Krishna Shrivastav
ठोरीको शिकारीबास उज्यालियो
Krishna Shrivastav

वीरगन्ज । ठोरी गाउँपालिका–३ स्थित शिकारीबास गाउँ दुई सातादेखि उज्यालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लगानीमा सोलारमार्फत विद्युतीकरण गरिएपछि स्थानीयले राहत महसुस गरेका छन् । स्थानीय युवा जीतेन्द्र चौधरीले बिजुली बत्तीले गाउँ उज्यालिएपछि साँझपख वन्यजन्तुको डर समेत हटेको बताए । ‘अब साँझ परेपछि डर लाग्दैन, गाउँ उज्यालिएर स्वर्गजस्तो भएको छ,’ उनले भने । चितवन र पर्सा राष्ट्रिय निकुन्जको सीमामा घना जंगल बीच रहेको यो मानव बस्तीमा सौर्य ऊर्जाबाट २३ किलोवाट बिजुली उत्पादन गरेर यहाँका ५२ घरधुरीलाई बिजुली उपलब्ध गराइएको छ । गाउँको वरिपरि रहेका २५ वटा विद्युत पोलमा साँझ