एमएस धोनी फ्यान कलबद्वारा वीरगंजमा दलित बालबालिकालाई स्कुल ब्याग तथा रिक्सा र ठेला चालकहरुलाई गम्छा र पानी खाने बाेत्तल वितरण

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्रसिंह धाेनीकाे जन्मदिन वीरगन्जमापनि युवाहरुले मनाएका छन् । शुक्रबार परेकाे धाेनीकाे ४२ ओैं जन्मदिन वीरगन्जमा युवाहरुले पराेपकारी कार्य गरेर मनाएका हुन् । धाेनीकाे जन्मदिनकाे उपलक्ष्यामा एमएस धाेनी फ्यान क्लबका युवाहरुले शुक्रबार विपन्न दलितका बालबालिकालाई स्कुल ब्याग तथा रिक्सा र ठेला चालकहरुलाई गर्मीमा पसिना पुछ्ने गम्छा र पानी खाने बाेत्तल वितरण गरेका छन् । वीरगन्जमा रहेकाे हाम्राे पाठशालामा अध्ययनरत २५ जना विपन्न दलित बालबालिकालाई स्कुल ब्याग वितरण गरिएकाे क्लबका अध्यक्ष विक्की सर्राफले बताए । यस्तै वीरगन्जमा रिक्सा र ठेला चलाउने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशका नमूना युवा मुख्यमंत्री पदमा वीरगंजका दिवश सर्राफ निर्वाचित

 Krishna Shrivastav

वीरगंज । रामनिवाश कुमार पटेल । प्रदेश स्तरीय नमूना युवा संसद स्थापना टाँथा अभ्यास कार्यक्रम २०८० मा वीरगञ्जका दिवश सर्राफ सत्तापक्ष दलको नेतामा निर्वाचित भएका छन् । मुख्य मन्त्रीको सपत्त लिएर ३ दिन सम्म नमूना मुख्यमंत्री पदको जिम्मेवारी लिएका छन् । सो कार्यक्रम राष्ट्रिय युवा परिषद र मधेश प्रदेश समाज कल्याण मन्त्रालयको युवा सहभागिता तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत आयोजित गरिएको थियो। कार्यक्रमको आयोजक समितिमा प्रदेश युवा सञ्जालमा सदस्य हरु रहनु भएको थियो। ५ मन्त्री सहितको नमूना सरकार बनेको थियो भने प्रतिपक्ष दलको नेतामा देवेन्द्र यादव हुनुहुन्थ्यो। नमूना युवा तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईमा २२ हजार विद्यार्थीले ल्याए ३.६० देखि ४ जीपीए

 Krishna Shrivastav

वीरगंज । माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो। त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी ५५ हजार ६९ छन्। यो ११.३६ प्रतिशत हो। यस वर्ष २.८० देखि ३.२० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ पुगेको छ। यो १४.९२ प्रतिशत रहेको छ। यसैगरी, ८९ हजार ३३१ विद्यार्थीले २.४०

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा प्रहरीद्वारा एक क्विन्टल भन्दा बढि गाजा बरामद

 Krishna Shrivastav

वीरगंज । बारा प्रहरीले एक क्विन्टल ६८ केजी गाजा बरामद गरेको छ । प्रहरीले बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलमा रहेको जितेन्द्र चौधरीको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । घरमा गाजा लुकाएर राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोली चौधरीको घरमा पुगेको थियो । घरमा कोही नभएको बेलामा स्थानीय जनप्रतिनिधीको रोहबरमा खानतलाशी गर्दा घरको कोठामा लुकाई राखेको अवस्थामा एक क्विन्टल प्रतिबन्धित गाजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिनुभयो । गाजालाई ईलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

 Krishna Shrivastav

वीरगंज । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईको नतिजा हेर्न नेपाल टेलिकमका ३ विकल्प

 Krishna Shrivastav

वीरगंज । यसै साता सार्वजनिक हुने भनिएको एसईईको नतिजा प्राप्त गर्न सकिने गरी नेपाल टेलिकमले तीन विकल्प उपलब्ध गराउने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानो ठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई नतिजा प्राप्त गर्न कम्पनीले आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था मिलाएको छ । यसका लागि निम्न अनुसारको प्रक्रिया अपनाउनु पर्ने हुन्छ । १. आईभीआर नेपाल टेलिकमको ल्यान्ड लाइन फोन, मोबाइल वा सीडीएमएबाट १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार एसईईको नतिजा थाहा पाउन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज वर्षको सबैभन्दा लामो दिन,अत्यधिक गर्मी हुने

 Krishna Shrivastav

वीरगंज । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

असारको तेस्रो साता सकिनलाग्दा पनि देशभर धान रोपाइँ २२ प्रतिशत मात्र

 Krishna Shrivastav

वीरगंज । असारको तेस्रो साता सकिनलाग्दा पनि देशभर धान रोपाइँ २२ प्रतिशत मात्र सकिएको छ । कृषि मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षणका अनुुसार सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ४८ दशमलव ९ प्रतिशत भएको छ । त्यस्तै, सबैभन्दा कम धान रोपाइँ मधेस प्रदेशमा ९ दशमलव ५ प्रतिशत मात्र भएको हो । अघिल्लो वर्ष यो समयमा करिब ३० प्रतिशतसम्म रोपाइँ सम्पन्नभइसकेको थियो । समग्रमा हालसम्म तीन लाख २८ हजार हेक्टर जमिनमा रोपाइँ भएको छ । सरकारले यस वर्ष १४ लाख ८५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखेको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मेक्सिकोमा बस दुर्घटना, २९ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। मेक्सिको सिटीबाट ओक्साकाको योसनडुआ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाएपछि ८० फिट गहिरको नदीमा खसेको थियो। ज्यान गुमाउनेमा १३ महिला र एक बालकसहित २९ जना छन्। यसअघि बुधबार मेक्सिकोको क्वेरेतारो राज्यमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो। यसैबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित बोक्सबर्ग शहरमा ग्यास चुहावटको शंकास्पद घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ। त्यहाँको एकुरहुलेनी नगरपालिकाको आपकालीन व्यवस्थापन सेवाका अनुसार एन्जेलो स्क्वाएर शिविर नजिककै भएको ग्यास चुहावटको घटनामा मानिसको

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दक्षिण अफ्रिकामा विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार नाइट्रेट अक्साइड ग्याँस सुनको अवैध उत्खनन र प्रशोधन गर्नेहरुले प्रयोग गर्दछन् र यसलाई जामा जमास भनिन्छ । बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

 Krishna Shrivastav

वीरगंज । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले बताए । उनले भने, ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि बिहानै नतिजा सार्वजनिक हुन्छ ।’यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल १ लाख २५ हजार घुससहित पक्राउ

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो । कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।


युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार छ: मेयर सिंह

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार रहेको बताउनुभएको छ । पर्सा फोटोग्राफर एशोसियसनको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उहाँले फोटो ग्राफीबाटै पनि युवाहरु स्वरोजगार बन्न सफल भएको बताउनुभयो । अहिले विशेष परिस्थिति तथा कुनै पनि सभासमारोहको व्यवसायीक फोटो भिडियो बनाएर राख्ने प्रचलन बढेको भन्दै यसले फोटोग्राफीमा भविष्य रहेको देखाएको बतउनुभयो । फोटोग्राफी सिक्ने र स्वरोजगार बन्न चाहने युवालाई महानगरले निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने भन्दै त्यसका लागि प्रस्ताव ल्याउन एशोसिएसनलाई आग्रह गर्नुभयो । पेशागत मर्यादा कायम गर्दै व्यवसायीक फोटोग्राफर भएर अरुलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित नगरपालिकाका ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । साहसहितका ४ कर्मचारीले विभिन्न तीनवटा योजनामा उपभोक्ता समितिले काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वैभव वीरगंज बनाउने अभियान रोकिदैन : नगर प्रमुख सिंह

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वैभव वीरगज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसँग सम्झौता नहुने बताउनु भएको छ । वीरगंज महानगरपालिकाको आयोजना तथा व्रिलियन्ट युवा क्लवको संयोजनमा मंगलबार वीरगंजको वडा नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न नगरवासीलाई आग्रह गर्नु भयो । उहाँले नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्ने कुरामा जोड दिदै वीरगंजमा पानीको रिचार्ज नहुँदा गर्मी याममा पिउने पानीको समेत समस्या देखा परेको बताउनु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक