Krishna Shrivastav
भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
Krishna Shrivastav

वीरगंज | प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत स्वीकृत गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो । विधेयक पारित भई कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरू समाधान हुने अर्थमन्त्री विष्णु पौडेलले बताए ।
‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
Krishna Shrivastav

वीरगंज | खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाका ‘टेन्डर’ आह्वान गरिने बताउनुभएको छ |सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाको निर्माण गर्न एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर आह्वान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ आयोजनामध्ये, पहिलो चरणमा कम्तीमा ६ आयोजनाको तत्काल सुरुआत गर्ने गरी काम अघि बढाउँछौँ । यसका लागि सम्बद्ध