भारतीय नागरिकको सर्लाहीमा हत्या, टाउको खोलामा शरीर जङ्गलमा भेटियो

 Krishna Shrivastav

वीरगंज । हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उहाँको पहिचान भएको हो । शुक्रवार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ । अभिषेकको टाउको काटिएको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो । टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो । बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना

 Krishna Shrivastav

वीरगंज । आज पश्चिमी क्षेत्रमा आरीघोप्टे( भारी ) वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ । यस्तै, देशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना छ । आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई/तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको पाैडेलले जानकारी दिनुभयाे । आज राति

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संघियता पक्षधर सबै जसपामा गोलबद्ध हुनुपर्छ : सांसद यादव

 Krishna Shrivastav

वीरगंज । जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादबले पहिचान र संघियता दिलाउँदै मधेसलाई समृद्धिको पाइलामा अघि बढाउने पार्टी जसपा मात्रै भएकाले यसमा गोलबद्ध हुन सबैलाई आह्वान गरेका छन् । शनिबार बिहान वीरगंज महानगरपालिकाकाे वडा नं. १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद यादबले यस्तो आह्वान गरेका हुन् । उनले कठीन समयमा पनि मधेस र मधेसीको हक हितका लागि लड्ने पार्टी जसपा मात्रै भएकाले यसमा जुटेर बांकी रहेका अधुरा सपनालाई साकार पार्नु पर्ने आवश्यकता रहेको वताए । कार्यक्रममा जसपाका केन्द्रीय

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे बहुदरमाई नगरपालिका बहुअरीमा पूर्व मन्त्री यादव द्वारा नव निर्मित प्रसूतिगृहकाे उद्घाटन

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी पिडारीस्थित नव निर्मित प्रसूतिगृहको शनिबार एक कार्यक्रम विच उद्घाटन गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका हुन् । नगरपालिकाबाट निर्माण भएकाे नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्दै सांसद यादवले प्रस्तुती गृहकाे सञ्चालन पश्चात् बहुधरमाइ नगरपालिकासहित गार्मिण भेगका अन्य स्थानका जनता पनि प्रत्यक्ष रूपमा लभान्वित हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा प्रसूतिगृहमा थप सेवाहरू विस्तार गर्नका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाए । बहुदरमाई नगरपालिकाका मेयर

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज एमालेले आफ्नो धारण सार्वजनिक गर्ने

 Krishna Shrivastav

वीरगंज । समसामयिक राजनीतिक घटनाक्रम बारे नेकपा (एमाले)ले आफ्नो पार्टीको औपचारिक धारण सार्वजनिक गर्ने भएको छ । पार्टीले आज(आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी धारणा सार्वजनिक गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । वर्तमान समसामयिक राजनीतिक विषयसँगै संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने विष्टले बताउनुभयो ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने विरुद्ध महासंघ रौतहटको चेतावनी

 Krishna Shrivastav

वीरगंज । समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने विरुद्ध महासंघ रौतहटले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ रौतहटले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की नदिन चेतावनी दिएको छ । जनता टेलिभिजन रौतहट समाचारदाता प्रेम यादवलाई प्रदेशिक अस्पताल गौर व्यावस्थापन समितिका अध्यक्ष अहमद अनवर हासिले समाचारको बिषयलाई लिएर धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहटले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल पत्रकार महासघ रौतहटका सचिव धनन्जय ठाकुर उर्फ मदनले समाचारको बिषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल ,सम्मानित अदालतमा जानुको साटो पत्रकार लाई फोनमा धम्की दिने कार्य निन्दनीय भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको हिमाञ्चलमा सडक दुर्घटनामा ६ जना प्रहरीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा तीन जना प्रहरी घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैबीच, भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । लखनउबाट झण्डै ३ सय ५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘गदर २’ को पहिलो दिनको कमाइ भारु ३५ करोड

 Krishna Shrivastav

वीरगंज । बलिउड फिल्म गदर २ ले प्रदर्शनको पहिलो दिन ३५ करोड भारुसहित सुखद् ओपनिङ गरेको छ। सनी देओलको गदर-२ र अक्षय कुमारको ओएमजी-२ हिजो शुक्रबार रिलिज भएका हुन्।दुवै चलचित्रलाई दर्शकले साथि दिए। भारतीय सञ्चारमाध्यमका अनुसार ओएमजी २ ले पनि पहिलो दिन ९ करोड भारु कमाएको छ। हलहरूमा पुगेका दर्शकहरूमा यति उत्साह थियो कि उनीहरूले ह्यान्डपम्प लिएर थिएटरमा पुगेका थिए। मुम्बईको गेटी ग्यालेक्सी थिएटरबाट एउटा तस्बिर बाहिर आएको छ, जसमा एक व्यक्तिको हातमा पम्प समातेको देखिएको थियो। सनि देओलले ‘गदर’को पहिलो भागमा पाकिस्तानमा हाते कल उखेलेको दृश्य राखिएको थियो। उक्त

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मौलापुर वितरण केन्द्रमा १६ एमभिएको ट्रान्सफर्मर सफलतापूर्वक जडान

 Krishna Shrivastav

वीरगंज । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल बिधुत प्रधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर सफलतापूर्वक जडान भएको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका थिए । तर अब सो समस्या समाधान हुने भएको छ । यस अघि वितरण केन्द्रमा रहेको ८ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान भएको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराउनु भयो । उक्त

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकाको हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो। आगोको लप्का यति छिटो सर्‍यो, जसका कारण धेरै जना सडकहरूमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हामफालेका थिए। यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई डढेलो घटना एक हो। क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ। अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ।


बारामा ९० वर्षीय बुबाकाे हत्या गर्ने ६० वर्षीय छाेरा पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीमा बुबा माइतसिंह घलानको हत्या गरेको आरोपमा घलानकै छाेरा ६० वर्षीय दिलबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार मध्याह्न दिल बहादुरले घरायसी विवादका क्रममा बुबा घलानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकाे प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्त दिलबाहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले बताए। मृतकको टाउकोमा चोट देखिएको र विस्तृत कुरा पोष्टमार्टमपछि खुल्नेपनि उनले बताए।


स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने उधोगलाई परवानिपुर गाउँपालिका द्वारा कर छुट

 Krishna Shrivastav

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । एउटा सूचना जारी गर्दै गाउँपालिका कार्यालयले परवानीपुर क्षेत्रमा सञ्चालित उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्दै वार्षिक व्यवसाय कर चुक्ता गर्न आग्रह गरेको हो । ‘यस परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग, व्यवसाय तथा कलकारखाना सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले गाउँपालिकामा अनिवार्य व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रमाण पत्र लिनु पर्ने र वार्षिक रूपमा व्यवसाय कर तिर्नु सबैको दायित्व हुन आउँछ,’ गाउँपालिकाद्वारा जारी सूचनामा लेखिएको छ । कार्यालयमा व्यवसाय दर्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जातीय छुवाछूत र भेदभावकाे अन्त्य नेकपा एसले गर्छ : महासचिव भुसाल

 Krishna Shrivastav

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य गर्ने स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्नेमा जोड दिएका छन् । नेपाल दलित मुक्ति संगठनको छैठौं केन्द्रीय कमिटीको बैठक (जुम मार्फत) बोल्दै महासचिव भुसालले स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्ने बताएका हुन् । भुसालले नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने नयाँ युगको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

 Krishna Shrivastav

वीरगंज । बाराको पुरातात्विक, सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्व बाेकेको सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरिएको छ । आम जनता पार्टी निकट आईटी आर्मीका बारा जिल्ला इन्चार्ज सनि गुप्ताको नेतृत्वमा काठमाडौं पुगेका सिम्रौनगढका युवाहरुले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई भेटेर सिम्राैनगढलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएकाे छ , “हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिन्ती पुरातात्विक संरचना र तीनका भग्नावशेषहरु तथा धर्तीको गर्भभित्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे जगरनाथपुर गाउँपालिकामा चाेरी

 Krishna Shrivastav

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका कार्यालयमा फेरी चाेरी भएकाे छ । गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाकाे लेपटप र क्यामेरा चाेरी भएकाे हाे । राष्ट्रिय परिचय पत्र शाखाका ताल्चा फाेडेर अज्ञात समुहले शाखाकाे ल्यापटप र क्यामेरा चाेरेर लगेकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कष्णनन्दन रायले वताए । केहि दिन पहिला मात्र गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाका कर्मचारी माथि हातपात भएकाे थियाे । स्थानिय जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए । साे घटनाकाे सम्बन्धमा बिहिबार मात्र इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे छलफलमा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय बन्दी गृहबाट फरार नेपाली युवती सहयोगीसहित पक्राउ

 Krishna Shrivastav

वीरगंज । उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एकजना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् । दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृति बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो । बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति भागेकी थिइन् ।


आज पनि देशभर वर्षा हुने संभावना

 Krishna Shrivastav

वीरगंज । आज (शनिबार) देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकोले पानी पर्ने सम्भावना बढी भएको हो। राति पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


समाचार
News

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस