Krishna Shrivastav
आर्थिक मन्दीकाे असर: ३५ प्रतिशतभन्दा बढी व्यावसायिक सटर बन्द
Krishna Shrivastav

बर्दिबास | बर्दिबासका रतिश रेग्मीले ८ वर्षअघि मैतीदेवी चोकमा जुत्ता पसल चलाउन सुरु गरे । त्यहाँ पाँच वर्ष जुत्ता व्यापार गरेपछि उनी राम्रो व्यापार गर्न भन्दै गौशाला चोक सरे । तर गौशाला चोक सरेको तीन वर्षमै उनले सटर खाली गरे । सामानसहित पसल बेच्न खोज्दा खरिदकर्ता भेटेनन् । पछि उनले आफ्ना सामान उठाएर सटर मात्र छाडे । व्यापार नभएपछि सटर भाडा तिर्नसमेत बैंकबाट थप ऋण लिनुपर्ने बाध्यता भएको उनले सुनाए । व्यापार नभए पनि सटरको भाडा मासिक ४० हजार र गोदामको ५ हजार तिर्दै आएको थिएँ । भाडा तिर्न पनि नसकेपछि सामान गोदाममा राखेर सटर खाली गरें,’