• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजलाई चिनाउने चिया, नास्ता पसलेहरु राष्ट्रियस्तरको युवा सम्मेलनमा सम्मानित

  • वीरगंज संजाल
  • Aug 13, 2023, 11:53 am
  • ४४९

    वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगन्जमा पहिलो पटक आयोजित राष्ट्रिय स्तरको युवा सम्मेलन सम्पन्न भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगन्जले संयुक्त रूपमा वीरगन्जमै पहिलो पटक आयोजना गरेको एक दिने राष्ट्रिय स्तरको युवा सम्मेलन “वीरगन्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३” शनिबार सम्पन्न भएको हो । विभिन्न पृष्ठभूमि र विचारका युवाहरूलाई एक मञ्चमा ल्याएर उनीहरूको साझा विचार राख्न र समसामयिक विषयमाथि छलफल तथा उठान गर्ने उद्देश्यका साथ आयोजित वीरगन्ज यूथ सम्मिट सफलतापूर्वक सम्पन्न भएको एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले बताए । कार्यक्रममा नेपालका युवाले वर्तमान अवस्था भोगिरहेका समस्या र त्यसको दीर्घकालीन समाधानका बारेमा छलफल गरिएको अध्यक्ष सन्दीपले बताए । ‘यूथ सम्मिटका क्रममा भएका विभिन्न कार्यक्रमहरू मार्फत उपस्थित तिन सय भन्दा बढी युवाहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो जिज्ञासा, आकाङ्क्षा र नवीनतम विचार राख्दै समस्याहरूको दीर्घकालीन समाधानका बारेमा छलफल गरेका थिए,’ उनले भने ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगन्जलाई एउटा विकसितसँगै स्वच्छ, सुन्दर र आकर्षक नगरी बनाउने अभियानमा युवाहरूको साथ अपरिहार्य रहेको बताए । महानगरको मेयरमा आफूलाई निर्वाचित गराउन युवाहरूले नै ठूलो भूमिका खलेको बताउँदै उनले वीरगन्जका युवाहरूका लागि आफूले पनि धेरै थोक गर्न खोजिरहेको बताए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा आएकी सफल अन्तराष्ट्रिय व्यावसायिक प्रशिक्षक र प्रेरक वक्ता मान्सी अग्रवालले भविष्यका लागि आवश्यक सिपका बारेमा चर्चा गरेकी थिइन् । वक्ता मान्सीले युवाहरूको लागि वर्षमा एक दिन छुट्याएर नहुने बताउँदै आगामी १५ वर्षसम्म प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्ने बताइन । ‘मलाई युवा दिवससँग समस्या छ । देशको आधाभन्दा बढी जनसङ्ख्या युवाहरूको भएपनि उनीहरूको सफलताको उत्सव मनाउन जम्मा एक दिन पर्याप्त छैन,’ उनले भनिन्, ‘एक हप्ता, एक महिना र एक वर्ष पनि पर्याप्त छैन । आउने १५ वर्ष युवाहरूको हो । त्यसैले प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्छ ।’ उनले वर्तमान समय जस्तो भविष्यमा म्यानुवल नभएर सबै काम स्वचालित किसिमले हुने बताउँदै सोही अनुरूप युवाहरूले सिप सिक्न आवश्यक रहेको बताइन । त्यस्तै समिटमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा संलग्नता’ विषयमा प्यानल छलफल पनि गरिएको थियो । जहाँ प्रतिनिधिसभा सदस्य विना जयसवाल, शिक्षाविद् विनोद गुप्ता, एनवाइईएफकी राष्ट्रिय अध्यक्ष (एनजीसी अध्यक्ष) सहारा जोशी, वीरगन्ज उद्योग वाणिज्य संघको तालिम केन्द्रका संयोजक अनुप अग्रवाल र एनवाइईएफ वीरगन्जका अध्यक्ष सन्दीप अग्रवालले उद्यम र व्यसाय गर्दा युवाहरूले भोगिरहेको समस्याका बारेमा छलफल गरेका थिए ।

    पत्रकार ओमप्रकाश खनालले सहजीकरण गरेको प्यानल छलफलमा उनीहरूले सरकारकी नीति, अस्थिर राजनीत र बैंक ब्याज लगयातका कारण नेपालमा उद्यमशिलता विकास हुन् नसकेको बताए । संघीय संसदमा पनि युवाहरूको सहभागिता न्यून रहेकोले उद्यमशीलता र युवाका समस्याहरू राम्रोसँग उठान नहुन सकेको उनीहरूको भनाई थियो । कार्यक्रममा सफल उद्यमी र नवीनतम सोचका साथ फरक किसिमको व्यवसायको थालनी गरेकाहरूलाई सम्मानित पनि गरिएको थियो । सम्मानित हुनेमा एक सय वर्षभन्दा पनि बढी समयदेखि वीरगन्जमा नास्ता र खाजा पसल सञ्चालन गरिरहेका हँसुवा नास्ता पसल, विवाह तथा वर्तबन्धमा बाजागाजा बजाउने झूमक ब्याण्ड र चाट पसल मार्फत एउटा सफल व्यवसाय स्थापना गरेका शंकर चाट हाउसदेखि चिया पसल मार्फत वीरगन्जलाई एउटा पहिचान दिलाएका बब्लु टी स्टलसम्मलाई सम्मानित गरिएको थियो । उनीहरूलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको एनवाइईएफका अध्यक्ष सन्दीप अग्रवालले जानकारी दिए । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य लगायतको पनि उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑