• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागूऔषधसहित ९ जना पक्राउ

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार १३:१८
  • १२२५

    वीरगंज । नेपाल प्रहरीले मधेश प्रदेशको विभिन्न जिल्लाबाट ६ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । यस क्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–२ बाट २२ वर्षीय सुनिल राईलाई लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ । लागूऔषध ओसार–पसार तथा बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा राईले आफ्नै करेसाबारीमा माटोमा गाडेर राखेको लागुऔषधहरु फेला परेको प्रहरीले जनाएको छ । कपडाको झोलामा पोका पारी माटो भित्र गाडेर राखिएको अवस्थामा प्रहरीले लागू औषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी जम्मा २ सय ३३ एम्पुल बरामद गरेको छ । पक्राउ परेका राइलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा राखिएको जनाइएको छ । त्यसै गरी प्रहरीले सिरहाको लहान नगरपालिका–४ रघुनाथपुरबाट लागूऔषधसहित २८ वर्षीय जीवन यादवलाई पक्राउ गरेको छ । यादवले आफ्नै घरमा ब्युप्रोनोफिन १२ एम्पुल, डाइजिल्याब ११ एम्पुल र फेनारगन ११ एम्पुलला.औषधि लुकाई छिपाइ राखेको गोप्य सूचनाको आधारमा प्रहरीले खोज तलास गरेको थियो । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर लागूऔषध मुद्दामा कारबाही चलाइने प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका–४ स्थित दशगजा नजिकैबाटै दुई युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।

    प्रहरी चौकी गैडाभेटपुरका प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले भारतको कन्हवाबाट नेपालतर्फ पैदल आउँदै गरेको चितवन उपमहानगरपालिका–९का २४ वर्षीय रोहित कार्की र मकवानपुर बकैया गाउँपालिका–७का २९ वर्षीय संजु खड् कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले फेनरागन–५६पिस,नरकिम–५२पिस र डाईजोपाम–५७ पिस गरी जम्मा १ सय ६५ परिमाणमा लागूऔषध बरामद गरिएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि लागूऔषध मुद्दामा कारबाही चलाइने र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको जनाइएको छ । यता आइतबारै अबेर राति बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बाट एक जनालाई गाँजासहित पक्राउ गरेको छ । नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०६–००१ख.००५४ न.को बसलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोलीले चेक जाँच गरेर पर्सा जिल्लाको जगरन्नाथपुर गाउपालिका–६ का ४५ वर्षीय मुन्ना पासवानलाई अढाइ किलो गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालयमा राखेर लागूऔषध मुद्दा चलाइने प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । त्यसै गरी आइतबार वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका–१० हाकिम चोकका २७ वर्षीय सुमन ठकुरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आइरहेको अबस्थामा चेकजाँच गर्दा खुट्टाको पिँडुलाको भागमा सेतो टेपले बेरेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जनाइएको छ ।

    पक्राउ परेका ठकुरीको साथबाट प्रहरीले नुर्फिन १५ एम्पुल,डाईजेपाम १५ एम्पुल र फेनारागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागूऔषधहरु बरामद गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । त्यसैगरी प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–५ देउरियास्थित प्रदेशी राउत थारुको घरबाट आइतबार साँझ पौने ५ बजेको समयमा १ सय १८ किलो चरेस र ४ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । राउतको घरमा लागूऔषध रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १ सय १८ किलो लागूऔषध चरेस र ४ किलो गाँजा फेला परेको थियो । लागूऔषध ओसारपसार तथा किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी ६० वर्षीय प्रदेशी राउत थारु, मकवानपुर राक्सिराङ गाउँपालिका–८ का ३५ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका–८ का २५ वर्षीय रोशन मोक्तानलाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑