• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज–पथलैयाको यात्रा अब सरर बिजुली बसमा

  • वीरगंज संजाल
  • Jun 27, 2023, 2:59 pm
  • १०२३३

    वीरगंज । पूर्वपश्चिम राजमार्गको पथलैयाबाट औद्योगिक एवं व्यापारिक नगरी वीरगन्ज जान चाहने जोकोहीले अब विश्वस्तरीय बिजुली बसको सेवा पाउने भएका छन् । स्थानीय व्यवसायीहरुको अग्रसरतामा खोलिएको सुन्दर यातायातले पथलैया–वीरगन्ज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगन्जसम्म बिजुली बसको सेवा दिने भएको हो । सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने सबै तयारी पूरा भएको जानकारी दिएको छ । निजी क्षेत्रको यो कम्पनीले बस सञ्चालन गर्न चार विद्युतीय बस ल्याइसकेको छ । यो करिडोरमा पर्ने बजारहरु पथलैया, सिमरा, जितपुर, परबानीपुर हुँदै वीरगन्जसम्मको यात्रा २५ किलोमिटर हुनेछ । यो बस व्यापारिक ६ लेन सडकमा चल्नेछ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार संघीय सांसद किसान श्रेष्ठको आग्रहमा बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले असारको अन्तिम दिनतिर बस सेवा सुरु हुने पनि बताए । उनले भने, “अब हामी असारको अन्तिम साताको कुनै पनि दिन करिडोरमा बिजुली बस सञ्चालन गर्नेछौं ।”

    बिजुली बस जर्मनी प्रविधिमा चीनले उत्पादन गरेका हुन् । यी बस युरो मापदण्डका हुन् । यस्ता बस विश्वका सम्पन्न मुलुकमा समेत प्रचलनमा आएको र अन्तर्राष्टिय स्तरका भएको थापाले दाबी गरे । अहिले बिजुली बस चार्ज गर्नका लागि सिमरा क्षेत्रमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ । कम्पनीका अनुसार स्टेसनको काम अन्तिम अवस्थामा पुगेको छ भने बस चीनबाट वीरगन्जमा आइसकेका छन् । ३५ सिट क्षमताका यी बसमा जिपीएस प्रविधि जडान गरिने छ । कम्पनीलाई केन्द्रीय कार्यालयबाट बस र यात्रुको मनिटरिङ गर्न सजिलो हुनेछ । कम्पनीले सिमरा क्षेत्रमा बनाउन लागेको चार्जिङ स्टेसन सौर्य तथा विद्युत दुवैको कनेक्सन हुनेछ । यसबाट अन्य निजी तथा सार्वजनिक सवारीसाधनले पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार तीनदेखि ५ रुपैयाँ प्रतियुनिट शुल्क लाग्नेछ । कम्पनीले चार्जिङ स्टेसनमा एटिएम, कोल्ड स्टोर, रेष्टरुम पनि बनाउने छ ।

    निजी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सुन्दर यातायात पहिलो कम्पनी हो । यो कम्पनीले देशका अन्य भागमा १९ वटा बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । अहिले यो रुटमा सेवा विस्तार गरेको हो । आगामी आर्थिक वर्षभित्र देशका अन्य स्थानमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए । कम्पनी ऐनअनुसार चालक, सहचालकदेखि मनिटरिङ अपरेसन विभाग, चार्जिङ स्टेसनमा कार्यरत प्राविधिक कर्मचारी सबै माग भइसकेको कम्पनीले जनाएको छ । यातायात व्यवस्था विभागले तोकेको मापदण्डअनुसार अपांगता भएकका, वृद्धवृद्धा, विद्यार्थी लगायतलाई भाडामा छुट दिइने छ । सवारीको सुविधाअनुसार तीन तहको भाडादर रहे पनि लोकल बसको भन्दा भाडादर धेरै हुनेछैन । तराईको गर्मीमा बिजुलीको चिसो सुविधासहितको सेवा यात्रुलाई दिने लक्ष्य राखेको अध्यक्ष थापाले बताए । एयर कन्डिसनर सेवासहितका यी विद्युतीय बस वातावरणमैत्री रहेको कम्पनीको दाबी छ । बसमा यात्रा गर्दा टाउको नदुख्ने, रिगंटा नलाग्ने, बान्ता नहुने र आरामदायी यात्रा हुनेछ । कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले यो बस डिजेल गाडीको जस्तो चर्को ध्वनी रहित हुनेछ ।करिडोरमा सञ्चालनलगत्तै कम्पनीले हेटौंडा–वीरगन्जमा २० सिटे ४ वटा बसले सेबा विस्तार गर्ने जनाएको छ, जुन बस भैरहवा भन्सारमा यही असार २५ गते आइपुग्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑