• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वैभव वीरगंज बनाउने अभियान रोकिदैन : नगर प्रमुख सिंह

  • वीरगंज संजाल
  • Jul 5, 2023, 7:53 pm
  • ११५७

    वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वैभव वीरगज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसँग सम्झौता नहुने बताउनु भएको छ । वीरगंज महानगरपालिकाको आयोजना तथा व्रिलियन्ट युवा क्लवको संयोजनमा मंगलबार वीरगंजको वडा नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न नगरवासीलाई आग्रह गर्नु भयो । उहाँले नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्ने कुरामा जोड दिदै वीरगंजमा पानीको रिचार्ज नहुँदा गर्मी याममा पिउने पानीको समेत समस्या देखा परेको बताउनु भयो । उहाँले बीरगंजलाई नमुना शहरको रुपमा विकास गर्न नगरवासीको साथ र सहयोग आफूलाई अपरिहार्य रहेको बताउनु हुदै नगरको सरसफाई, शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य गर्ने अभियानमा महानगर जुटेको छ भन्नु भयो ।

    नगर प्रमुख सिंहले बीरगंजका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सौन्दर्यकरण सँगै वीरगंजमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत महानगरपालिकाले काम गरि रहेको बताउनु भयो । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले महानगरले प्रधान गर्ने सेवा र सुविधालाई एकिकृत रुपमा नगरवासी विच पुर्याउन ८० करोडको लागतमा ११ तल्ले कार्यालय भवन निर्माणका लागि डिपिआर समेत बनि सकेको र श्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा समस्या भएको बताउनु भयो । उहाँले कार्यालयमा कर्मचारीहरुको दरवन्दी कम हुँदा काम गर्न समस्या भएको बताउदै महानगरपालिकामा समेत विगतमा विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गरेकोमा अहिले त्यस्ता गतिविधि पूर्ण रुपमा हटेको दावी गर्नु भयो ।कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसियाले नगरवासीको गुनासो अनुसारको काम भएको दावी गर्दै सबैको सोचमा परिवर्तन हुनु पर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा मानव अधिकारकर्मी तथा संचारकर्मी कृष्ण खनालले वीरगंजको सरसफाई राम्रो भएको र पहिचान समेत फेरिएको बताउदै विद्युत, नालाको व्यवस्थापनमा ध्यान दिनु पर्नेकुरामा जोड दिनुभयो । कार्यक्रममा गुनासो लिएर आएका आमा समूह तथा विभिन्न महिला समूहहरुले ५०औं बर्ष देखि आफूहरुले जनप्रतिनिधिहरुलाई भोट दिदै आएको भए पनि कुनै काम हुन नसकेको अवस्थामा अहिलेका मेयर तथा वडा अध्यक्षहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । रेडियो वीरगंज, टिभी वीरगंज, मधेश दृष्टि दैनिकका कार्यकारी अध्यक्ष ध्रुव साहले सहजिकरण गर्नु भएको कार्यक्रममा सेवाग्राही तथा नगरवासीलाई सोधिएको प्रश्नको जवाफ सहितको प्रतिवेदन पत्रकार ध्रुव अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्रिलियन्ट युवा क्लवका छटु साहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑