वीरगञ्ज । काठमाडौँमा सुनको सिक्री लुटेर भाग्दै गरेको एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका – १४ घर भई ठमेल बस्ने २३ वर्षीय रोहण शाह रहेका छन् । उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका – ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । नाककाट्य मन्दिर नजिकै सडकमा हिँडिरहेकी २२ वर्षीय युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई सिक्रीसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।