वीरगंज । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार विदेश निनर्यात भएको छ । एक आर्थिक वर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
मुलुकबाट सबैभन्दा बढी अचार अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।यस्तै कोरियामा १ करोड ६८ लाख ९४ हजार, जापानमा १ करोड ६६ लाख ७६ हजार र अस्ट्रेलियामा १ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो । बेल्जियम, क्यानडा, हङकङ, इटाली र लन्डनमा समेत नेपाली अचार निर्यात भएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ३ करोड ८६ लाख ६४ हजारको अचार निर्यात हुँदा आर्थिक वर्ष २०७७/७८ मा ३९ लाख २२ हजार रुपैयाँको मात्रै अचार विदेश गएको थियो ।