त्रिभुवन विमानस्थलमा एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

 Krishna Shrivastav

वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो । ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले जनाएको छ । भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहर छ ।विदेशको उडान साँझ परेपछि हुने हुँदा बेलुकीपख

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अध्यक्ष कलवार र कर्मचारी बिचको कलहले कालीकामाई गाँउपालिका अस्तव्यस्त

 Krishna Shrivastav

वीरगंज । गत स्थानीय तहको निर्वाचनमा पर्साको कालिकामाई गाउँपालिकावासीले २१ वर्षीय युवा वशिष्ठकुमार कलवारलाई अध्यक्ष बनाएर पालिका चलाउने जिम्मेवारी दिए । कलवारलाई देशकै कान्छो पालिका प्रमुख बनाउँदै उनीहरूले फरक र नयाँ दृष्टिकोणसहितको विकास र परिवर्तनको अपेक्षा गरेका थिए । तर, अहिले आएर ठिक उल्टो भइरहँदा कलवारलाई भोट दिने मतदाता नै पछुताइरहेका छन् । कान्छो पालिका प्रमुख कलवारको पहिलो वर्षको कार्यकाल विवादका बिच बितेको छ । निर्वाचित भएदेखि एकलौटी ढङ्गले पालिका हाँक्न खोजेको आरोप खेप्दै आएका कलवार सर्वोच्च अदालतको निर्णय नमान्ने आफ्नो अडानका कारण फेरी विवादमा मुछिएका छन् । सर्वोच्च अदालतबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका मेयर सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने तयारी गरिएको हो । मङ्गलवार वीरगन्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा वीरगन्जका मेयर राजेशमान सिंहले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । वीरगन्जसहित मधेस प्रदेशको मिर्गौला बिग्रिएको र डायलिसिसमा रहेको बिरामीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१६ वर्षपछि एप्पलले बदल्दैछ आइफोनको डिजाइन

 Krishna Shrivastav

वीरगंज । एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ। प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन्। जस अनुसार एप्पलको आफ्नो नयाँ आइफोन १५ सिरिजमा पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन गर्न लागेको दाबी गरिएको छ। आइफोन १५ प्रो म्याक्समा एप्पलले आइफोनमा रहँदै आएको म्यूट बटनलाई हटाएर एक नयाँ बटन राख्ने र त्यो फाइभ जी फोनका लागि नयाँ हुने बताइएको छ। केहीदिन अघि मात्रै एप्पलको आसन्न आइफोन १५ को दाबी गरिएको आइफोनको बाहिरी खोलको तस्वीर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

 Krishna Shrivastav

वीरगंज । भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ । ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरकफरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् । विश्वकपका लागि जिम्बावेमा भइरहेको विश्वकप छनोटबाट दुई टिम छनोट हुनेछ । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । लिगको अन्तिम खेल नोभेम्बर १२ मा हुनेछ । नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।


करेन्ट लागेर एकको मृत्यु, चार घाइते

 Krishna Shrivastav

वीरगंज । जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको उनको भनाइ छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ रहेका छन्

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

 Krishna Shrivastav

वीरगंज । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेका छौं ।’ सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि (कक्षा ११ र १२) तहमा अध्यापनरत शिक्षकहरुको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नागरिकताका लागि वडाबाट सिफारिस लिन पनि अनलाइन टोकन चाहिने

 Krishna Shrivastav

वीरगंज । आइतबारदेखि कार्यान्वयनमा आएको नयाँ ऐनअनुसार नागरिकताका लागि वडाबाट सिफारिस लिन समेत टोकन चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकताका लागि अनलाइन पोर्टल मार्फत वितरण गर्दै आएको टोकन अब वडाबाट सिफारिस लिनका लागि पनि आवश्यक पर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐनअनुसार जन्मका आधारमा वितरण गरिने वंशज नागरिकता प्राप्तिको लागि टोकन प्रणालीअनुसार नै सिफारिस गर्न वडा कार्यालयहरूलाई पत्राचार गरेको छ । पत्राचारअनुसार नागरिकता लिनका लागि वडामा सिफारिस लिन जानेहरूसँग जिल्ला प्रशासन कार्यालय पर्साको अनलाइन टोकन अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने हुन्छ । कार्यालयमा सेवाग्राहीहरूको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगंज । पर्साका जनप्रतिनिधीहरुले लागूऔषध ओसारपसार र सेवन विरुद्धको अभियानमा प्रहरीसंग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।लागूऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार साँझ वीरगन्जमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले गाँउघरमा लागुऔषधको ओसारपसार र दुव्र्यसन पहिलेको भन्दा अहिले झन् बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । अहिले शहरका मात्र नभइ जिल्लाका ग्रामीण भेगका युवाहरु पनि लागु औषधको दुव्र्यवसनमा पर्ने क्रम बढेकोपनि उनीले सुनाए । पर्सा जिल्ला भारतसंग खुल्ला सीमा जोडिएको भएका कारण पनि समाजमा बढ्दो लागु औषधको दुव्र्यसले विकराल रुप लिरहेकोले यसलाई रोक्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपचारका लागि आएकी महिला मेडिकलमै बलात्कृत, सञ्चालक पक्राउ

 Krishna Shrivastav

वीरगंज । ४५ वर्षीया महिलालाई जबरजस्ती करणीको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


ललिता निवास प्रकरणः पक्राउ पर्नेमा भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म

 Krishna Shrivastav

वीरगंज । ललिता निवास प्रकरणको फाइल खोलिएको छ। गठबन्धन सरकारमा समस्याा आइरहेको बताइरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो। फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन्। जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, भूपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए। यसअघि उनी फरारको सूचीमा रहेका थिए। ललिता निवास जग्गा प्रकरण सरकारले छानवीन गरेको प्रतिवेदन अनुसार

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साका किसानलाई खेतमै तालिम

 Krishna Shrivastav

वीरगंज । किसानलाई कृषिमा यान्त्रिकरणतर्फ उत्प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वीरगन्ज कार्यालयले उन्नत प्रविधि तथा कृषि यान्त्रिकरणसम्बन्धी ३ दिने तालिम आयोजना गरेको छ । आइतबारबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको छ । तालिमको दोस्रो दिन सोमबार प्रशिक्षार्थीहरूलाई कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जमा धान खेतीमा प्रयोग हुने कृषि उपकरणहरुबाट स्थलगत जानकारी गराइएको थियो । किसानलाई हिलोमा छरुवा धान रोप्ने ड्रक सिडर प्रविधि, चार पांग्रे ट्याक्टरबाट चलाइने सुख्खामा छरुवा धान खेती प्रविधि जिरो टिलेज सिड कम फर्टिलाइजर ड्रिल मेसिन, न्यूनतम जोताई प्रविधिबाट धान रोप्ने पावर टिलरबाट चल्ने चाइनिज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजबाट ८ लाख हुण्डीको रकमसहित १ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । हुण्डी कारोवार गर्ने एक जनालाई आठ लाख रकमसहित पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डबाट प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय सुनिल कुमार साहलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट ना. २८ प ९००८ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा शंकाको आधारमा प्रहरीले चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । प्रवक्ता गिरीकाअनुसार चेकजाँचको क्रममा साहले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा स्रोत नखुलेको १ हजार दरको नोट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा सवारी दुर्घटनामा परेर जनकपुरधामका युवकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेलको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल मंगलबार बिहान जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर दुर्घटना भएको हो । जलेश्वरबाट आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको र बिहान साढे ६ बजे मात्र स्थानीयबासिन्दाले मोटरसाइकल र शव देखेपछि जानकारी भएको महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । मोटरसाइकल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा डकैती गर्न पुगेका सर्लाहीका दुई युवक ईन्काउन्टरमा मारिए

 Krishna Shrivastav

वीरगंज । भारतमा डकैती गर्न पुगेका दुई युवकको भारतका सुरक्षाकर्मीले ईन्काउन्टर गरेको छ । भारतीय सुरक्षाकर्मीको ईन्काउन्टरमा परेर सर्लाहीका दुई युवाको मृत्यु भएको खबर बाहिरिएको हो । भारतीय संचारमाध्यमका अनुसार भारतको पूर्वी चम्पारणको घोडासहन थानामा सुरक्षाकर्मीको गोली लागेर लालबन्दी नगरपालिका २, पुनर्बास निवासी दुईजना युवाको मृत्यु भएको हो । आईतबार राती डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो । गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी गम्भीर घाईते भएका छन् । जवाफी कार्बाही स्वरुप भारतीय सुरक्षाकर्मीको गोली लागेर डकैती समूहका दुईजनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज–पथलैयाको यात्रा अब सरर बिजुली बसमा

 Krishna Shrivastav

वीरगंज । पूर्वपश्चिम राजमार्गको पथलैयाबाट औद्योगिक एवं व्यापारिक नगरी वीरगन्ज जान चाहने जोकोहीले अब विश्वस्तरीय बिजुली बसको सेवा पाउने भएका छन् । स्थानीय व्यवसायीहरुको अग्रसरतामा खोलिएको सुन्दर यातायातले पथलैया–वीरगन्ज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगन्जसम्म बिजुली बसको सेवा दिने भएको हो । सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने सबै तयारी पूरा भएको जानकारी दिएको छ । निजी क्षेत्रको यो कम्पनीले बस सञ्चालन गर्न चार विद्युतीय बस ल्याइसकेको छ । यो करिडोरमा पर्ने बजारहरु पथलैया, सिमरा, जितपुर, परबानीपुर हुँदै वीरगन्जसम्मको यात्रा २५ किलोमिटर हुनेछ । यो बस व्यापारिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

असार १४ गते सार्वजनिक विदा

 Krishna Shrivastav

वीरगंज । सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी अस्पतालमा खानेपानी मेसिन जडान

 Krishna Shrivastav

वीरगंज । वीरगंजको नारायणी अस्पतालमा खानेपानी मेसिन जडान गरिएको छ । अस्पतालमा उपचारका लागि बिरामी , सेवाग्राहीका साथै स्वास्थ्यकर्मीका लागि स्वच्छ खानेपानी उपलब्ध गरउनका लागि वीरगन्ज महानगरपालिकाले खानेपानी मेसिन जडान गरेको हो । मंगलबार वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलमले उक्त खानेपानी मेसिनको उद्घाटन गरेका छन् । नारायणी अस्पतालमा खानेपानीको अभाव हुदाँ बिरामी , सेवाग्राही र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई समस्या परेको थाहापछि आफनो पलहमा चिसो र तातो दुवै किसिमको पानी आउने मेसिन जडान गरिएको उपमेयर आलमले बताए । उपमेयर आलमले आगामी दिनमा पनि नारायणी अस्पतालको सेवा सुविधालाई थप गुणस्तरीय बनाउदै मधेस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक