• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत सहित १० जनाविरुद्ध मुद्दा

  • वीरगंज संजाल
  • Aug 9, 2023, 7:21 pm
  • ५२९

    वीरगंज । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव– इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

    प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिका–३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाइ भ्रष्टाचार गरेको पाइएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सव– इन्जिनियर कुशवाहलाई ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी कैद र जरिवाना माग गरिएको छ । साथै इन्जिनियर र सव इन्जिनियरले गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण बमोजिम कैद र जरिवाना हुनसमेत माग दाबी गरिएको छ । यसैगरी, सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

    अख्तियारका प्रवक्ता दाहालका अनुसार सिम्रौनगढ नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कुनै काम नगरी कार्य सम्पन्न भएको भनी परिमाणको झुट्टा बिल भरपाई बनाएको पाइएको जानकारी दिनुभयो । साथै, सिम्रौनगढ नगरपालिका–३मा सामुदायिक भवन निर्माण कार्यका लागि १९ लाख सात हजार ५३२ र सिम्रौनगढ नगरपालिका–३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यका लागि १८ लाख ८५ हजार ८६० रुपियाँको बिल नगरपालिकाको कार्यालयमा पेश गरी भुक्तानी समेत लिई भ्रष्टाचार गरेको देखिएको प्रवक्ता दाहालको भनाइ छ । समितिका अध्यक्ष यादव, सचिव यादव, कोषाध्रयक्ष कवितालाई १९ लाख सात हजार ५३२ रुपियाँ र बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष साह, सचिव गिरी र कोषाध्यक्ष अनितालाई १८ लाख ८५ हजार ८६० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑