वीरगंज । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् । नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त इन्द्रजितका दाजु भाइले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजको नागरिकता पाएका हुन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् । आमा सोनावतीसँग चारछोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।
जेठो इन्द्रजित, माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो । उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका हुन् । नागरिकता पाएपछि ईन्द्रजितले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए ।