• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्ज महानगरपालिका द्वारा सत्यम पब्लिक कलेज र पर्सा म्यानेजमेन्ट कलेजमा सिलबन्दी

  • वीरगंज संजाल
  • Sep 7, 2023, 3:01 pm
  • ४७३

    वीरगंज । वीरगन्ज महानगरपालिकाले बिहीवार थप २ वटा कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक संस्थाहरुलाई नियमन र अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेका थप २ वटा कलेजमा बिहीबार महानगरपालिकाले सिलबन्दी गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा अवस्थित सत्यम पब्लिक कलेज र वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा अवस्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिए । वीरगन्ज ८ पानीट्यांकीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताए । सत्यम कलेजले रानीघाटस्थित शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको पनि उनले बताए ।

    निजी शैक्षिक संस्थाहरुको छाता संगठन र शैक्षिक संस्थाहरु नियमअनुरुप संचालन हुनु पर्छ भनेर आवाज उठाउनेहरुले नै गैर कानुनी रुपमा फर्जी कलेज संचालन गरिरहेको भेटिएको उनले बताए । एनप्याब्सनसँग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई विक्री गरेर संचालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाईले बताए । महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई सँगसँगै अघि बढाएको भन्दै उनले अब कुनै पनि बहानामा अनधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिए । समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले बिहीबार नै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्ने लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरीरहेको पर्सा म्यानेजमेन्ट कलेजमा पनि सिलबन्दी गरेको हो ।

    समितिका संयोजक यादवसँगै वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता, महानगरका मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा सल्लाहकार अभिषेक तिवारी, शिक्षा अधिकृत नारायण चापागाइँ, संचारकर्मी तथा स्थानीय प्रतिनिधि लगायतको टोलीले शैक्षिक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिएको छ । समितिले यस अघि मंगलबार वीरगन्ज ८ पानीटंकीमा रहेको प्रिन्सटन मोडेल एकेडेमी र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको थियो ।सोमवार अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगन्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समापनि सिलबन्दी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑