• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

  • वीरगंज संजाल
  • १५ मंसिर २०८०, शुक्रबार ०८:५३
  • ११९३

    वीरगंज | दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन।

    बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।

    चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ।

    चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श्वासप्रश्वाससम्बन्धी रोग फैलिएपछि भारत सरकारले पनि सूचना जारी गर्दै आफ्ना स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन र नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। नेपाल सरकारले भने यसबारे अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन।

    यसअघि चीनमा फैलिएको कोभिड १९ बाट नेपाल पनि नराम्ररी प्रभावित भएको थियो। अहिले चीनमा फैलिएको पहिचान नभएको रोगको जोखिममा नेपाल पनि रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले बताए। ‘कोभिडको असर नेपालमा पर्‍यो, अहिले चीनमा फैलिएको रोगको असर पनि नपर्ला भन्न सकिँदैन,’ उनले भने। उनका अनुसार हाल बेइजिङसहित आसपास क्षेत्रमा फैलिएको उक्त रोग थप फैलिने क्रममा छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापन एकाइका डा. समीरकुमार अधिकारीले चीन छिमेकी राष्ट्र हुनु र दुई देशबीच आवतजावत भइरहने भएकाले नेपाल पनि उक्त रोगको जोखिममा रहेको बताए। ‘विश्व आवतजावतको हिसाबले सानो भइसक्यो। एक ठाउँमा देखिएको सरुवा रोग विश्वभरि सजिलै फैलिन्छ,’ उनले भने। छिमेकी मुलुकमा फैलिने रोगबाट नेपाल अछुतो रहन सक्दैन भन्ने कोभिडबाट पुष्टि भइसकेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए। चीनमा अहिले फैलिएको रोगको प्रकृति, असर, कारणबारे विस्तृत विवरण नआएसम्म त्यसको असर कहाँसम्म पर्छ भन्नेबारे भन्न नसकिने अधिकारीले बताए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचारात्मक महााशाखा प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले चीनमा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको विस्तृत विवरण नआएसम्म जोखिमबारेमा यकिन रूपमा भन्न नसकिने बताए। उनले भने, ‘रोगको खास कारण के हो भन्नेबारे विस्तृत विवरण आउनुपर्छ, त्यसपछि मात्र नेपालमा कति जोखिम छ भन्न सकिन्छ।’

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले सरकारले अहिले चीनमा देखापरेको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका विषयमा यकिन नगरिसकेको बताए। ‘कति जोखिम छ भनेर भनिहाल्ने अवस्था छैन,’ उनले भने। उनका अनुसार महाशाखाले अहिलेसम्म कुनै पूर्वसचेतनाका लागि सूचना पनि जारी नगरेको जनाए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑