राधा चौधरीले प्रशिक्षण दिइरहेका छन् । रिषिका टेलर सेन्टरकी संचालक एंव प्रशिक्षक एतवरिया चौधरीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ