Krishna Shrivastav
नेविसंघ पर्साद्वारा गृहमन्त्री श्रेष्ठलाइ राजिनामाको मांग
Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा मागेको छ ।बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघ पर्साले गृहमन्त्री श्रेष्ठको राजिनामा मागेको हो । काठमाडौंमा बुधबार दिनदहाडै कांग्रेसका सहमहाममन्त्री महेन्द्र यादवमाथि खुकरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकोले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजिनामा दिनुपर्ने माग नेविसंघको छ । नेविसंघ पर्साका सभापति रमेश यादवले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएको ज्ञापनत्रमा गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करहरुलाई संरक्षण गरेको , श्रेष्ठको कार्यकालमा