• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जसपा वीरगंज नगर समितिको विस्तारित बैठक सम्पन्न पार्टीको पर्सा नेतृत्व असक्षम भयो, चाँडै पुनर्गठन हुन्छ : सचेतक यादव

  • वीरगंज संजाल
  • Aug 13, 2023, 12:07 pm
  • ४७३

    वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले पार्टी एक ढिक्का हुने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार पार्टीको वीरगंज महानगर कार्य समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एक ढिक्का नभए अरुले खेल्ने बाटो पाउने भन्दै पार्टीलाई मजबुद बनाउने गरि काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । पर्सा क्षेत्र नम्वर १ का संघीय सांसद समेत रहेका पूर्व मन्त्री यादवले पर्सा जिल्लाको पार्टी नेतृत्व असक्षम हुँदा कार्यकर्ता हतोत्साहित भएको भन्दै चाँडै पार्टी पुनर्गठन गर्ने पनि बताए । ‘जिल्ला नेतृत्व असक्षम छ, एनजिओ चलाए जसरी दुई जनाले पार्टी चलाउन खोजेका छन् । त्यसरी पार्टी चल्दैन,’ उनले भने, ‘पार्टी कुनै क्लब र एनजिओ होइन, कागज मिलाएर काम हुने, कार्यकर्ताको खुन पसिनाबाट बनेको पार्टी, एनजिओमा कागज मिलाए जसरी चल्दैन ।’

    अहिलेको जिल्ला कमिटीलाई पुनर्गठन गरेर नयाँ चलायमान र चुस्त कमिटी बनाउन आफू लागि परेको भन्दै उनले पुनर्गठन नगरिए नयाँ जिल्ला कमिटी तयार गर्ने पनि उद्घोष गरे । वीरगंज महानगरमा जसपाले जित्दा देशैभर जसपाको शीर ठाडो भएको भन्दै उनले अहिले पार्टी भित्रैका केही व्यक्ति मेयर राजेशमान सिंह र आफूबीचको सम्बन्धलाई देखेर डाहा गर्ने गरेको पनि बताए । ‘केही व्यक्ति मेयरसँग किन यत्ति नजिक भएको छ भनेर भन्ने गर्छन्, हामीलाई फुटाएर फाइदा लिन खोजेका होलान्, त्यस्तो सपना कसैले नदेखे हुन्छ, उनले भने, ‘यो सम्बन्ध त पर्सामा पार्टीलाई मजबुद बनाउँदै वीरगंज बनाउने सम्बन्ध हो, हामी बनाएरै देखाउछौँ, कसैले चाहँदैमा तोड्ने र जोडिने सम्बन्ध होइन ।’

    पार्टी नेतृत्व विभेदकारी ढंगले चल्याे : मेयर सिंह

    यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समेत रहेका महानगरका मेयर राजेशमान सिंहले पर्सा पार्टी नेतृत्व विभेदकारी ढंगले चलेको आरोप लगाए ।उनले पार्टीलाई चलायमान बनाउन सबै एक भएर लाग्नुको कुनै विकल्प नभएको भन्दै पार्टीका साथीहरुसँग भेटघाट कार्यक्रम हरेक महिना राख्न सुझाव पनि दिए ।

    यस्तै कार्यक्रममा पार्टीका नेता जनार्दन यादवले प्रचण्ड नेतृत्वको सरकारले पार्टीको केन्द्रीय नेतृत्वलाई फसाउने गरि गौर काण्डको विषय उठाएको भन्दै त्यसको प्रतिबाद गर्न सबै तयार रहनु पर्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेखा साह, नेता प्रेमबाबु पटेल, वीरगंज महानगरका विभिन्न वडामा पार्टीबाट निर्वाचित वडाध्यक्षहरु मनोज यादव, रमेश यादव, प्रशुराम चौरसिया, सुशील साह, आशुतोष चतुर्वेदी, उमाशंकर तिवारी, महबुब एलाही अंसारी, कार्यपालिका सदस्य खैरुद्धिन मियाँ लगायतको उपस्थिति रहेको थियो । पार्टीको नगर कार्यसमितिका अध्यक्ष इश्वरचन्द्र यादवको सभापतित्वमा भएकाे कार्यक्रमको सहजिकरण उमेशलाल सहनीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑