वीरगंज । ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ३ सिकैचामा श्रीमानले श्रीमतीलाई दाउराले हानेर हत्या गरेका छन् । सिकैचाको ओदेकका लक्ष्मण चिम्लिङ (राई)ले गएराति दाउराले हानेर श्रीमतीको हत्या गरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
३८ वर्षीय राईले ३१ वर्षीया श्रीमती निशा राईको हत्या गरेको नायब उपरीक्षक लिम्बूले जानकारी दिए । श्रीमतीको हत्या गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लागिने बताइएको छ । सिरिजंघा गाउँपालिका– ३ सिकैचाका पूर्ववडाध्यक्ष सन्तोष चाम्लिङले उनका तीनजना नानीहरू रहेको जानकारी दिए।