Krishna Shrivastav
अक्षय कुमारको ‘ओ माइ गड २’ र सनी देओलको ‘गदर २’ ले दुई दिनमा कति कमाए?
Krishna Shrivastav

वीरगंज । बलिउडका दुई ठूला चलचित्रहरू ‘ओ माइ गड २’ र ‘गदर २’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। यी दुवै फिल्म बक्स अफिसमा भने अक्षय कुमारको ‘ओ माइ गड २’ भन्दा सनी देओलको ‘गदर २’ अगाडि देखिएको छ। अक्षय कुमार र पंकज त्रिपाठीको मुख्य भूमिकामा रहेको ‘ओ माई गॉड २’ (ओएमजी २) ले पहिलो दिन १० करोड २६ लाख भारू कमाएको छ भने दोस्रो दिन शनिबार राम्रो बृद्धि गरेको छ, जसले यसको २ दिनको सङ्कलनलाई प्रभावशाली २५ करोड रुपैयाँमा पुर्याएको छ, निर्माताहरूले आधिकारिक बयानमा भनेका छन्। बलिउड अभिनेता अक्षय कुमार