• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जका एक वडाध्यक्षको सह्रानिय कदम : विधार्थीलाई ५ वर्षसम्म निशुल्क शैक्षिक सामाग्री

  • वीरगंज संजाल
  • May 2, 2023, 4:53 pm
  • ७३७

    वीरगन्ज | वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले आफनो वडामा रहेका तीन वटै सामुदायिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई पाँचवर्ष सम्म निशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । यो घोषणासंगै यादवले मंगरबार ती तीन वटै विधालयमा अध्ययनरत विधार्थीहरुलाई चालु शैक्षिकसत्रका लागि आवश्यक पर्ने कपी र कलम पनि वितरण गरेका छन् । वडा नम्बर ३० को लालपर्सामा नेपाल राष्ट्रिय आधारभूत विधालय , प्रसुतिपुरमा नेपाल राष्ट्रिय प्राथमिक विधालय र मुस्लिम समुदायका बालबालिकाहरु पढ्ने इस्लामिया मदर्शा गरि तीन वटा सामुदायिक विधालय छन् । ती विधालयहरुमा गरि कुल १ हजार २ सय विधार्थी अध्ययनरत छन् ।

    तीन वटै विधालयहरुमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सबै विधार्थीहरुलाई आफनो कार्यकालभरि वडा कार्यालयबाट निशुःल्क शैक्षिक सामाग्री (कपी , कलम , स्कुल ब्याग इत्यादि) उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष यादवले बताए । सोही निर्णय अनुरुप मंगलबार तीन वटै विधालयमा पुगेर विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरणपनि गरिएको जानकारी उनले दिए । यादवले भने,‘ किताब र पोशाक सरकारले नै निशुल्क दिदै आएको छ , त्यो बाहेक कापी , कलम , स्कुल ब्याग इत्यादि शैक्षिक सामाग्री मेरो कार्यकालभरि अर्थात ५ वर्षसम्म वडाको बजेटबाट निशुल्क उपलब्ध गराइन्छ ।

    उनले थपे,‘ सरकारी विधालयमा एक त अधिकांश गरिब विपन्नका बालबालिकाहरु नै पढ्छन् , त्यसमा पनि कापी कलम किन्न पैसा छैन भनेर कतिपय अभिभावकले बालबालिकालाई विधालय नै पठाउदैनन् , तीनै बालबालिकालाई लक्षित गरि मैले यो काम थालेको हुँ । यस्तै लालपर्सामा रहेको आधारभूत विधालयमा मावि तहको कक्षा सन्चालनका लागि महानगरपालिकाबाट अनुमति पनि पाउन सफल भएको वडाध्यक्ष यादवले जानकारी दिए । मावि तहको कक्षा सन्चालनका लागि अनुमति पाएसंगै तत्कालका लागि कक्षा ९ को पठपाठन पनि सुरु गर्ने तयारीमा लागेको उनले बताए ।

    वडाअध्यक्ष यादवले भने,‘ यहि विधालयमा म आफैपनि ५ कक्षा सम्म पढेको हुँ , त्यसबेला ५ कक्षा पास गरेपछि कक्षा ६ देखि माथिको पढाई गर्न ३ किलोमिटर पैदल हिडेर परवानीपुरको विधालयमा जानु परेको थियो , त्यहिबेला देखि मेरो मनमा यो पिडा खिल बनेर बसेको थियो , तर आज मेरो त्यो सपना पनि पुरा भएको छ । वडाध्यक्ष यादवले आफनो कार्यकालमा शिक्षा र स्वास्थ्य यी दुइ क्षेत्रको सुधार र स्तरोन्नत्तीका लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए । उनले भने,‘ शिक्षा र स्वास्थ्य यी दुई क्षेत्र मेरो पहिलो र मुख्य प्राथमिकतामा छ , अरु शीर्षकको बजेट कटौती गरेर भएपनि यी दुई क्षेत्रको सुधार र विकासमा म लागिरहन्छु । मंगलबारको शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा सदस्यहरु शयदा खातुन , जंग बहादुर राउत, न्यु नमूना युवा क्लबका अध्यक्ष गगन राउत अहिर , समाजवादी युवा संघका जिल्ला सदस्य विकास मण्डल , सुजित ठाकुर लगायतको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑