Krishna Shrivastav
पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँसभा सम्पन्न
Krishna Shrivastav

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ कराेड ८८ लाख रुपैयाँकाे अनुमानित आयव्यय सहितकाे बजेट ल्याएकाे छ । आइतबार आयाेजित गाँउपालिकाकाे ९ औं गाउँसभामा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अगामी आर्थिक बर्ष २०८०/०८१ा काे लागि ४१ कराेड ८८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । अध्यक्ष यादवका अनुसार, आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा शिक्षा , स्वास्थ्य , धार्मिक स्थल तथा भाैतिक पुर्वाधारकाे क्षेत्रलाई प्राथमिकतामा राखिएकाे छ। बजेट प्रस्तुत गर्दै अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष यादवले विद्यालयमा विद्यार्थीलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए