रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

 Krishna Shrivastav

१६ मंसिर, बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

 Krishna Shrivastav

काठमाडौं- काभ्रेको धुलिखेलमा शनिबार बिहान गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। धुलिखेल नगरपालिका- ११ पात्लेखेतमा भकुन्डेबेंसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको हो। दुर्घटनापश्चात् गम्भीर घाइते भएका धिताललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ। गाडी र सवारी चालक दुवै प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।


बसले किच्दा वीरगञ्जमा एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज- बसले किच्दा शनिबार बिहान वीरगञ्जमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ वर्षीय अभय झा रहेकाे वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। पर्साको ठाेरीमा पिकनिककाे लागि गइरहेकाे ना ८ ख ४८६१ नम्बरकाे बसले किच्दा माेटरसाइकलमा सवार झाकाे मृत्यु भएकाे हाे। वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाै‌स्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पाेखरियातर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरीत दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेक्किँदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एमालेको संकल्प यात्रा आज सिलगढीबाट अछाम पुग्दै

 Krishna Shrivastav

वीरगंज |अछाम: नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ। प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो। आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिए। उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ। दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ। टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ।


सुनको सिक्री लुटेर भाग्ने बाराका शाह काठमाडौँबाट पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । काठमाडौँमा सुनको सिक्री लुटेर भाग्दै गरेको एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका – १४ घर भई ठमेल बस्ने २३ वर्षीय रोहण शाह रहेका छन् । उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका – ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । नाककाट्य मन्दिर नजिकै सडकमा हिँडिरहेकी २२ वर्षीय युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई सिक्रीसहित पक्राउ गरेको हो । थप

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्साबाट नक्कली प्रहरी पक्राउ, आफूलाई घुमुवा बताउँदै गर्थे व्यवसायीहरूसँग असुली

 Krishna Shrivastav

वीरगञ्ज । प्रहरी बनेर व्यवसायीहरूसँग असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका – ८ लक्ष्मी टोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरी रहेका छन् । कोइरीले आफूलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरी बताउँदै पछिल्लो ५–६ महिनादेखि व्यवसायीहरूसँग रकम असुली गर्दै आएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोइरीले पर्सा, बारा र रौतहटमा व्यवसायीहरूसँग आफूलाई घुमुवा प्रहरी बताउँदै पैसा ठगी गर्ने गरेका थिए । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार कोइरीले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्ज पब्लिक स्कुल (बिपिएस) द्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

 Krishna Shrivastav

वीरगञ्ज । सनी शाह| वीरगञ्ज पब्लिक स्कुल (बिपिएस प्लस टु कलेज) ले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्कुलको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले २ दिने कार्यक्रमको आयोजना गर्दै कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । स्कुलका प्रबन्ध निर्देशक मुकेश गुप्ताको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले लगनशिलताको निरन्तरताले नै सफलता दिलाउने बताए । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बन्न सुझाव दिँदै सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले आफ्नो रुचीलाई पहिचान गरेर त्यही क्षेत्रमा उत्कृष्ट बन्न आग्रह गरे । कार्यक्रममा कलेजका अनुशासन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

 Krishna Shrivastav

वीरगंज | डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार दिउँसो लहानबाटै पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले जानकारी दिए। वन कार्यालयले बुधबार लहान नगरपालिका-१५ चुरे सिरानको खुट्टी खोलामा अवैध दोहन गरिएको दुई वटा एक्स्काभेटर नियन्त्रणमा लिएको थियो। तत्काल फरार भएका चालकहरू सिरहाको कर्जन्हा नगरपालिका-२ का विन्देश्वर कुमार महतो र सप्तरीको सुरुङ्गा नगरपालिका-१ का अजय चौधरीलाई बिहीवार पक्राउ गरेको थियो। फिल्ड इन्चार्ज चिनियाँ नागरिक भने फरार थिए। उनलाई पक्राउ गरी वन डिभिजन कार्यालयको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

 Krishna Shrivastav

वीरगंज |प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको सुखद खबर यहाँहरु समक्ष बाँड्न पाउँदा हामी अत्यन्त उत्साहित छौ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन्२००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मन्दीमाथि तस्करीको मार

 Krishna Shrivastav

वीरगञ्ज । बढी राजस्व उठाउन करदातालाई कस्ने सरकारको नीति र अनधिकृत आयातले वैध व्यापारमा ताला लाग्ने अवस्था आएको उद्यमीहरूले बताएका छन् । भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धानजस्ता सरकारी निकायको पेलाइ र सीमावर्ती क्षेत्रमा फस्टाएको अनधिकृत आयातले उद्योग व्यापार दोहोरो मारमा परेको वीरगञ्जका युवा उद्यमीले बताएका हुन् । कोरोना महामारीयता व्यापारमा छाएको मन्दी र त्यसमाथि भारतसँगको खुला सिमानाबाट भइरहेको अवैध आयातले उद्यम सङ्कटग्रस्त बनेको पनि उनीहरूले बताए । उद्योग व्यापारमा देखिएका यस्ता समस्यामा अलमलिनु परेकाले उद्यमीमा नवप्रवर्तनको सोच विस्तार हुन नसकेको नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले गुनासो गरे

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बारा : मनोसामाजिक समस्याले पीडित महिलाले आफ्नो शरीरमा आगो लगाएर गरिन आत्महत्या

 Krishna Shrivastav

वीरगञ्ज । मनोसामाजिक समस्याले पीडित एक महिलाले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका – ७ स्थित जितपुरको रामटोलकी ५५ वर्षीय बिन्दा देवीले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । बारा प्रहरीका अनुसार गम्भीर रूपले घाइते भएकी बिन्दाको उपचारका क्रममा मृत्यु भएको छ । लामो समयदेखि मनोसामाजिक समस्याले पीडित बिन्दाले बिहीबार बेलुका आफ्नै घरको कोठामा आफैले शरीरमा आगो लगाएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । आगोले जलेर गम्भीर रूपले घाइते भएकी बिन्दालाई उपचारका लागि तत्कालै वीरगञ्ज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै

 Krishna Shrivastav

वीरगञ्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षकले बताएका छन् । महानगरपालिकाको पहलमा वीरगञ्जस्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक मावि, माईस्थान मावि, नरसिंह मावि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

 Krishna Shrivastav

१५ मंसिर, काठमाडौं । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो । समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टिनी लडाकु समूहले इजरायली क्षेत्रतर्फ गोलीबारी गरेर अस्थायी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले हमास विरूद्ध कारबाही पुनः

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

 Krishna Shrivastav

वीरगंज । आफ्नो प्रेमी/प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस् भन्ने चाहना सबैको हुन्छ । कहिलेकाहीँ आफ्नो पार्टनरले अरु कसैलाई आँखा लगाएको सुइँको पाउँदा जो कोही आक्रोसमा आउनु स्वभाविकै हो । तर यस्तो आक्रोसले कुनैबेला हद पार गर्दो रहेछ । अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ । आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा परिरहन्थ्यो ।

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राजावादी प्रदर्शन खतराको घन्टी

 Krishna Shrivastav

वीरगंज |मेडिकल व्यवसायी दुर्गा प्रसाईले आयोजना गरेका व्यवस्था विरोधी प्रदर्शन हाललाई कमजोर देखिएपछि सत्ता शिविरमा खुसियाली छाएको छ। यस्तो अभियान तत्काललाई कमजोर देखिन सक्छ तर यसले व्यवस्थाका संकट कम भएको मान्न सकिँदैन। किनकि खड्गो टरिसकेको छैन। प्रसाई जस्ता पात्रले यो अभियान चलाउन खोजेका कारण कमजोर भयो भनेर रमाइलो मान्नुपर्ने पनि कारण देखिँदैन। प्रसाईले व्यवस्था विरोधी अभियान चलाउन सकिन्छ भन्ने बिउ रोपेका छन् जसको फसल उठाउन कपिपय तयार भइसकेका छन्। कुनैबेला राजावादीले टाउको उठाउन सक्ने अवस्था थिएन । आज सामाजिक सञ्जालका अधिकांश टिप्पणीकर्ताले आशाको केन्द्र वर्तमान राजनीतिक नेतृत्वलाई नमान्नु आफैँमा खतराको संकेत हो ।

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

 Krishna Shrivastav

वीरगंज | दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका

Breaking News, देश, समाचार  संग सबंधीत छ |

विद्युत प्राधिकरणले सडक बत्तीको पैसा मागेपछि विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर

 Krishna Shrivastav

वीरगंज । विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गरेको हो । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार महानगरपालिकाले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी छ । गत २१ असोजमा बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने सूचना निकालेको थियो । सडकबत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एनएसएलमा आज वीरगञ्ज र चितवन भिड्दै

 Krishna Shrivastav

वीरगंज । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको थियो । नवप्रवेशी वीरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । वीरगञ्जले धनगढीविरुद्ध राम्रो प्रदर्शन गरे पनि नतिजामा भने सफल रहेन । त्यसैले दुवै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला