वीरगंज । राजन कुमार बानिया । पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोला गण्डक नहरमा अाज एक महिलाको शव फेला परेको छ।
गण्डक नहरमा महिलाको शव देखे पछी स्थानियहरुले प्रहरी लाई खबर गरेपछी घटना स्थलमा ईलाका प्रहरी कार्यालय जानकिटोला को बरिष्ट सई अशोक बस्नेत कोटोली पुगी सो महिलाको शव लाई फेला पारि अाफ्नो नियन्त्रण लिए को हो। फेला परेको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले जनाएका छन ।
गण्डक नहरमा बगाएर अाएका करिब ३७ वर्षिय महिला रहेको र भारतिय हुन सक्ने अाशंका गरिएको प्रहरीले जनाएका छन। बरामद महिलाको शव लाई पोस्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल साहले जनाएका छन।