Krishna Shrivastav
संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्ति प्रकाशित गरेर आज असार २६ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा
Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत पोखरिया नगरपालिका घर भएका विजय शर्माको सोमवार दुर्घटनामा मृत्यु भएको छ । ठाकुर राम क्याम्पसमा अध्ययनरत शर्मा सोमवार सिमरा कलेजबाट परीक्षा दिएर फर्कने क्रममा नितनपुरस्थित सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षा दिएर मोटरसाइकलमा आउने क्रममा नितनपुरमा उनी दुर्घटनामा परेको र उपचारको लागि नारायणी वयोधा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । ठाकुर राम क्याम्पसका विद्यार्थीहरूले हिजै यसपटक पनि परीक्षा केन्द्र बाराको कलैया र सिमरामा राखिएकामा आपत्ति जनाउँदै विरोध गरेका थिए । सो क्रममा विद्यार्थी