वीरगन्ज महानगरले कडाई गरेपछि ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या ५० प्रतिशतले बढेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार , गत आर्थिक वर्ष २०७५/०७६ मा महानगरपालिकामा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि बैशाख १५ सम्म अर्थात साढे ९ महिनामै त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको पौडेलले जानकारी दिए । महानगरपालिका कार्यालयको तथ्यांक अनुसार पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जका एक वडाध्यक्षको सह्रानिय कदम : विधार्थीलाई ५ वर्षसम्म निशुल्क शैक्षिक सामाग्री

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले आफनो वडामा रहेका तीन वटै सामुदायिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई पाँचवर्ष सम्म निशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । यो घोषणासंगै यादवले मंगरबार ती तीन वटै विधालयमा अध्ययनरत विधार्थीहरुलाई चालु शैक्षिकसत्रका लागि आवश्यक पर्ने कपी र कलम पनि वितरण गरेका छन् । वडा नम्बर ३० को लालपर्सामा नेपाल राष्ट्रिय आधारभूत विधालय , प्रसुतिपुरमा नेपाल राष्ट्रिय प्राथमिक विधालय र मुस्लिम समुदायका बालबालिकाहरु पढ्ने इस्लामिया मदर्शा गरि तीन वटा सामुदायिक विधालय छन् । ती विधालयहरुमा गरि कुल १ हजार

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शपथपछि उपेन्द्र यादवले भने : सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं

 Krishna Shrivastav

बारा | बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित प्रतिनिधीसभा सदस्य एंव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा आफनो पार्टीबाट बाँकी मन्त्री छिट्टै पठाउने बताएका छन् । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेबाट सांसद पद तथा गोपनियताको शपथ लिएलगत्तै सन्चारकर्मीसंग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । मुलुकलाई अघि बढाउनका लागि सरकारको स्थायीत्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्ने उनले बताए। उनले जसपाबाट चाँडै नै सरकारमा बाँकी रहेको मन्त्री पठाउने पनि बताए ।अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । सरकारमा आफैं जाने कि

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पुर्व गृहमन्त्री थापाका सल्लाहकार पक्राउ

 Krishna Shrivastav

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो । उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएकाे हाे । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनीमाथि सोधपुछ सुरु भएको छ ।


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

 Krishna Shrivastav

भारत । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।


रुपन्देही जिल्लासँग जोडिएको नेपाल–भारत सीमा दुई दिनका लागि बन्द

 Krishna Shrivastav

वीरगंज | नेपाल भारत–सीमा आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग जोडिएको बेलहिया सहितका सीमा नाका आज मध्यरातदेखि बन्द हुन लागेको हो । भारतको उत्तर प्रदेशमा २१ गते बिहिबार हुने निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा ४८ घण्टा (तीन दिन) का लागि बन्द गर्न लागिएको हो । उत्तर प्रदेशको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) दुई चरणमा हुनेछ । पहिलो चरण बिहीबार हुँदै छ भने दोस्रो चरण मे ११ मा हुँदै छ । मतगणना भने मे १३ मा हुनेछ । पहिलो चरणमा महाराजगन्ज जिल्लामा मतदान हुनेछ । ‘ सशस्त्र सीमा बलले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारको बारेमा के छ जनमत पार्टीको योजना ?

 Krishna Shrivastav

काठमाडौँ । संघीय सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाइसकेको जनमत पार्टी फेरि सरकारमा जाने तयारीमा छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले त्यसका लागि पार्टीभित्र र बाहिर परामर्श गर्न थालेका छन् । अध्यक्ष राउतले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । सरकारको विषयमा राउतले सत्ता गठबन्धन दलहरुसँग पनि छलफल गर्ने बताइएको छ । जनमत पार्टी यतिबेला सरकारमा जान तयार छ तर कुन मन्त्रालय पाउने भन्ने टुङ्गो छैन । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै दिन तयार रहेको बताए पनि सो पार्टी खानेपानी मन्त्रालय लिन तयार

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रवि लामिछानेका सवारी चालक थापाको मृत्यु

 Krishna Shrivastav

काठमाडौँ । घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो । वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित एक घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन् । थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘ह्याकरको हमलाबाट बच्न साइबर सुरक्षा फोर्स बनाउनुपर्छ’

 Krishna Shrivastav

विश्वले सूचना प्रविधिको क्षेत्रमा ठूल्ठूलो फड्को मारिरहँदा नेपालमा अवस्था कस्तो छ ? सुरु–सुरुमा एक ठाउँबाट अर्को ठाउँमा सूचना आदान प्रदान गर्नका लागि चिठीपत्रको भर पर्नुपर्थ्यो । यस्तै, विदेशमा भएका आफन्तसँग कुरा गर्न विदेश जाने अर्को मान्छेको पर्खाइमा बस्नुपर्थ्यो । यस्तै, नेपालमा दमाहा बजाएर, नर्सिंहा फुकेर, कटुवाल प्रथाबाट सूचना आदान–प्रदान गर्ने प्रचलन थियो । यो स्थितिबाट रेडियो आएपछि केही सहज भयो । पछि क्षेत्रीय रेडियो खुलेर सबै क्षेत्रलाई समेट्न थाल्यो । पछि टेलिभिजन पनि सुरु भयो र यसबाट सूचनाको आदान–प्रदान झनै राम्रो हुँदै गयो । यस्तै, सुरुसुरुमा टेलिफोन बुथ राखेर फोनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

 Krishna Shrivastav

काठमाडौँ । नेपाल एशिया कपमा छनौट भएको छ । आज टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो । युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ६७ रन बनाए भने भिम सार्कीले ३६ रन बनाएका थिए । त्यसअघि नेपालले लगातार तीन विकेट गुमाउदा नेपाल दबाबमा आएको बेला गुलशन झा र भीम सार्कीले शानदार अविजित ९६ रनको साझेदारी गरेका थिए । २२

Breaking News, खेलकुद, देश, देश, मुख्य समाचार, विदेश, समाचार  संग सबंधीत छ |

काठमाडौँमा सिक्री लुछ्ने ग्याङ्ग सक्रिय, यसरी गर्छन् चोरी, कसरी बच्ने ?

 Krishna Shrivastav

काठमाडौं । देशमा नामको मात्र सरकार छ । कुन बेला को लुटिने हो, कुन बेला कसको घर चोरिने हो पत्तो छैन । गरगहना लगाएर बस्नु नै अभिसापझैं भईसकेको छ । गरगहना लगाएर कतै हिड्नु भनेको त सिधै चोरलाई गहना सुम्पिनुजस्तै भईसकेको छ । काठमाडौँ लगायतका शहरहरुमा यतिबेला चोर, डाँकाहरुको बिगबिगी यति बढेको छ कि कुन बेला तपाईंको सिक्री लुछिन्छ, सामान लुटिन्छ, पैसा चोरिन्छ पत्तो छैन । अझ काठमाडौँमा त थरीथरीका चोर छन् । सुट पाइन्टका कपडा बेच्ने बहानामा घर पस्नेहरुले पानी तान्ने मेशिन चोरीदिन्छन्, कोठा खाली छ भन्दै डेरामा बस्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारले निरन्तरता पाउने भएको छ ।हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरि सबै तयारी गरिएको हो ।नयाँ वर्षको अवसरमा गएको चैत ३० र बैशाख १, २ गते लगाइएको रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो । जस अनुरुप बैशाखको २९ र ३० गते रात्रि बजार लागाइने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार सांझ बसेको रात्रि बजार ब्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई अझै विस्तार गर्दै लैजाने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपेन्द्र यादवले आज सांसद पदको शपथ लिने

 Krishna Shrivastav

बारा | बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जसपाका उपेन्द्र यादवले आज सांसद पदको शपथ लिने भएका छन् । दिउँसो १:०० बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतनिकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरी विजयी भएका थिए । यसअघि उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले वैशाख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

के हो असिना ? कसरी खस्छ जमिनमा ?

 Krishna Shrivastav

काठमाडौं । अहिले प्रिमनसुनको समय हो । यो अवधिमा वर्षासँगै हावाहुरी र आकाशबाट स–साना बरफका डल्लाहरू झर्ने गर्छ । विशेष गरी अंगुरका दाना आकारका हुने यस्ता बरफका डल्लाहरू नै असिना हुन् । असिनाको आकार ०.२ देखि ६ इन्चसम्म हुन्छ । एउटा असिनाको डल्लो आधा किलोग्रामसम्म हुनसक्छ । गाडी, हवाईजहाजमा क्षति, बालीनाली नष्ट गर्नेदेखि असिनाले लागेर जनावर र मानिसको ज्यान समेत जान सक्छ । कसरी बन्छ असिना ? ‘सुपरकुल्ड वाटर’ अर्थात् अति चिसो पानीबाट असिना बन्ने गर्छ । पानी शून्य डिग्री सेल्सियसमा बरफ बन्छ । जम्छ । तर, शून्य डिग्री सेल्सियसभन्दा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल र यूएईबीचको फाइनल खेल आज, प्रवेश निःशुल्क

 Krishna Shrivastav

काठमाण्डौ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । सोमबार वर्षाका कारण रोकिएको खेल आज यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेको अवस्थाबाट नै पुनः सुरु हुनेछ । कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । आजको ‘रिजर्भ डे’ मा बिहान ९ बजे यूएईले खेल थाल्नेछ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ

Breaking News, खेलकुद, देश, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अमेरिकी बैंकिङ क्षेत्रमा अर्को ठूलो धक्काः सिलिकन र सिग्नेचरपछि फर्स्ट रिपब्लिक बैंक पनि टाँट पल्टियो

 Krishna Shrivastav

काठमाडौं । पछिल्लो दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाँट पल्टिएको छ । अमेरिकाको फर्स्ट रिपब्लिक बैंक टाँट पल्टिएको हो । क्रिप्टोमा अत्याधिक लगानीका कारण संकटग्रस्त बनेको फर्स्ट रिपब्लिक बैंकको अमेरिकाको नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले स्वामित्व ग्रहण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेपी मोर्गन फर्स्टले रिपब्लिक बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र र ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको छ । मार्च महिनामै बचतकर्ताहरूले सन फ्रान्सिस्कोमा मुख्यालय रहेको फर्स्ट रिपब्लिक बैंकबाट १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर

Breaking News, अर्थतन्त्र, बैंक, विश्व, समाचार  संग सबंधीत छ |

कानु समाज पर्साको जिल्ला अधिवेशन जेठ १५ गते पोखरियामा

 Krishna Shrivastav

वीरगन्ज | कानु समाज नेपाल पर्साको जिल्ला अधिवेशन आगामी जेठ १५ गते हुने भएको छ । जेठ १५ गते जिल्ला अधिवेशन पोखरीयामा गर्ने निर्णय गरिएको कानु समाज पोखरिया नगर कार्यसमितिका कोषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए । सोमबार पोखरीयामा बसेको कानु समाजको जिल्ला र नगरकार्य समितिले जेठ १५ गते पोखरिया ४ मा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उनले बताए । कानु समाज पर्साका अध्यक्ष रामबाबु साह कानुको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशनका लागि जिल्लाका १४ वटै पालिकाका हरेक वडामा विभिन्न माध्यमबाट जिल्ला अधिवेशनका बारेमा जानकारी गराउन प्रचार पैसार गर्ने निर्णय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

क्लिनिकमा डाक्टरले लिने फि बढाइयो, ९४० रुपैयाँसम्म लिन पाउने

 Krishna Shrivastav

वीरगंज | आगामी जेठ १ गतेदेखि निजी क्लिनिक र अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बैठकले डाक्टरहरुको परामर्श शुल्क(फि) बढाउने निर्णय गरेको हो । चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको जनाएको छ । १८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन