आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कुनै यात्रा र भ्रमण गर्नु पनि उचित छैन । तपाईं

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आइएमईबाट चोरी गर्ने दुईजना पक्राउ

 Krishna Shrivastav

वीरगंज । धनुषा प्रहरीले आइएमईभित्र चोरी गर्ने चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका-९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन्। उनीहरूले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसल भित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए। इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सार्वजनिक गाडीमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने नियम लागू गराउन माग गर्दै वीरगंजमा प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । पुर्वमन्त्री एंव सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टी निकटकाे आम विद्यार्थी माेर्चाले सार्वजनिक यातायातकाे सवारीसाधनकाे भाडामा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ । आम विद्यार्थी माेर्चाका पर्सा अध्यक्ष विवेक साहकाे नेतृत्वमा बुधबार वीरगन्जको नयाँ बसपार्कबाट जुलुश निकालेर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे टाेलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र मार्फत आम विद्यार्थी माेर्चाले सार्वजनिक यातायातकाे सवारीसाधनमा यात्रा गर्दा विद्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने नेपाल सरकारकाे नियम नै भएपनि वीरगन्जबाट ग्रामीण भेगका रुटमा चल्ने कुनैपनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न सांसद अमरेशकुमार सिंहको माग

 Krishna Shrivastav

वीरगंज । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकमाथि भइरहेको प्रहरी दमन तत्काल रोक्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले दमन गरेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरेका हुन्। माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा र भर्त्सना गर्दै उनले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन्। ‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन्। साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ,’ उनले भने,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्यमा वीरगन्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री राउतले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सवल र योग्य बनाउन आफ्नो नेतृत्वको सरकारले हरेक निकायमा उनीहरुलाई ५० प्रतिशत आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताए। उनले भने, “यो पहिलो प्रदेश हो, जहाँ महिलालाई ५० प्रतिशत आरक्षण दिइएको छ । दलितको उत्थानका लागि दलित सशक्तीकरण ऐन ल्याएर त्यसको कार्यान्वयनका लागि दलित विकास प्राधिकरण गठन गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

किसानलाई पेन्सनको व्यवस्था गर्न प्रभु साहको प्रस्ताव

 Krishna Shrivastav

वीरगंज । प्रतिनिधिसभा सदस्य एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानको लागि पेन्सन दिने व्यवस्था गर्न आँट गर्नुपर्ने उनको तर्क थियो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले लुटेर बसेका कर्मचारीहरुलाई पेन्सन दिने तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए । विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीको एभरेष्ट चिनी मिलद्वारा उखु किसानको बक्यौता रकम भुक्तानी

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम किसानलाई भुक्तानी गरेको छ । प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले मिलले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिए । यसअघि मिलले १७ पटक गरी साबिक पाँच सय २० रुपियाँ प्रति क्विन्टलको दरले १ अर्ब ४० करोड २५ लाख रुपियाँ भुक्तानी गरी सकेको थियो । सरकारले आर्थिक वर्ष ०७९।८० का लागि अनुदानबाहेक उखुको मूल्य प्रति क्विन्टल २० रुपियाँ वृद्धि गरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मेयर बालेन्द्रकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

 Krishna Shrivastav

वीरगंज । काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा घोषणा गरेकी छिन्। मेयर बालेन्द्र साहका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। उनले मेयर साहको पछिल्लो समय शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेलगायत कार्य लोकतान्त्रिक नभएको र उनी भिडको मनोविज्ञानमा लागेको आरोप लगाउँदै आफू जिम्मेवारीबाट अलग भएको बताएकी छिन्।


वीरगंज महानगरको १३ औं अधिवेशन : शिक्षामा विशेष जोड

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा शिक्षालाई विशेष जोड दिएको छ । त्यसका लागि शिक्षित युवावर्गलाई स्वयंसेवा मार्फत शैक्षिक उन्नयनमा योगदान दिने अवसर प्रदान गर्न विद्यालय शिक्षा स्वयंसेवा कार्यक्रम संचालनको विशेष नीति लिइएको हो । बुधबार नगरसभाको १३ओैं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर सिंहले शिक्षालाई विशेष जोड दिइएको बताएका हुन्। यस्तै आर्थिक गतिविधिलाई गतिशिलता दिन वीरगन्जलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने नीति पनि महानगरले अघि सारेको छ । अबदेखि सेवाग्राहिले जुनसुकै ठाउँबाट भवन निर्माण ईजाजतको लागि आवेदन दिन मिल्ने र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इसेवाको रकम अबदेखि बैंकको एटिएमबाट पनि निकाल्न सकिने

 Krishna Shrivastav

वीरगंज । डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो । इसेवा र एभरेष्ट बैंकका बीचमा भुक्तानी सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । इसेवाका सिईओ जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सिईओ बिजय कुमार शर्माले हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै अब इसेवाका प्रयोगकर्ताहरुले सहज रुपमा एटिएम सेवा समेत उपयोग गर्न पाउने छन् । कम्पनीले आम सर्वसाधारणलाई इसेवाको डिजिटल वालेटलाई थप प्रभावकारी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

 Krishna Shrivastav

वीरगंज । दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिंकर’को उत्पादन पनि सुरु गरेको जनाएको छ। क्लिंकर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ। हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ। उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको रासससँग बताए। उनले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रीमानले गरे श्रीमतीको हत्या

 Krishna Shrivastav

वीरगंज । ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ३ सिकैचामा श्रीमानले श्रीमतीलाई दाउराले हानेर हत्या गरेका छन् । सिकैचाको ओदेकका लक्ष्मण चिम्लिङ (राई)ले गएराति दाउराले हानेर श्रीमतीको हत्या गरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । ३८ वर्षीय राईले ३१ वर्षीया श्रीमती निशा राईको हत्या गरेको नायब उपरीक्षक लिम्बूले जानकारी दिए । श्रीमतीको हत्या गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । मृतकको शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लागिने बताइएको छ । सिरिजंघा गाउँपालिका– ३ सिकैचाका पूर्ववडाध्यक्ष सन्तोष चाम्लिङले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चट्याङ लागेर नवलपुरमा एकजनाको ज्यान गयाे

 Krishna Shrivastav

वीरगंज । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका- १ भटुकेमा बुधबार बिहान चट्याङ लागेर एकजनाको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६:३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका- १ भटुके बस्ने वर्ष ५७ को छविलाल सारूको चट्याङ लागेर निधन भएको हो । विनयी त्रिवेणी– १ गोग्दीस्थित खेतमा श्रीमान् र श्रीमती दुवैजना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ लागेको हो । चट्याङ लागेर घाइते भएका छविलालकाे घरमा ल्याउना साथ मृत्यु भएकाे प्रहरीले जनाएको छ । मंगलबार पनि पश्चिम नवलपरासीमा एकजनाको चट्याङ लागेर निधन

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भिडियो बनाएर चार वर्षसम्म यौनशोषण मुद्दा : उच्चको आदेश उल्ट्याउँदै पीडकलाई थुनामा पठाउने सर्वोच्चको आदेश

 Krishna Shrivastav

वीरगंज । सर्वोच्च अदालतले बलात्कारको एक मुद्दामा उच्च अदालत पाटनको थुनछेक आदेश उल्ट्याउँदै अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको छ । पशुपति मैनाली प्रतिवादी रहेको जबर्जस्ती करणीको थुनछेक आदेशमा सर्वोच्चको संयुक्त इजलासले थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । उच्च अदालत पाटनले ६ माघ ०७८ मा बलात्कारको यस मुद्दामा प्रतिवादी मैनालीलाई धरौटीमा रिहा गरेपछि सरकारी पक्ष सर्वोच्च पुगेको थियो । उच्चको आदेशबाट रिहा भएपछि मैनालीले पीडित महिलालाई ज्यान मार्ने धम्की दिने गरेका थिए । सर्वोच्चले उच्चको आदेशलाई ‘त्रुटिपूर्ण, अनुचित र बेरितको’ भन्दै बदर गरिदिएको छ । ‘घटना विवरण हेर्दा प्रतिवादी पशुपति मैनालीले पीडितको अश्लील

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज वर्षको सबैभन्दा लामो दिन

 Krishna Shrivastav

वीरगंज । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ । जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् । डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।


विवादमा तानिए देशकै कान्छा पालिका प्रमुख कलवार

 Krishna Shrivastav

वीरगंज । गत स्थानीय निर्वाचनका बेला देशकै कान्छो गाउँपालिका प्रमुखका रुपमा चर्चा पाएका पर्साको कालीकामाई गाँउपालिकाका अध्यक्ष वशिष्ठकुमार कलवार यति बेला विवादमा तानिएका छन् । आफू निकट कनिष्ठ कर्मचारीको बढुवा गरेर वरिष्ठको पद खोसेको आरोपमा कलवार विवादमा तानिएका हुन् । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जोगिन्द्रप्रसाद चौरसियालाई जिम्मेवारीबाट हटाएर उनीभन्दा कनिष्ठ धिरजकुमार साहलाई संयोजकको जिम्मेवारी दिएको आरोप पालिका अध्यक्ष कलवारमाथि लागेको छ । चौरसिया छैठो तहको कर्मचारी हुँदाहुँदै अध्यक्ष कलवारले उनिभन्दा कनिष्ठ पाँचौ तहका साहलाई चैत १२ गते कार्यपालिका सदस्यको बैठकबाट निर्णय गराएर स्वास्थ्य शाखाको संयोजकको जिम्मेवार दिएका थिए । अध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज महानगरको १३ औं अधिवेशन आज, ३ अर्बकाे बजेट ल्याउने तयारी

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकाको १३ औं नगरअधिवेशन आज हुदैछ । आर्थिक बर्ष २०८०÷०८१ को लागि ३ अर्व २० करोडको बजेट ल्याउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । वीरगञ्ज महानगरको दोश्रो कार्यकालको नेतृत्व गरेका मेयर राजेशमान सिंहले निर्वाचित भएपछि पहिलो आर्थिक बर्षमा वीरगञ्जको सौन्दर्यकरण, सडक तथा नालाहरुको सरसफाई र सार्वजनिक, ऐलानी र पर्ती जग्गामा भएको अतिक्रमण हटाउने लगायतका महत्वपूर्ण काम भएको महानगरपालिकाले जनाएकोछ । आगामी आर्थिक बर्षका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र ग्रामिण क्षेत्रमा भएका सार्वजनिक स्थल, मठ, मन्दिर र पर्यटकिय स्थलहरुको सौन्दर्यकरणमा विशेष जोड दिने योजना सहित नीति तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय बिमान अवतरण हुँदै

 Krishna Shrivastav

वीरगंज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार (आज) अन्तर्राष्ट्रिय उडान हुने भएको छ। छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले आज पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो। सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले उडानका सबै तयार पूरा भइसकेको र यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए । जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

News

वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स