• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

  • वीरगंज संजाल
  • Jun 27, 2023, 3:38 pm
  • ९६१

    वीरगंज । पर्साका जनप्रतिनिधीहरुले लागूऔषध ओसारपसार र सेवन विरुद्धको अभियानमा प्रहरीसंग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।लागूऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार साँझ वीरगन्जमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले गाँउघरमा लागुऔषधको ओसारपसार र दुव्र्यसन पहिलेको भन्दा अहिले झन् बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । अहिले शहरका मात्र नभइ जिल्लाका ग्रामीण भेगका युवाहरु पनि लागु औषधको दुव्र्यवसनमा पर्ने क्रम बढेकोपनि उनीले सुनाए । पर्सा जिल्ला भारतसंग खुल्ला सीमा जोडिएको भएका कारण पनि समाजमा बढ्दो लागु औषधको दुव्र्यसले विकराल रुप लिरहेकोले यसलाई रोक्न प्रहरीसंग आफुहरु सहकार्य गर्न तयार रहेको जनप्रतिनिधीहरुले वाचा गरे । लागुऔषधको ओसारपसार र दुव्र्यसन रोक्न अझ प्रभावकारी कदम चाल्न आवश्यक रहेकोपनि उनिहरुले बताए ।

    कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गाँउसमाजले चाहेमा बढ्दो क्रममा रहेको लागूऔषधको ओसारपसार र दुव्र्यसन रोक्न सकिने बताए । उनले भने,‘ अभिभावकले पनि आफना सन्तानले के गरिरहेका छन् ? कहाँ गइरहेका छन् ? जस्ता सामान्य कुरामा ध्यान दिन नसक्दाका कारणले पनि युवाहरू लागूऔषधको दुव्र्यवसन फसिरहेका छन् । त्यसका कारण सबैभन्दा पहिले अभिभावकहरु नै सचेत हुनुपर्छ । जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले लागु औषध नियन्त्रण ऐन २०३३ तथा सजाय र जरिवाना , पर्सामा हालसम्म लागु औषध बरामद भएको परिमाण तथा लागु औषधकै मुद्धामा पक्राउ परेका व्यतिmको संख्या बारेको विवरण सार्वजनिक गरे । जसअनुसार , चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषधका ३९४ मुद्धा दर्ता भएको छ । वीरगन्ज कारागारमा हाल लागूऔषध मुद्दाका मात्रै ३९४ जना थुनामा छन् । ती मध्ये महिला १४ जना र पुरुष ३८० जना छन् ।

    गत आर्थिक वर्ष २०७८/७९ मा भने प्रहरी कार्यालयमा लागु औषधका २३७ वटा मुद्धा दर्ता भएको जानकारी गिरिले गराए । यस्तै आर्थिक वर्ष २०७७/७८ मा भने प्रहरी कार्यालयमा लागु औषधका १३५ वटा मात्र मुद्धा दर्ता भएका थियो । पर्सामा चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा लागु औषध गाँजा १ हजार १२३ केजी , चरेश ९८ केजी , हेरोईन ५७५ ग्राम , फेनरागन ७ हजार २७३ पिस , डाईजिल्याब १० हजार २६५ पिस , नुर्फिम ८ हजार ६२३ पिस , नाइट्रोभेट ट्याबलेट २५ हजार ३२८ पिस र कोरेक्स ४ हजार ५४६ एमएल बरामद भएको जानकारीपनि गिरीले दिए । गत आर्थिक वर्ष २०७८/७९ मा भने पर्सामा गाँजा १ हजार ३५० केजी , चरेश १२३ केजी , अफिम १३ केजी , फेनारगन ५ हजार ३६० पिस , डाईजिल्याब ४ हजार १६८ पिस , नुर्फिन ४ हजार २५३ पिस , नाइट्रोभेट ट्याबलेट १५ हजार ६४२ पिस र कोरेक्स १ हजार ६१३ एमएल बरामद भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्यका साथै जनप्रतिधिनीहरुको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑