• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराको सिम्रौनगढ नगर अस्पताल एक महिनादेखि बन्द, सेवाग्राहीलाई सास्ती

  • वीरगंज संजाल
  • Aug 13, 2023, 1:33 pm
  • ५२१

    वीरगंज । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढस्थित नगर अस्पताल लगभग एक महिना देखि बन्द रहेको छ । गत असार ३१ गतेदेखि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरू ताला बन्द गरी हडतालमा बसेकाले अस्पतालको सेवा बन्द भएको हो । अस्पताल बन्द भएको अहिले २८ दिन भएको छ । अहिले २८ दिनदेखि स्वास्थ्यकर्मी र कर्मचारी तलब माग गर्दै अस्पतालमा तालाबन्द गरी हडतालमा छन् ।जसका कारण अस्पतालबाट पाईने सेवा सुबिधा बिरामी र आम जनताले पाएका छैनन् ।

    १५ शैयाको यो अस्पतालबाट सिम्रौनगढ र आसपासका मानिसहरूले सेवा पाइरहेका थिए । २४ घण्टे सेवाका कारण अस्पतालप्रति स्थानीयको आकर्षण बढेको थियो र पहिलो उपचार यसै अस्पतालमा हुँदै आएको थियो । तर पछिल्लो तीन महिनादेखि तलब नपाएको कारण स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । त्यहाँ कार्यरत स्वास्थयकर्मीहरुले तीनदेखि १४ महिनासम्मको तलब भता नपाएको बताएका छन । २०७८ जेठ २१ गते पूर्वनगरप्रमुख विजयशङ्कर यादवले अस्पतालको उद्घाटन गरेपछि नगर अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । २४ जनामध्ये चारजना स्थायी र बाँकी करार, अस्थायी ज्यालादारी छन् । अति आवशयक सेवाभित्र पर्ने नगरमा रहेको अस्पताल बन्द हुदा पनि जनप्रतिनिधिहरूको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनतर्फ पहल गरेका छैनन् ।

    स्वास्थ्यकर्मी, कर्मचारीहरू अहिले आलोपालो अस्पतालमा धर्ना दिंदैछन् । बिरामीहरू भने आज खुल्छ, भोलि खुल्छ भनेर दिनहुँ अस्पतालमा आउने तर सेवा नपाएर फर्कने गरेका छन् । समस्या समाधानको लागि तीनपटक बैठक बोलाइएको तर बस्न नसकेको नगरपालिका कार्यालयका कर्मचारीले बताएका छन् । नगरप्रमुख किशोरीप्रसाद कलवारले अस्पताल सञ्चालनका लागि हालसम्म ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब प्रस्तुत नगरिएको बताउनुभयो । नगर अस्पतालका चिकित्सक डा.जीतेन्द्र यादव जनप्रतिनिधिहरूको बैठक बसेको बखत अस्पतालको सम्पूर्ण गतिविधि प्रस्तुत गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑