• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराको नाकामा तस्करसँग मितेरी लाउन दुई प्रहरीको हानथाप

  • वीरगंज संजाल
  • Sep 7, 2023, 12:47 pm
  • ५३७

    वीरगंज । खुला नाकाको फाइदा उठाउँदै सिमावर्ती क्षेत्रका तस्करले प्रहरीसँगको मिलेमतोमा राजश्व छली गर्ने गरेका छन् । वीरगंज संजाललाई प्राप्त समाचार अनुसार बाराको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘सेटिङ’ मा अवैध तस्करी व्यापक रुपमा मौलाएको छ। बलिरामपुर र मुसहर्वा सिमानाकामा खटिएका सशस्त्र र नेपाल प्रहरीका स्थानीय युनिट प्रमुखहरुले तस्करलाई लाइन दिएर ‘मासिक असुली’ गर्ने गरेका छन् । यस क्षेत्रमा राजश्व छलीका सामान रोकेर सम्बन्धीत निकायलाई बुझाउनुको सट्टा तस्करलाई लाइन दिएर रकम असुल्न दुई प्रहरी बीच प्रतिस्पर्धा चल्ने गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बरैनियाकै आडबाट तस्करी हुँदा पनि सरोकारवाला निकाय कानमा रुइ हालेर चिर निद्रामा रहेका छन् । स्थानियका अनुसार बलिरामपुरमा जनपथतर्फ प्रहरी वरिष्ठ नायव निरिक्षकको कमाण्डमा रहेको चौकीले पनि तस्करीको रुट खुलाएर दैनिक लाखौं राजश्व चुहावट गराएका छन् ।

    भारतीय प्रसिद्ध बजार रक्सौलबाट मुसहर्वा र बलिरामपुरको सिमानाका हुँदै प्रसौनीको बाटो रातको करिब ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खाने तेल, चिनी लगायतका खाद्यान्न लगायत लाखौं मुल्यका सामग्रीहरु इ–रिक्सा, ट्याम्पु, मोटरसाईकल र साईकलको माध्यमबाट रातीराती खुलमखुल्ला तस्करी गरिरहेको स्थानियको भनाई रहेको छ । यस्तै, बलिरामपुर र मुशहर्वा नाकाबाट भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर पशु हार्ट बजारमा दैनिक ५० देखी १ सय सम्म मासुजन्य राँगाभैंसी रातीको १२ बजे देखि ४ बजे सम्म तस्करहरुले पुरयाउने गरेको छ । भारत बिहारको विभिन्न ठाउँबाट खरिद गरेका मासुजन्य रोगी राँंगाभैंसी रातिको समयमा मुसहर्वा सिमानाकाबाट प्रहरीकै संरक्षणमा तस्करी गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । राँगाभैंसी तस्करहरुसंग गोटाको ५०० र डिउटी खर्च १०० लिने गरेको समाचार स्रोतको दाबी छ ।

    भैंसी तस्करी गर्नेहरुमा बिरगंज १६ इनार्वा बस्ने रामायण साह, बिरगंज २, छबकैया बस्ने छठु मिया, भारत बस्ने सुकट मियाँ र भारत बस्ने एमामुल मियाँहरुले दिनहु भैंसी भारतबाट नेपाल भित्रियाउने गरेका छन्। तस्करीको भैसी परवानिपुर भैंसी बजारसम्म पुर्याउने गरेका छन । स्तै, सशस्त्र र नेपाल प्रहरीका स्थानीय युनिट प्रमुख हरुलाई प्रति ब्यपारी मासिक ६ हजार देखि १० हजार सम्म बुझाएर मुशहर्वा नाकाबाट,मुरारी महतो,खेना यादव,बिन्दा,सकिल,चन्दन,पन्डित,प्रेम,सुनेश,बिरेन्द्र,पवन,तर्केश्वर,अनवर, लगायतका तस्करहरुले साइकल मोटरसाईकलको माध्यामले कपडा, हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिक, किरानाका लागायत तस्करीका सामानहरु भित्र्याउने लाईन पाएका छन् ।

    जनपथ प्रहरी तर्फ प्रहरी चौकी मुसहर्वाका वरिष्ठ नायव निरीक्षक (सई) बसन्त थापाले परिचालन गरेको घुमुवा प्रहरी जवान भुषन तुरहाले सेटिङ मिलाएर तस्करी गराउने देखि तस्करीका समान गन्तव्यसम्म सुरक्षित पुग्न स्कर्टिङ समेत गर्ने गरेको स्थानियबासीको आरोप छ । प्रहरी जवान तुरहा प्रहरी चौकी मुसहर्वाका वरिष्ठ सईको घुमुवा हुन तर जिल्ला र प्रदेश प्रहरी प्रमुख डिआईजीको नाममा समेत रकम उठाउने गरेको स्रोत बताउँछ । उनले तस्करहरुसँग सेटिङ गरेबापतको रकमबाट स्थानीय युनिट इन्चार्ज देखी जिल्ला र प्रदेश प्रहरी प्रमुखलाई समेत भाग पुर्याउने गरेको समाचार स्रोत बताउँछ । वरिष्ठ सई थापा लामो समयदेखि बारा र पर्सामा रहेका कारण उनको सबै ब्यापारीदेखि तस्करसंग नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् । उनी पर्साको जानकीटोला र लंंगडीमा रहेको बेला बालुवा र गिट्टी तस्करी गराएको निकै बदनाम प्रहरी हुन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑