भारतीय संसदमा प्रधानमन्त्री मोदीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

 Krishna Shrivastav

वीरगंज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। बिहीबारराति लोकसभाबाट मोदीविरूद्धको अविश्वास ध्वनी मतबाट अस्वीकृत भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। मणिपुर घटनालाई लिएर प्रधानमन्त्री मोदीविरूद्ध विपक्षी गठबन्धनले मंगलबार अविश्वासको प्रस्ताव ल्याएका थिए। उक्त प्रस्तावमा लगातार तीन दिन छलफल भएपछि बिहीबार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा ध्वनी मतले अस्वीकृत भएको हो। लोकसभा बैठकमा बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा २ घन्टा १४ मिनेट बोलेका थिए। त्यतिबेला गठबन्धनका सांसदहरू भने बैठकबाट बाहिरिएका थिए। उनीहरूले प्रधानमन्त्री मोदीको सम्बोधन बहिस्कार गरेको टाइम्स इन्डियाले उल्लेख गरेको छ। मोदीले आधा घन्टाभन्दा बढी समय

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट गरि ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो । प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं जाँँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो । चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो । सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटका राजमार्गमा अटोमेटिक नम्बर प्लेट रिडर क्यामेरा जडान गरिने

 Krishna Shrivastav

रौतहट । कुमार चन्दन । रौतहटका राजमार्गमा अटोमेटिक नम्बर प्लेट रिडर क्यामेरा जडान गरिने भएको छ । जिल्लाको चन्द्रनिगाहपुर अन्तर्गत रहेको महेन्द्र राजमार्ग र बिरेन्द्र राजमार्ग अब सिसिटिभीको निगरानीमा रहने भएको छ । दुबै राजमार्गमा अत्यधिक द्रुतगतिमा सवारी साधन चल्न थालेपछि चन्द्रपुर नगरपालिकाले महेन्द्र राजमार्गको जुडिबेला चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पश्चिम तर्फ तथा बिरेन्द्र राजमार्ग अन्तर्गत घोडदेवि मंदिर नजिक सिसिटिभी राख्न थालेको हो । सवारी साधनको उच्च गतिलाइ रोक्नको लागी अटोमेटिक नम्बर प्लेट रिडर क्यामेरा जडान गर्न लागिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले जानकारी दिएका छन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषामा छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

 Krishna Shrivastav

वीरगंज । धनुषामा छोराको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले छोराको हत्या गरेको आरोपमा बिहीबार मिथिला नगरपालिका–३ हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको टोलीले महतोलाई उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल्य धनुषाले जानकारी दिएको छ । २०६० मङ्सिर ४ गते १७ वर्षीय छोरा सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको आरोप महतोमाथि लागेको छ । प्रहरीका अनुसार घटनापश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिइएको हो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खोलामा वेपत्ता भएको तीन दिनपछि महोत्तरीमा एकजनाको शव भेटियो

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा खोलाले बगाएको तीन दिनपछि एकजनाको शव फेला परेको छ । मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको हो । बिहिबार अपरान्ह अंसारीको शव सोनमा –१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शव निकालेका थिए । बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव वाहिर ल्याएको प्रहरी निरीक्षक यादवले बताए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा ट्याक्टरले पसलमा ठक्कर दिँदा एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । ट्याक्टर अनियन्त्रित भएर किराना पसलमा ठक्कर दिँदा महोत्तरीमा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ९ बजेको समयमा सम्सी गाउँपालिका २ पर्सा स्थित सम्सी-गौशाला सडक खण्डमा स १ त ५२९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडको साईडमा रहेको ( गुम्ती ) किराना पसलमा ठक्कर दिँदा स्थानीय ७५ वर्षीय ईन्द्रेस मोहिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पसलमा ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोहिम र ४५ वर्षीय शेष आलमलाई तत्काल जानकी एकेडेमी पर्सा रामगोपालपुरमा उपचारको लागि लगेकोमा उपचारको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको बिपिसी कलेजद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवससरमा चार युवा सम्मानित

 Krishna Shrivastav

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगन्ज पब्लिक कलेज (बिपिसी) ले विभिन्न क्षेत्रका चार जना युवालाई सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर वीरगन्ज पब्लिक कलेजले विभिन्न क्षेत्रमा योगदान दिएका वीरगन्जका ४ जना युवालाई सम्मान गरेको हो । महिलाका सवाललाई उठान गर्नका लागि महिलाहरुले नै सञ्चालन गरेको मध्यनेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्का, सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी राजन श्रीवास्तव, मानवताको क्षेत्रमा क्रियाशिल मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका संयोजक देवेश गुप्ता र सञ्चारकर्मी सूर्यनारायण विकलाई कलेजले सम्मानित गरेको हो । कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

झूटो विवरण पेस गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय

 Krishna Shrivastav

वीरगंज । सरकारले वंशजका आधारमा झूटो विवरण पेस गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएकाे हाे । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालयमा, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अग्रवाल र कास्कीबाट भण्डारीको नागरिकता रद्द गर्ने निर्णय जानकारी दिइन् । उनले भनिन्, ‘गृह मन्त्रालयको प्रस्तावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेस गरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत सहित १० जनाविरुद्ध मुद्दा

 Krishna Shrivastav

वीरगंज । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव– इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो । प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिका–३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुनसरीमा विष खुवाएर आफ्नै छोरी मार्ने गर्ने बाबु पक्राउ

 Krishna Shrivastav

वीरगंज । सुनसरीमा विष खुवाएर आफ्नै छोरी मार्ने गर्ने बाबु पक्राउ परेका छन् । सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईले बताए । उनका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो अपराध गरेको बताइएको छ ।


वीरगंजको मधेस विश्वविद्यालयले भदौ महिनादेखि कानुन र जनप्रशासन संकायमा भर्ना लिने

 Krishna Shrivastav

वीरगंज । वीरगंजको मधेस विश्वविद्यालयले आगामी भदौ महिनादेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बिए, एलएलबी र जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिनुभयो । सोका लागि प्रारम्भिक कार्य पूरा गरी गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित गरिसकिएको छ । भर्ना खोल्न करिब करिब तयारी पूरा भइसकेको उनको भनाइ थियो । भर्नासँगै आगामी असोजदेखि दुबै शङ्कायको पठनपाठन सुरु गरिने रजिष्ट्रार यादवले जानकारी दिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानीमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु

 Krishna Shrivastav

वीरगंज । कपिलवस्तुको कृष्णनगर नगरपालिका -५ वगही गाउँमा एकै परिवारका दाज-भाइको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७ वर्षीय साजन यादव र उनका भाइ ५ वर्षीय राजन यादव रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । मंगलवार साँझ करीब ५ बजे घरबाट निस्केका उनीहरू घर नफर्के पछि खोजी गरिएको थियो। प्रहरी निरीक्षक ओलीले भने,’दुई भाइ वेपत्ता भएको खबर पाए लगत्तै खोजी कार्य सुरू गर्‍यौं। आज बिहान मात्र उनीहरूलाई घर नजिकैको पानी जम्मा भएको खाल्डोबाट फेला परेको हो।’ खेतमा बिउ काट्न गएका आफ्ना बाबुलाई खोज्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तस्करी गरि ल्याइएको साढे चार लाखको ७४ कार्टुन भारतीय चक्लेट वीरगन्जबाट बरामद

 Krishna Shrivastav

वीरगंज । भारतबाट तस्करी गरि ल्याइएको ठूलो परिमाणमा चक्लेटहरु वीरगन्जबाट प्रहरीले बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोलस्थित एक गोदाममा भण्डारण गरि राखिएको करिब साढे चार लाख रुपैयाँ मुल्यको ७४ कार्टुन चक्लेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । गोप्य सुचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कुम्हालटोलस्थित एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको चार लाख ४९ हजार ४० रुपैयाँ मुल्यको विभिन्न ब्राण्डका ७४ कार्टुन चक्लेट बरामद गरेको गिरीले जानकारी दिए । बरामद चक्लेट थप अनुसन्धान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विपदामा मेयर प्रत्यासी विजय यादव विस्थापितको साहारा

 Krishna Shrivastav

वीरगंज । अबिरल बर्षा र बाढीबाट बाटो क्षतीग्रस्त भएको बावजुद आजपा अध्यक्ष रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद प्रभू साहको स्वकिय सचिव एवम मेयर प्रत्यासी विजय यादव निर्विज आफना निर्वाचन क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । निर्वाचन क्षेत्र ३ को अधिकांश स्थानिय तहमा घुमेर जनताको दुखमा साहस दिने प्रयास गरेका छन । मंगलबार बिहानदेखी फतुवा बिजयपुर नगरपालिकाको बिभिन्न वडामा घुमेर बाढी तथा बर्षाबाट बिस्थापित लाई भेटेका थिए । निरिक्षणको क्रममा क्षतीग्रस्त लालबकैया नदीको बाँध र अबिरल बर्षा तथा बाढी बाट क्षतीग्रस्त बाटोलाई तत्काल मर्मत गराउन जरुरी रहेको यादवले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको जान्कीटोला गण्डक नहरमा एक महिलाको शव फेला

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोला गण्डक नहरमा अाज एक महिलाको शव फेला परेको छ। गण्डक नहरमा महिलाको शव देखे पछी स्थानियहरुले प्रहरी लाई खबर गरेपछी घटना स्थलमा ईलाका प्रहरी कार्यालय जानकिटोला को बरिष्ट सई अशोक बस्नेत कोटोली पुगी सो महिलाको शव लाई फेला पारि अाफ्नो नियन्त्रण लिए को हो। फेला परेको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले जनाएका छन । गण्डक नहरमा बगाएर अाएका करिब ३७ वर्षिय महिला रहेको र भारतिय हुन सक्ने अाशंका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आँखा पाक्ने राेगकाे प्रकाेपबाट जाेगाउन वीरगन्जका सरकारी विद्यालयमा निशुल्क शिविर सञ्चालन

 Krishna Shrivastav

वीरगंज । देशैभर आँखा पाक्ने राेगकाे प्रकाेप फैलिरहेका बेला वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामास्थित सिन्दुरियामाई आधारभूत विद्यालयमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विगत केही समय यता देशैभर आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई मध्यनजर गरि सिन्दुरियामाई आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो । साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७५ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए। आँखा जाँच गरिएका विद्यार्थी मध्ये ४० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या भेटिएको र १० प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो : सांसद यादव

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले गौर हत्याकाण्डको छानबिन गर्न सरकारले गरेको सहमति प्रति आपत्ती जनाएका छन् । मंगलबार गृहमन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो । उक्त सहमति जसपालाई फसाउने षडयन्त्र भएको यादवको टिप्प्णी छ । उनले भने,’यो सहमति जसपालाई फसाउने षड्यन्त्र अन्तर्गत भएको हो । यसमा हाम्रो गम्भीर आपत्ति छ र गम्भीर रुपमा लिएका छौं’ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यसमेत रहेका यादवले यस विषयमा पार्टीले बैठक राखेर औपचारिक रुपमा धारणा सार्वजनिक

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका निजी विद्यालयहरु पनि आन्दोलित

 Krishna Shrivastav

वीरगंज । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा वीरगन्जका निजी विद्यालयका सञ्चालकहरुपनि आन्दोलित भएका छन् । उक्त विधेयकको विरोधमा प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार बुधवार तीन वटै संस्थाले वीरगन्ज महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोककुमार चौरसिया, एनप्याब्सन वीरगन्ज महानगरका अध्यक्ष जियालाल गुप्ता र हिसानका मनिष सिंहले बुधबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, उपमेययर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । विधेयकमा समावेश गरिएका कतिपय प्रावधानहरू निजी लगानीका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस